☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

केन्द्रीय कारागारमा राजनीतिकर्मीको लर्को, खाड भन्छन्: “राजनीतिमा यस्तै रैछ”


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । असार १ गतेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा प्रत्येक दिनजसो राजनीतिक दलका नेता–कार्यकर्ताहरु पुग्ने गरेको पाइन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाण र एमाले सचिव टोपबहादुर रायमाझीलाई भेट्न सुन्धारामा राजनीतिकर्मीको लर्को लाग्ने गरेको पाइएको हो ।

    Advertisement

    पूर्वगृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ढाडस दिन शीर्ष नेताहरु सुन्धारा पुग्ने गरेका छन् । सुन्धारा कारागार पुग्नेमा कांग्रेसका नेताहरुको लाइन लामो छ । केन्द्रीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री पनि अभियुक्त भेट्न कारागार पुगेका छन् ।

    खाणलाई भेट्न कांग्रेसका प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, शेखर कोइरालासमेत सुन्धारा पुगे । यस्तै सह–महामन्त्रीहरु डिना उपाध्याय, महेन्द्र यादव, भिष्मराज आङदम्बे, किशोरसिंह राठौर, शंकर भण्डारी, हृदयराम थानी, उदयशम्शेर राणा, जितजंग बस्नेत, नागिना यादवलगायत पनि खाणलाई भेट्न पुगेका थिए ।

    राजकीय पदमा रहेकाहरु परराष्ट्रमन्त्री एनपी साउद, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि खाणलाई भेट्न सुन्धारा पुगेको देखिन्छ । कांग्रेसबाट सरदर दैनिक दुई दर्जन नेता–कार्यकर्ता खाणलाई भेट्न पुगेको दुई महिनाको सूची हेर्दा देखिन्छ ।

    भेटघाट गर्नेमा तरुण दल र नेविसंघ केन्द्रीय सदस्यहरु बढी छन् । खाण नेविसंघ र तरुण दलका पूर्व अध्यक्ष हुन् । पछिल्लो समय नेविसंघ र तरुण दलको कमिटी विस्तार भएपछि केन्द्रीय सदस्य भइरहेकाहरु खाण भेट्न सुन्धारा पुगेको देखिन्छ । कांग्रेसका अलावा जसपा अध्यक्ष उपेन्द्र यादवले पनि खाणसँग भेटेका थिए ।

    सुन्धारा पुग्ने नेताको सूचीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादीका केन्द्रका सचिव देवेन्द्र पौडेलको पनि नाम छ । उनीहरुले रायमाझी र खाण दुबैलाई भेटेका थिए । रातोपाटीकर्मी सुन्धारा कारागार पुग्दा विहीवार पनि खाण कार्यकर्तासँगको भेटघाटमै व्यस्त थिए । हातमा रक्षाबन्धन र राखी दुबै बाँधेका उनी चमेनागृह नजिकैको चौतारीमा कार्यकर्तासँग गफिईरहेका थिए ।

    खाणको छेउमा नरेन्द्र केसी बसिरहेका थिए । खाण गृहमन्त्री हुँदा केसी स्वकीय सचिव थिए । उनी पनि भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । खाणले आफ्नो अगाडि भुटानी शरणार्थी समस्या समाधानसम्बन्धी गृहमन्त्रालयबाट भए गरेका निर्णयको कपी राखेका हुन्छन् । भेट्न आउनेलाई उनले उक्त कपी पल्टाउँदै आफू निर्दोष रहेको सुनाउँछन् ।

    केही दिनअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई खाणले गृहका निर्णयको कपीको पहिलो पेजको निर्णय देखाएर प्रश्न राखे । कपिको पहिलो पानामा भुटानी शरणार्थीहरुको समस्यालाई समाधानको विकल्पसहित मन्त्रिपरिषदमा सिफारिस पठाउँदा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहसचिव प्रेम राईलगायत ६ जनाको हस्ताक्षर छ ।

    उक्त हस्ताक्षर देखाउँदै खाणले सुन्धारा पुगेका ज्ञवालीलाई ‘यो कामको सुरुवात गर्दा हस्ताक्षर गर्ने तपाई बाहिर हुनुहुन्छ । म थुनामा पर्नुपर्ने ?’ भनेर प्रश्न गरेका थिए । राजनीतिमा विभिन्न उचारचढाव आइरहने भन्दै चिन्ता नलिन खाणलाई ज्ञवालीको आग्रह थियो ।

    रातोपाटीसँग पनि खाणले तत्कालीन गृहमन्त्री बादल जोगिँदा आफू पक्राउ पर्नुको कारण नरहेको सुनाए । उनले भने, ‘यो सबै अगाडि बढाउने बादलजी बाहिर हुनुहुन्छ । उहाँको परिवारै यसमा जोडिएको थियो । तत्कालीन गृहसचिव बाहिर हुनुहुन्छ । तर, मलाई मात्र पक्राउ पूर्जीसमेत नदिएर समात्ने काम भयो ।’

    नाम पोलेकै भरमा थुन्ने काम भएको उनको गुनासो थियो । त्यसो त भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम पनि पोलेको छन् ।

    ‘म विरुद्ध किटानी जाहेरी पनि परेको छैन । कसैले नाम पनि पोलेको छैन । तर, यहाँ थुनामा बस्नु परेको छ,’ खाणले भने । कपिको चार पन्नामा बादलको पालामा भएका निर्णय र बाँकी चार पन्नामा खाणको पालामा भएका निर्णय उल्लेख छन् ।

    कांग्रेस नेताप्रति खाणको गुनासो

    खाणलाई भेट्न पुगेका सबैजसो कांग्रेस नेताहरु ‘तपाईलाई यहाँ देख्दा म साह्रै दुःखी छु’ भन्छन् । सुन्धारा पुग्ने सबै नेताहरु ‘तपाईलाई छुटाउन हामी पहल गर्छौ’ भनेर ढाडस दिन पनि कसैले बाँकी राख्दैनन् ।

    तर, उनीहरुप्रति खाणले गुनासो पोको फुकाउँछन् । कांग्रेसभित्र आफ्नो पक्ष र विपक्षमा उभिने नेताहरुले भुटानी शरणार्थी प्रकरण नै नबुझेको उनको भनाइ छ ।

    ‘यो प्रकरणको सबै कुरा मैले पनि यहाँ आएपछि थाहा पाउँदैछु । हाम्रो पार्टीका साथीहरुले यसबारे बुझेर बोल्नु भएको छैन । सहयोग गर्छु भन्नुहुन्छ । नबुझी के सहयोग गर्नुहुन्छ । पहिले त यो बुझ्नुप¥यो,’ उनी भन्छन् । भुटानी शरणार्थी प्रकरण नबुझेर फाइल अगाडि अगाडि बढाइएको उनको भनाइ छ ।

    ‘मेरो पालामा एकजना पनि गएको छैन । यदि, मलाई यो थाहा भएको भए काम रोकिदिन्थेँ । यस्तो होला भन्ने थाहा भएन,’ खाण भन्छन् । यस्तै कांग्रेस सम्मिलित सरकारले नै आफूमाथि ज्यादतीपूर्ण ढंगले गिरफ्तार गर्दा पनि पार्टीले केही नगरेको खाणको गुनासो छ ।

    ‘मेरो केसमा पार्टीले भ्रम चिरिदिन कुनै काम गरेन । नेताहरु यहाँ आएर हामी लागेका छौं भन्छन्, के लाग्नुहुन्छ ?,’ उनको प्रश्न छ । पार्टीबाट कानुनी र राजनीतिक लडाइँमा साथ नपाएको उनले गुनासो गरे ।

    ‘मेरो केसमा पार्टीले प्रस्ट पारिदिओस् । निर्दोष हो भन्ने राजनीतिक र कानुनी रुपमा मुद्दाको नेतृत्व लिनुप¥यो । म दोषी हो भन्ने पार्टीको बुझाइ हो भने अर्को कुरा भयो,’ उनी भन्छन् ।

    कुराकानीका क्रममा खाणले आफूबारे कांग्रेसमा देखिएको ध्रुवीकरणलाई पनि सुन्धारा कारागार भित्रबाट नियालीरहेको पाइयो । महामन्त्री गगन थापा बाहेकका नेताहरु विरुद्धमा नरहेको खाणलाई रिपोर्टिङ गरिएको जस्तो पाइयो ।

    कांग्रेस सह–महामन्त्री महेन्द्र यादव दिनहुँजसो राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक गतिविधिबारे खाणलाई ब्रिफिङ गर्न कारागार पुग्ने गर्छन् ।

    शेखर कोइरालासमेत भेट्न पुगेपछि आफूविरुद्ध पार्टीभित्र देखिएको आवाज मसिनो भएको उनको बुझाइ छ । पंक्तिकारसँग पनि खाणले आफ्नो बाहिरी माहोलबारे जिज्ञासा राखेका थिए ।

    कांग्रेस नेताहरु शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले खाणलाई आफ्नो तर्फबाट ‘सकेको गर्ने’ बचन दिएका छन् । कांग्रेस नेताहरुले अदालतबाट न्याय दिलाउने गरी पार्टीले रणनीतिक रुपमा काम गरिरहेको खाणलाई सुनाउँछन् । भेट्न पुगेका नेताहरुको आश्वासनबाट खाण आश्वस्त भने छैनन् ।

    जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग राखी खाणसहितका प्रतिवादीले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । उनीहरु उच्च अदालत पाटनको फैसलाको प्रतिक्षामा छन् ।

    आफूलाई भेट्ने नेताहरुसँग खाणले ‘राजनीतिमा यस्तै रहेछ । यस्तो दिन पनि भोग्नुपर्दो रहेछ’ भनेर लामो स्वास फेर्छन् । जेलभित्र पनि उनको हक्की स्वभावमा परिवर्तन आएको छैन । कार्यकर्तासँग बोल्ने शैली उनको उस्तै छ । तर, अनुहारको चमक भने हराइसकेको छ ।

    उपेन्द्रको चासो

    थुनामा रहेका खाणले जसपा अध्यक्ष उपेन्द्र यादवको चासो राखेका थिए । यादवले खाणसँग सरकारले गौरहत्या काण्डको फाइल अगाडि बढाएर आफूलाई फसाउन खोजेको बताएका थिए । कुराकानीका क्रममा उनले ‘उपेन्द्रजीको के छ ?’ भनेर जिज्ञासा राखेका थिए । यादव करिब दुई सातादेखि भारतमा रहेका छन् ।

    गौरहत्या काण्डको अनुसन्धान गर्न गृह मन्त्रालयलाई रौतहट जिल्लामा परिपत्र गरेपछि यादव ‘भूमिगत’ जस्तै अवस्थामा छन् । यादवबारे पछिल्लो अवस्थाबारे बताएपछि खाणले ‘ए, हो र…’ भन्दै आश्चर्य प्रकट गरेका थिए ।

    साउनको अन्तिम साता सुन्धारा कारागार पुगेका यादवले खाणलाई फसाइयो भन्दै सरकारको विरोध गरेका थिए । खाणसँगको भेटमा पनि लोकरिझ्याईको लोभमा नेताहरुलाई थुन्ने काम भएको भन्दै यादव गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका थिए ।(ratopati)

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer