• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुन तस्करलाई नागरिकता दिने प्रजिअ सिंखडालाई शक्तिका आडमा पक्राऊ त के, सोधपुछ पनि गरिएन


  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता जारी गर्ने अघिल्लो दिन जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता फाँटका प्रशासकीय अधिकृतलाई हटाएर ‘अनुकूल’ कर्मचारीलाई नयाँ नागरिकता जारी गर्ने जिम्मा दिएको भेटिएको छ । त्यसरी पठाइएका कर्मचारीमार्फत नै प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको अनुसन्धानबाट खुलेको हो ।

    Advertisement

    काभ्रे प्रशासनले २०७४ पुस १९ मा नागरिकता फाँट हेर्ने प्रमुख प्रशासकीय अधिकृत सीताराम थापालाई नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी कामबाट हटाएर झपेन्द्रराज खरेललाई पठाएको पाइएको हो । त्यसको भोलिपल्टै खरेलले तस्करीमा संलग्न २ विदेशीलाई फर्जी विवरणका आधारमा नागरिकता प्रमाणपत्र दिएका हुन् । त्यसबेला प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । त्यसअघि खरेल बिदामा रहेको पनि खुलेको छ । बिदामा रहेकै बेला सुन तस्करीमा संलग्न गिरोहसँग खरेलको साँठगाँठ भएको हुन सक्ने सुन तस्करी प्रकरणको अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन् ।

    प्रजिअ सिंखडाले नै थापालाई हटाएर खरेललाई नागरिकता फाँट र राहदानीसम्बन्धी जिम्मा दिएका थिए । भोलिपल्ट पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र अर्का एक चिनियाँ तस्करलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा सूचना तथा गुनासो सुन्ने अधिकारी (अधिकृत सातौं तह) का रूपमा कार्यरत छन् । तस्करलाई नागरिकता दिने सेटिङमा काभ्रेकै तत्कालीन नासु (हाल यातायात कार्यालय काठमाडौं, ठूलो भर्‍याङमा अधिकृत/छैटौं तह) कार्यरत रामचन्द्र अर्याल पनि जोडिएका छन् । नागरिकता प्रतिलिपि फाँटका अर्याललाई नागरिकता जारी गर्ने फाँटमा खरेलसँगै लगिएको थियो । फर्जी विवरणका आधारमा बनाइएका दुवै नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा ‘इन्ट्री’ गराएका थिए । २०७३ देखि २०७५ सम्म काभ्रे प्रशासनमा रहेका उनी त्यसपछि धादिङको धुनीबेंसी नगरपालिकामा सरुवा भएका थिए ।

    तस्करी प्रकरणमै अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली नागरिकता र राहदानी लिने दावालाई पक्राउ गरिसकेको छ । नागरिकता लिने अर्का चिनियाँ फरार छन् । सुन तस्करीमा भारतमा पक्राउ परी सजाय काटेका तीन चिनियाँले पनि नेपाली राहदानी र नागरिकता दावा छिरिङ र दावाजिन वाङमार्फत नै पाएको बयान दिएका छन् । हाल प्रहरी नियन्त्रणमा रहेका तस्करका भरिया चिनियाँ नागरिक वेन ति सुङ ली, नेङ काइ ली, सेग फा लिङले क्रमशः छिरिङ लामा, सोनाम लामा र राम लामाका नामबाट नेपाली नागरिकता लिएका थिए । प्रहरीलाई दिएको बयानमा दावा छिरिङ (हाल पक्राउ) र दावाजिन (हाल फरार) ले आफूलाई नागरिकता र राहदानी बनेको भन्दै भारतबाट बोलाएको उल्लेख छ । तर, त्यसअघि नै दावाले निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ र अर्का एक चिनियाँले पासाङ तामाङका नाममा ‘३०–०१–७४–११८६५’ नम्बरको नागरिकता लिएका थिए ।

    त्यस दिन काभ्रे प्रशासनले खरेलको हस्ताक्षरमा ११८६० देखि ७१ सम्म ११ वटा नागरिकता जारी गरेकामा निमा र पासाङका नाममा जारी दुवै नागरिकतामा स्थायी ठेगाना नमोबुद्ध नगरपालिका–१, काभ्रे र बाबुको नाम पेमा तामाङ राखिएको छ । निमा र पासाङका नाममा सन् २०१८ जनवरी २५ (२०७४ माघ ११) मा राहदानीका लागि निवेदन दिएको देखिन्छ । निवेदन दिएकै दिन दुवैले त्यही दिन राहदानी लिएको अभिलेखमा देखिन्छ । पासाङको नाममा नेपाल प्रहरी र गृह मन्त्रालयका छुट्टाछुट्टै संयन्त्रले गरेको अनुसन्धानमा सुन तस्करका नाममा जारी दुईवटा नागरिकतामा स्थायी ठेगानामा पेमा तामाङ भन्ने व्यक्ति नै छैनन् । नागरिकता लिँदा पेस गर्नुपर्ने बाबुको नागरिकता विवरण पनि प्रशासनको ढड्डामा संलग्न छैन । नागरिकता जारी हुनुअघि दावा र पासाङलाई वडाध्यक्ष सरस्वती पण्डित कार्कीले सिफारिस गरेको देखिन्छ । प्रशासनबाट सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल उल्लेख छ ।

    निमाका नाममा जारी नागरिकताको ढड्डामा सम्पर्क व्यक्ति अमला रोका मगर उल्लेख छ । अमला दावाकी पत्नी हुन् । तस्करीको धन्दा चलाउनकै लागि नेपालमा सेल्टर लिन दावाले अमलासँग विवाह गरेको हुन सक्ने अनुसन्धान स्रोत बताउँछ । स्रोतका अनुसार दावा र चिनियाँ गिरोहलाई नेपाली राहदानी र नागरिकता दिलाउन पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकको समूह संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको दाबी छ । प्रतीक नक्कली भुटानी प्रकरणमा जोडिएपछि फरार छन् । पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग सुन तस्करी प्रकरणमै सीआईबीले सोधपुछ गरिसकेको छ भने सुन तस्करी प्रकरणमै महराका छोरा राहुल सीआईबीको नियन्त्रणमा छन् । यी चारै जनाको चिनियाँ सुन तस्करसँग बाक्लो हिमचिम रहेको खुलिसकेको छ ।

    निमाका नाममा जारी नागरिकताको औंठाछाप हाल सीआईबीको हिरासतमा रहेका दावासँग मेल खाँदैन । तर, त्यही नागरिकताका आधारमा निमाका नाममा जारी नेपाली राहदानीको औंठाछाप र दावाको औंठाछाप एउटै देखिन्छ । दुवै राहदानीको प्रयोगशालामा परीक्षण गराउँदा काभ्रेमा जारी नागरिकताको औंठाछाप दावासँग मेल खाएको छैन । तर राहदानीमा दुवै औंठाछाप एकै किसिमको देखिएकाले नागरिकता जारी गर्दा सुन तस्कर उपस्थित नभई प्रशासनले नागरिकता जारी गरेको देखिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । यसले के स्पष्ट हुन्छ भने काभ्रे प्रशासनले दावा र अर्का चिनियाँलाई फर्जी कागजात र औंठाछापका आधारमा नागरिकता जारी गरेको छ । नागरिकतामा जैविक विवरण मेल नखाने तर हाल पक्राउ गरेका दावा र निमाको नाममा जारी राहदानीको औंठाछाप एकै व्यक्तिको रहनुले चिनियाँ तस्करलाई गोप्य रूपमा नागरिकता बनाएर दिएको ती अधिकारीको भनाइ छ ।

    हङकङबाट ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा पक्राउ परेपछि दावाले कसरी नेपाललाई सेल्टर बनाएर सुन तस्करी गरिरहेका छन् भन्ने तथ्य सतहमा आएको थियो । त्यसपछि गृह मन्त्रालयले सुन तस्करले नेपाली नागरिकता लिएको प्रकरणमा छानबिन गर्न उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले पनि फर्जी विवरणका आधारमा दुई तस्करलाई काभ्रे प्रशासनले नागरिकता जारी गरेको भन्दै तत्कालीन प्रशासकीय अधिकृत (हाल सातौं तह) खरेल र नासु (हाल छैटौं तह/अधिकृत) अर्याललाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको छ । अनुसूचीमा विवरण उल्लेख नगरी नागरिकता जारी नहुने विषय दुवैले स्वीकार गरेका छन्, तर कसुरबाट उम्किन दुवै कर्मचारीले अरूबाट प्रक्रियागत रूपमा आएको फाइलअनुसार नागरिकतामा हस्ताक्षर र प्रणालीमा विवरण इन्ट्री गरिएको जिकिर छ । ‘अनुसूची तथा आवश्यक कागजातबिना कोही कसैलाई पनि नागरिकता दिइने गरेको छैन र उक्त समयमा पनि मबाट कुनै कागजातको अभावमा नागरिकताको सनाखतमा उल्लेखित झूटा विवरण पेस गरी नागरिकता दिइएको छैन,’ तत्कालीन नासु अर्यालले बयानमा भनेका छन् ।

    २०७४ असारदेखि ०७५ जेठसम्म काभ्रे प्रशासनमा रहेका खरेलले आफूले जारी गरेका नागरिकता कानुनअनुसार रहेको जिकिर गरेका छन् । तर, अनुसूचीमा विवरण समावेश नगरी नागरिकता जारी भएकामा आफूभन्दा तलका कर्मचारीलाई पन्छाएर उनी उम्किन खोजेका छन् । बयानमा भनेका छन्, ‘मलाई दावा छिरिङका बारेमा केही थाहा छैन, नागरिकता दिने क्रममा मैले कानुनबमोजिमको कागजका आधारमा दिएको विषयमा प्रस्ट छु । चिनियाँ सुन तस्करलाई फर्जी विवरणका आधारमा राष्ट्रियता ‘नेपाली’ उल्लेख गरेर जिल्ला प्रशासन कार्यालय काभ्रेले २०७४ पुस २० मा जारी गरेको नागरिकता विवरण (रातो घेरामा) ।

    काभ्रे प्रशासनको नागरिकता फाँट प्रमुखलाई सरुवा गरेर ल्याइएका अर्का अधिकृतले भोलिपल्टै दिएको सुन तस्करलाई नागरिकतामा घरमै पुर्‍याइएकाले ढड्डामा औंठाछाप मिलेन ।
    आफ्नो अनुपस्थितिमा अर्का प्रशासकीय अधिकृत थापाले काम गर्ने जिम्मा थियो ।’ तर, खरेलले जारी गरेको नागरिकताको औंठाछाप र दावाको औंठाछाप नमिल्ने तर त्यही नागरिकताका आधारमा दावाले निमाका नाममा जारी राहदानीमा एकै व्यक्ति देखिनुले कर्मचारीकै मिलेमतोमा प्रशासनबाट नागरिकता जारी भएको स्पष्ट हुने गृह मन्त्रालयका एक अधिकारीको भनाइ छ ।

    दुवै विदेशी नागरिकले फर्जी विवरणबाट बनाएका नागरिकता र राहदानी रद्द गर्न र हाल फरार रहेका चिनियाँलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ । सुन तस्करीमा संलग्न विदेशीलाई नागरिकता दिँदा अनुसूची नै गायब पारिएको विषयमा पनि थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

    समितिको सुझावअनुसार नै गृहले यो विषयमा प्रहरीमार्फत अनुसन्धान र अनुसूची नै गायब बनाएको विषयमा थप छानबिन गर्न काभ्रे प्रशासनलाई प्रतिवेदनसहित पत्राचार गरेको छ । शक्तिका आडमा तस्करलाई नागरिकता दिँदा पनि प्रजिअ रहेका सिंखडामाथि भने अझै अनुसन्धान भएको छैन । पछिल्लो पटक गृह मन्त्रालयद्वारा गठित समितिले पनि सिंखडासँग सामान्य सोधपुछ नै नगरी प्रतिवेदन गृहमा बुझाएको हो । सुन तस्करी प्रकरणमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित थप तीन कर्मचारीलाई पक्राउ गरेको छ । सीआईबीले शुक्रबार विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी तथा नासु कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो ।

    आइतबार, भदौ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer