• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

सी ग्रेडका गभर्नरको मक्किएको छबी, लगानीकर्ताले मात्रै हैन, पार्टीले नै रूचाउन छाड्यो


  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राम्रो छवि बनाउन सकेका छैनन् । कहिले के विषयले त कहिले के विषयले प्राय जसो उनी चरम विवादमा तानिने गर्दछन् । सदनमा उनको राजिनामाको मागदेखि सडकमा ‘गभर्नर मुर्दावाद’ सम्मका धेरै आवाज र नाराहरू गुञ्जिसकेका छन् ।

    Advertisement

    गभर्नर अधिकारी सेयर लगानीकर्ताहरूका लागि ‘अप्रीय पात्र’ त छँदै थिए अब त उनलाई उनकै पार्टीले पनि रूचाउन छाडिसकेको छ । एमालेले नै अब गभर्नरको काम गराईप्रति आजित भएको प्रस्तुति दिन थालेको छ । यसअघि एमालेको अधिकारिक माध्यमबाट गभर्नरप्रति टिक्का टिप्पणी नगर्ने एमाले अहिले भने खुलेरै गभर्नर प्रति आक्रोश पोख्न थालेको छ ।

    पार्टीले नै रूचाउन छाड्यो
    पार्टीले नै गभर्नरलाई रूचाउन छाडेको कुराकाे एउटा छर्लङ्ग हुने उदाहरण हेराैँ । कुरा यही आइतबारको हाे । एमालेको भ्रातृ संगठन नेपाल उद्योगी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकका अब्यवहारिक नीतिका कारण अहिले उद्योगी व्यवसायीका साथै समग्र अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको महासंघले आरोप लगाएको थियो।

    अर्थतन्त्र चलायमान बनाउन वित्त नीति र मौद्रिक नीतिबीच सामन्जस्यता हुनुपर्ने भएपनि दुबै निकायबीच आपसी सहकार्य नगर्न सकेको आरोप राष्ट्र बैंक र अर्थमन्त्री दुवैतिर सोझियो। नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्थामा त्यसो नगरी राज्यका निकायहरुबाट वेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी व्यवसायी व्यवसाय छोडेर पलायन हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएकाेप्रति नेपाल उद्योग तथा व्यवसायी महासंघले गम्भिर ध्यानाकर्षण गराएकाे थियो।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले त राष्ट्र बैंक कै कारण राष्ट्र बैंकका कारण लगानीकर्ताको १४ खर्ब रुपैयाँ डुबेको र १२ करोडको सेयर धितोको क्याप तत्काल खारेज गर्नुपर्ने विचार व्यक्त गरे। राष्ट्र बैंककै गैर जिम्मेवार नीतिका कारण बैंकहरुले अव्यवहारिक र आफुखुशी एकलौटी रुपमा ब्याज बढाई उद्योगी व्यवसायीहरुलाई थप निराश भएको एमाले निकट व्यवसायको ठहर छ।

    सेयर लगानीकर्ताका ‘अप्रीय पात्र’
    अधिकांश लगानीकर्ता अझ भनौँ प्राय जसो सबै लगानीकर्ताहरूका एकदमै अप्रीय पात्र हुन् गभर्नर अधिकारी । गभर्नरमाथि सेयर बजारको विकास र विस्तारका लागि केही राम्रा कदम नचाल्ने अझ लयमा चलिरहेको बजारलाई नै अनेकौँ नीतिले गिजोल्ने र नियन्त्रणमा लिन खोज्ने आरोप लागिरहन्छ । राष्ट्र बैंकले बेलाबेला समग्र धितोपत्र बजारलाई नै निरुत्साहित बनाउने गरी नीती निमार्ण गर्ने गरेकाे दर्जनाैँ उदाहरणहरू छन् । अभिभावककाे भूमिका खेल्नुपर्ने नियामकले लगानीकर्ताहरूलाई टुहुरा बनाएकाे र बजारलाई समेत प्रताडित बनाएका भन्दै राष्ट्र बैंक र गभर्नरकाेविरूद्धमा विभिन्न विराेध कार्यक्रम गरेर लगानीकर्ताहरूले धेरै चाेटी सडक र सदन दुवै तताईसकेका छन् । गभर्नरकाे पुत्ला बनाएर जलाउनेदेखि सडकमा गभर्नर मुर्दावादकाे नारा चलाउनेसम्मका कृयाकलाप पनि नभएका हाेइनन् । जब माैद्रिक नीतिमार्फत् गभर्नर अधिकारीले सेयर धिताे कर्जामा ४/१२ काे क्याप लगाइदिए त्यतिबेलादेखि झनै रूष्ट भएका थिए गभर्नरप्रति लगानीकर्ताहरू । ४/१२ को नीतिका कारण बजार नराम्ररी प्रताडित भयाे । त्यतिबेलादेखि प्रताडित भएकाे बजार अझै राम्ररी उठ्न सकेकाे छैन ।

    सी ग्रेडका गभर्नर
    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये सबैभन्दा कमजोर देखिएका छन् । गभर्नर अधिकारीले विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङमध्ये सबैभन्दा कमजाेर ग्रेडिङ अर्थात् ‘सी’ ग्रेड पाएका छन् । हरेक वर्षझैँ ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेकाे सन् २०२२ काे केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडकाे तथ्याङ्कमा एशिया प्यासिफिक जोनमध्ये नेपालका गभर्नर सबैभन्दा कमजोर देखिएका हुन् । सन् २०२१ मा गभर्नर अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका थिए । ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ ।

    सर्वत्र आलोचना, पद छाड्न चाैतर्फी दवाव
    उसै त पहिल्यैदेखि नरूचाइएका गभर्नरलाई पद छाड्न फेरि चौतर्फी दवाव बढेको छ । हालै मात्र सार्वजनिक भएको उनको ग्रेड देखेपछि झनै आम सर्वसाधारणहरूले उनको राजिनामाको माग गर्न थालेका छन् । गभर्नरकाे ग्रेडिङसम्बन्धी समाचारहरू बाहिर आएपछि यतिबेला सामाजिक सञ्जालतिर गभर्नर अधिकारीकाे राजिनामाकाे माग भईरहेको छ । गभर्नर अधिकारीको ग्रेडिङलाई लिएर सर्वत्र आलोचना समेत भईरहेको छ ।
    हाम्रोमा समस्या भनेकै, बिज्ञहरु देशको हावापानी, भूगोल र समाजको आवश्यकता अनुसारको बिषय बिज्ञ बन्न सकेका छैन। अर्थशास्त्र पढेको मान्छे न असल अर्थशास्त्री बन्दछ, भूगोल पढेको न भूगोलबिज्ञ बन्छ, समाजशास्त्र पढेको मान्छे न समाज बिज्ञ बन्छ। त्यसैले होला, हरेक क्षेत्र बिग्रेको, भत्केको स्वरुप मात्र देख्न पाईन्छ। “गभर्नर एम अधिकारीको पालामा कतिले आत्महत्या गरे, कतिको घरवार चौपट भयो, व्यस्त भनिने बजारका सटर-कवलहरु दिनदिनै खाली किन हुदैछन, खै अध्ययन अनुसन्धान खै गलतमा कारवाही….शेयर बजार चौपट हुनु, अर्थतन्त्र ध्वस्त हुनु, आर्थिक कारणले आत्महत्या बढ्नु, सटर-पसलहरु दिनदिनै खाली हुनु, समाजमा बेरोजगार बढ्नु, यी यावत कुराको जवाफ गभर्नरले दिनु पर्दैन ? ”, अर्थशास्त्रका बिद्यार्थीहरु बिच यि कुराहरुलाई लिएर उनको ब्यापक आलोचना समेत भईरहेको छ ।

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • २.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ४.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer