• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

केन्द्रीय कारागारमा राजनीतिकर्मीको लर्को, खाड भन्छन्: “राजनीतिमा यस्तै रैछ”


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । असार १ गतेपछि सुन्धारास्थित केन्द्रीय कारागारमा प्रत्येक दिनजसो राजनीतिक दलका नेता–कार्यकर्ताहरु पुग्ने गरेको पाइन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाण र एमाले सचिव टोपबहादुर रायमाझीलाई भेट्न सुन्धारामा राजनीतिकर्मीको लर्को लाग्ने गरेको पाइएको हो ।

    Advertisement

    पूर्वगृहमन्त्री खाण र पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ढाडस दिन शीर्ष नेताहरु सुन्धारा पुग्ने गरेका छन् । सुन्धारा कारागार पुग्नेमा कांग्रेसका नेताहरुको लाइन लामो छ । केन्द्रीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री पनि अभियुक्त भेट्न कारागार पुगेका छन् ।

    खाणलाई भेट्न कांग्रेसका प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, शेखर कोइरालासमेत सुन्धारा पुगे । यस्तै सह–महामन्त्रीहरु डिना उपाध्याय, महेन्द्र यादव, भिष्मराज आङदम्बे, किशोरसिंह राठौर, शंकर भण्डारी, हृदयराम थानी, उदयशम्शेर राणा, जितजंग बस्नेत, नागिना यादवलगायत पनि खाणलाई भेट्न पुगेका थिए ।

    राजकीय पदमा रहेकाहरु परराष्ट्रमन्त्री एनपी साउद, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि खाणलाई भेट्न सुन्धारा पुगेको देखिन्छ । कांग्रेसबाट सरदर दैनिक दुई दर्जन नेता–कार्यकर्ता खाणलाई भेट्न पुगेको दुई महिनाको सूची हेर्दा देखिन्छ ।

    भेटघाट गर्नेमा तरुण दल र नेविसंघ केन्द्रीय सदस्यहरु बढी छन् । खाण नेविसंघ र तरुण दलका पूर्व अध्यक्ष हुन् । पछिल्लो समय नेविसंघ र तरुण दलको कमिटी विस्तार भएपछि केन्द्रीय सदस्य भइरहेकाहरु खाण भेट्न सुन्धारा पुगेको देखिन्छ । कांग्रेसका अलावा जसपा अध्यक्ष उपेन्द्र यादवले पनि खाणसँग भेटेका थिए ।

    सुन्धारा पुग्ने नेताको सूचीमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादीका केन्द्रका सचिव देवेन्द्र पौडेलको पनि नाम छ । उनीहरुले रायमाझी र खाण दुबैलाई भेटेका थिए । रातोपाटीकर्मी सुन्धारा कारागार पुग्दा विहीवार पनि खाण कार्यकर्तासँगको भेटघाटमै व्यस्त थिए । हातमा रक्षाबन्धन र राखी दुबै बाँधेका उनी चमेनागृह नजिकैको चौतारीमा कार्यकर्तासँग गफिईरहेका थिए ।

    खाणको छेउमा नरेन्द्र केसी बसिरहेका थिए । खाण गृहमन्त्री हुँदा केसी स्वकीय सचिव थिए । उनी पनि भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । खाणले आफ्नो अगाडि भुटानी शरणार्थी समस्या समाधानसम्बन्धी गृहमन्त्रालयबाट भए गरेका निर्णयको कपी राखेका हुन्छन् । भेट्न आउनेलाई उनले उक्त कपी पल्टाउँदै आफू निर्दोष रहेको सुनाउँछन् ।

    केही दिनअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई खाणले गृहका निर्णयको कपीको पहिलो पेजको निर्णय देखाएर प्रश्न राखे । कपिको पहिलो पानामा भुटानी शरणार्थीहरुको समस्यालाई समाधानको विकल्पसहित मन्त्रिपरिषदमा सिफारिस पठाउँदा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहसचिव प्रेम राईलगायत ६ जनाको हस्ताक्षर छ ।

    उक्त हस्ताक्षर देखाउँदै खाणले सुन्धारा पुगेका ज्ञवालीलाई ‘यो कामको सुरुवात गर्दा हस्ताक्षर गर्ने तपाई बाहिर हुनुहुन्छ । म थुनामा पर्नुपर्ने ?’ भनेर प्रश्न गरेका थिए । राजनीतिमा विभिन्न उचारचढाव आइरहने भन्दै चिन्ता नलिन खाणलाई ज्ञवालीको आग्रह थियो ।

    रातोपाटीसँग पनि खाणले तत्कालीन गृहमन्त्री बादल जोगिँदा आफू पक्राउ पर्नुको कारण नरहेको सुनाए । उनले भने, ‘यो सबै अगाडि बढाउने बादलजी बाहिर हुनुहुन्छ । उहाँको परिवारै यसमा जोडिएको थियो । तत्कालीन गृहसचिव बाहिर हुनुहुन्छ । तर, मलाई मात्र पक्राउ पूर्जीसमेत नदिएर समात्ने काम भयो ।’

    नाम पोलेकै भरमा थुन्ने काम भएको उनको गुनासो थियो । त्यसो त भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम पनि पोलेको छन् ।

    ‘म विरुद्ध किटानी जाहेरी पनि परेको छैन । कसैले नाम पनि पोलेको छैन । तर, यहाँ थुनामा बस्नु परेको छ,’ खाणले भने । कपिको चार पन्नामा बादलको पालामा भएका निर्णय र बाँकी चार पन्नामा खाणको पालामा भएका निर्णय उल्लेख छन् ।

    कांग्रेस नेताप्रति खाणको गुनासो

    खाणलाई भेट्न पुगेका सबैजसो कांग्रेस नेताहरु ‘तपाईलाई यहाँ देख्दा म साह्रै दुःखी छु’ भन्छन् । सुन्धारा पुग्ने सबै नेताहरु ‘तपाईलाई छुटाउन हामी पहल गर्छौ’ भनेर ढाडस दिन पनि कसैले बाँकी राख्दैनन् ।

    तर, उनीहरुप्रति खाणले गुनासो पोको फुकाउँछन् । कांग्रेसभित्र आफ्नो पक्ष र विपक्षमा उभिने नेताहरुले भुटानी शरणार्थी प्रकरण नै नबुझेको उनको भनाइ छ ।

    ‘यो प्रकरणको सबै कुरा मैले पनि यहाँ आएपछि थाहा पाउँदैछु । हाम्रो पार्टीका साथीहरुले यसबारे बुझेर बोल्नु भएको छैन । सहयोग गर्छु भन्नुहुन्छ । नबुझी के सहयोग गर्नुहुन्छ । पहिले त यो बुझ्नुप¥यो,’ उनी भन्छन् । भुटानी शरणार्थी प्रकरण नबुझेर फाइल अगाडि अगाडि बढाइएको उनको भनाइ छ ।

    ‘मेरो पालामा एकजना पनि गएको छैन । यदि, मलाई यो थाहा भएको भए काम रोकिदिन्थेँ । यस्तो होला भन्ने थाहा भएन,’ खाण भन्छन् । यस्तै कांग्रेस सम्मिलित सरकारले नै आफूमाथि ज्यादतीपूर्ण ढंगले गिरफ्तार गर्दा पनि पार्टीले केही नगरेको खाणको गुनासो छ ।

    ‘मेरो केसमा पार्टीले भ्रम चिरिदिन कुनै काम गरेन । नेताहरु यहाँ आएर हामी लागेका छौं भन्छन्, के लाग्नुहुन्छ ?,’ उनको प्रश्न छ । पार्टीबाट कानुनी र राजनीतिक लडाइँमा साथ नपाएको उनले गुनासो गरे ।

    ‘मेरो केसमा पार्टीले प्रस्ट पारिदिओस् । निर्दोष हो भन्ने राजनीतिक र कानुनी रुपमा मुद्दाको नेतृत्व लिनुप¥यो । म दोषी हो भन्ने पार्टीको बुझाइ हो भने अर्को कुरा भयो,’ उनी भन्छन् ।

    कुराकानीका क्रममा खाणले आफूबारे कांग्रेसमा देखिएको ध्रुवीकरणलाई पनि सुन्धारा कारागार भित्रबाट नियालीरहेको पाइयो । महामन्त्री गगन थापा बाहेकका नेताहरु विरुद्धमा नरहेको खाणलाई रिपोर्टिङ गरिएको जस्तो पाइयो ।

    कांग्रेस सह–महामन्त्री महेन्द्र यादव दिनहुँजसो राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक गतिविधिबारे खाणलाई ब्रिफिङ गर्न कारागार पुग्ने गर्छन् ।

    शेखर कोइरालासमेत भेट्न पुगेपछि आफूविरुद्ध पार्टीभित्र देखिएको आवाज मसिनो भएको उनको बुझाइ छ । पंक्तिकारसँग पनि खाणले आफ्नो बाहिरी माहोलबारे जिज्ञासा राखेका थिए ।

    कांग्रेस नेताहरु शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले खाणलाई आफ्नो तर्फबाट ‘सकेको गर्ने’ बचन दिएका छन् । कांग्रेस नेताहरुले अदालतबाट न्याय दिलाउने गरी पार्टीले रणनीतिक रुपमा काम गरिरहेको खाणलाई सुनाउँछन् । भेट्न पुगेका नेताहरुको आश्वासनबाट खाण आश्वस्त भने छैनन् ।

    जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग राखी खाणसहितका प्रतिवादीले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । उनीहरु उच्च अदालत पाटनको फैसलाको प्रतिक्षामा छन् ।

    आफूलाई भेट्ने नेताहरुसँग खाणले ‘राजनीतिमा यस्तै रहेछ । यस्तो दिन पनि भोग्नुपर्दो रहेछ’ भनेर लामो स्वास फेर्छन् । जेलभित्र पनि उनको हक्की स्वभावमा परिवर्तन आएको छैन । कार्यकर्तासँग बोल्ने शैली उनको उस्तै छ । तर, अनुहारको चमक भने हराइसकेको छ ।

    उपेन्द्रको चासो

    थुनामा रहेका खाणले जसपा अध्यक्ष उपेन्द्र यादवको चासो राखेका थिए । यादवले खाणसँग सरकारले गौरहत्या काण्डको फाइल अगाडि बढाएर आफूलाई फसाउन खोजेको बताएका थिए । कुराकानीका क्रममा उनले ‘उपेन्द्रजीको के छ ?’ भनेर जिज्ञासा राखेका थिए । यादव करिब दुई सातादेखि भारतमा रहेका छन् ।

    गौरहत्या काण्डको अनुसन्धान गर्न गृह मन्त्रालयलाई रौतहट जिल्लामा परिपत्र गरेपछि यादव ‘भूमिगत’ जस्तै अवस्थामा छन् । यादवबारे पछिल्लो अवस्थाबारे बताएपछि खाणले ‘ए, हो र…’ भन्दै आश्चर्य प्रकट गरेका थिए ।

    साउनको अन्तिम साता सुन्धारा कारागार पुगेका यादवले खाणलाई फसाइयो भन्दै सरकारको विरोध गरेका थिए । खाणसँगको भेटमा पनि लोकरिझ्याईको लोभमा नेताहरुलाई थुन्ने काम भएको भन्दै यादव गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि खनिएका थिए ।(ratopati)

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मासिक राशिफल: जेठ, २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer