• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाल संगठनको जग्गामा दशकौँदेखि रजाइँ, तत्कालीन अध्यक्ष रीता सिंहको एकलौटी निर्णय


  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको जग्गामा वर्षौंदेखि एउटै व्यापारिक समूहले रजाइँ गरिरहेको छ । थुप्रै बालबालिकाको आश्रयस्थल बालमन्दिर जस्तो पवित्र संस्थाको जग्गामा लामो समयदेखि एउटै व्यापारिक समूहले रजाइँ गरिरहेको हो ।

    Advertisement

    नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको मिलेमतोमा नक्सालस्थित बाल मन्दिरको करिब २९ रोपनी जग्गा सस्तो भाडा दरमा भोगचलन गर्न दिइएको हो । त्यो वर्षौंदेखि एकलौटी एउटै समूहले उपयोग गर्दै आएको छ । संगठनले २०४९ सालदेखि नक्सालस्थित वृहस्पति विद्यासदनलाई आफ्नो स्वामित्वमा रहेको जग्गा कौडीको दरमा भाडामा दिएको हो । काठमाडौंको महत्वपूर्ण व्यापारिक क्षेत्र नक्सालमा रहेको जग्गा लगभग कौडीको भाउ अर्थात् मासिक करिब सात लाख रुपैयाँ तिर्ने गरी वृहस्पति विद्या सदनले लिएको छ ।

    संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा बुझाउने गरी विसं २१३१ सम्मका लागि बृहस्पति विद्या सदनलाई जग्गा भाडामा दिएको हो । वृहस्पति स्कुलमा विशाल गु्रपको समेत लगानी छ । संगठनको आयस्रोतको बाहानामा करोडौँको जग्गा पटक-पटक व्यापारिक स्वार्थ समूहलाई सस्तोमै भाडामा दिइएको हो । २०२१ सालमा तत्कालीन राजपरिवारले जग्गा उपलब्ध गराइदिएर बाल संगठन स्थापना भएको थियो ।

    तीन दशकसम्म बाल संगठनको नेतृत्वमा रहनुभएकी तत्कालीन अध्यक्ष रीता सिंहले आफ्नो कार्यकालको उत्तरार्धतिर संगठनमा आधिकारिक निर्णय नै नगरी जग्गा लिजमा दिनुभएको थियो । बाल संगठनका तत्कालीन अध्यक्ष सिंहले २०७२ सालमा संगठन र ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त स्वामित्वमा रहेको करिब २९ रोपनी जग्गा विशाल समूहलाई लिजमा दिने सम्झौता गर्नुभएको हो ।

    बाल संगठनको जग्गामा व्यापारिक समूहको रजाइँ अहिलेको होइन । यो विसं. २०४९ सालदेखि एउटै समूहले रजाइँ गरिरहेको छ । सोही समूहले उक्त जग्गा २०४९ सालदेखि नै भाडामा लिएको थियो । रीता नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी बहिनी हुनुहुन्छ । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी पुत्री रीताले संगठनको नेतृत्वमा पुगेपछि पार्टीनिकट व्यक्तिहरूको दबाब र प्रभावमा व्यापारिक समूहलाई जग्गा भाडामा दिनुभएको हो ।

    रीताले पहिलो चरणमा नौ रोपनी, दोस्रो चरणमा पाँच रोपनी नौ आना, तेस्रो चरणमा १३ रोपनी १२ आना गरेर कुल २८ रोपनी पाँच आना जग्गा विशाल गु्रपले सञ्चालन गरेको वृहस्पति स्कुललाई लिजमा दिनुभएको थियो । लिज सम्झौतामा समेत एकलौटी वृहस्पति स्कुललाई मात्रै फाइदा हुने बुँदाहरू राखिएको छ ।

    संगठनको नेतृत्वकर्ताले कुनै आधिकारिक बैठक र निर्णयबिना नै मनोमानी ढंगबाट वृहस्पति विद्यासदनसँग लिज सम्झौता गर्ने र म्याद नपुग्दै पटक-पटक दोस्रो पक्षलाई नै फाइदा पुग्ने गरी पूरक सम्झौता गरेको देखिएको छ ।

    २०४९ मा पहिलोपटक नौ रोपनी जग्गा तीन वर्षका लागि लिज सम्झौता भएकोमा २०५३ मा थप आठ वर्षका लागि सम्झौता भयो । तर, पाँच वर्ष नपुग्दै फेरि नयाँ सम्झौतामार्फत संगठनले ३० वर्षका लागि वार्षिक ३० लाख भाडामा १४ रोपनी नौ आना जग्गा दिने निर्णय गरेको देखिन्छ । जसको भाडा वार्षिक ६ लाख मात्रै छ ।

    सम्झौताको १५ वर्ष बाँकी रहँदै फेरि संगठनका तत्कालीन अध्यक्ष सिंहले विद्यासदनसँग नयाँ सम्झौता गर्नुभएको देखिन्छ । यो पटक थप १४ रोपनी जग्गाको सम्झौता गरेर करिब २९ रोपनी जग्गा ४३ वर्षका लागि विद्यासदनको नाममा दिइएको छ । जग्गाको चार किल्लासमेत किटान नगरी मनपरी लिज सम्झौता गरिएको छ । सम्झौताका बुँदाहरू पनि आपत्तिजनक छन् । सम्झौतामा त्यसलाई पुनरावलोकन गर्नसमेत पाइने व्यवस्था छ ।

    विगतको नेतृत्वले नै स्वार्थ र बदनीयतपूर्ण ढंगबाट जग्गा लिज सम्झौता गरेको संगठनका वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार वृहस्पतिले बहालमा लिएको जग्गा अर्को पक्षलाई पुनः भाडामा लगाउन सक्ने उल्लेख छ । सोही प्रावधानको आधारमा वृहस्पतिले राय स्कुल सञ्चालकलाई जग्गा भाडामा लिएर पैसा उठाइरहेको छ । राय स्कुललाई वृहस्पति विद्या सदनले लाखौँमा जग्गा सब-लिजमा दिएको छ । तर, कानुनी रूपमा भने एक लाख मात्रै देखाइएको उहाँले बताउनुभयो ।

    नक्सालमा मात्रै होइन बाल संगठनको अन्य ठाउँको जग्गामा पनि विभिन्न व्यापारीले रजाइँ गरिरहेका छन् । संगठनका अध्यक्ष न्यौपानेका अनुसार टेकु, जावलाखेल, भक्तपुर लगायतका ठाउँका जग्गा पनि सस्तोमा विभिन्न व्यक्तिलाई दिइएको छ ।

    आइतबार, भदौ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer