• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

पाकिस्तानविरुद्ध भारतको शानदार जित, भारतले आज श्रीलंकासँग खेल्दै


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानविरुद्ध शानदार जित हासिल गरेको छ । श्रीलंकाको कोलम्बोमा सोमबार राति भएको खेलमा पाकिस्तान २२८ रनको लज्जास्पद हार बेहोर्न बाध्य भएको हो ।

    Advertisement

    वर्षाले प्रभावित खेलमा आइतबारदेखि ब्याटिङ थालेको भारतले २ विकेटको क्षतिमा ३५६ रन बनायो । भारतका लागि विराट कोहलीले ९४ बलमा अविजित रहँदै १२२ रन बनाए ।

    त्यस्तै विराटसँग मिलेर तेस्रो विकेटका लागि अविजित २३३ रनको साझेदारी गरेका केएल राहुलले १०६ बलमा १११ रन बनाए ।

    त्यस्तै शुबमन गिलले ५८ तथा रोहित शर्माले ५६ रन बनाए । कोहलीले करियरको ४७ औँ एक शतक प्रहार गरेका छन् । त्यस्तै १३ हजार रन पनि पूरा गरेका छन् । राहुलको भने छैटौँ शतक हो ।

    भारतले नेपालविरुद्ध पाकिस्तानले बनाएको योगफल भन्दा बढी बनाएको हो । एसिया कपकै समूह चरणमा पाकिस्तानले नेपालविरुद्ध ३४२ रन बनाएको थियो ।

    जवाफमा पाकिस्तानले ३२ ओभरमा अलआउट हुँदै १२८ रनमात्र बनाउन सक्यो । विश्वको आईसीसी वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानलाई ध्वस्त पार्ने क्रममा कुलदीप यादवले २५ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी जसप्रित बुमराह, हार्दिक पाण्डेया र शार्दुल ठाकुरले १–१ विकेट लिए ।

    यो जितसँगै भारत सुपर फोरको शीर्ष स्थानमा पुगेको छ । भारतको १ खेलबाट २ अंक छ । त्यस्तै श्रीलंकाको १ खेलबाट २ अंक छ भने पाकिस्तानको २ खेलबाट २ अंक छ । बंगलादेशको भने २ खेलबाट कुनै अंक छैन ।

    पाकिस्तानले भारतलाई हराएको भए एक खेलअघि नै फाइनलमा पुग्ने थियो । अब भने पाकिस्तानको फाइनल यात्रा पनि कठिन बनेको छ ।

    अन्तिम खेलमा श्रीलंकालाई हराएमात्र पाकिस्तान फाइनलमा पुग्नेछ ।

    आइतबारको खेल वर्षाले पूरा नहुँदा सोमबार रिजर्भ डेमा पूरा भएकामा आज लगातार तेस्रो दिन भारतले खेल्नेछ ।

    आजको खेलमा भारतको भिडन्त श्रीलंकासँग हुनेछ । खेल दिउँसो ३ः१५ बजे शुरु हुनेछ ।

    पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए ।

    नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो ।

    भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer