• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले बचाइरहेका छन् : चरीमाया तामाङ


  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले बचाइरहेको आरोप लगाउनुभएको छ ।

    अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको १७औं दिवसको अवसरमा अखिल नेपाल महिला संघ (अनेमस‌ं)ले आज बुधबार राजधानीमा आयोजना गरेको‘मानव बेचबिखनको अवस्था र न्युनीकरण अन्तरक्रिया’मा तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई खबरदारी गनुपर्ने राजनीतिक दलले उल्टै बचाउन खोज्ने आरोप लगाउनुभएको हो ।

    मानव बेचबिखन एउटा जघन्य अपराध भएको बताउँदै तामाङले अन्तर्राष्ट्रिय जगतमै यसको जालो फैलिएको स्प्ष्ट पार्नुभयो । १६ वर्षको उमेरमा भारतमा बेचिएको दुई वर्षपछि उद्धार गरी नेपाल फर्काइएकी सिन्धुपाल्चोककी तामाङको सकृयतामा स्थापना गरिएको संस्था शक्ति समूहले २०१७ देखि पीडितहरुको उद्धार गर्दै आइरहेको छ ।

    यस्तै कार्यक्रममा सामाजिक अभियन्ता गौरी प्रधानले पछिल्लो समय मानव बेचबिखनको सिकार महिलामात्रै नभई पुरुष पनि हुने क्रम बढीरहेको बताउनुभएको छ । यस्तै प्रधानका अनुसार शिक्षित व्यक्तिहरु बढी मात्रामा मानव बेचबिखनमा परिरहेका छन् ।

    कार्यक्रममा सहभागीहरुले आजको अवस्थासम्म पनि मानव बेचबिखन न्युनीकरण नहुनु निकै दुखद कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । साथै उनीहरुले मानव बेचबिखन न्युनीकरणका लागि सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्नेमा जोडि समेत दिएका छन् ।

    संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रुप विकराल बनेको छ ।

    गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ ।

    सन् २०२० मा मानव बेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावन बेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो । पछिल्लो समय एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

    अनेमसंघ कार्यवाहक अध्यक्ष सुमित्रा विसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सर्मिला कार्की, उपमहासचिव शान्ति अधिकारी, महिला हिंसा विरुद्धको अभियान कमिटीका प्रमुख लक्ष्मी कार्की, सचिव नानीमाया थापा, सदस्य निशाकुशुम भण्डारी, पेशागत महासंघका अध्यक्ष पुण्य ढकाल लगायत जनसंगठनका प्रमुख एवम् प्रतिनिधिहरुले मानव वेचविखन न्युनीकरणका लागि महत्वपूर्ण सुझाव राखेको अनेमस‌ंकी प्रचार विभाग प्रमुख कालिका पाठकले जानकारी दिनुभयो ।

    बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer