• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षा ऐनको मस्यौदा संसदमा किन दर्ता भएन, कहिले हुन्छ अब


  •   मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई राजधानीमा नभएका कारण विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको शिक्षा ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ता हुन सकेन । विश्व साक्षरता दिवस मनाएपछि पूर्वतिर लाग्नुभएका मन्त्री राई आज मंगलबार राजधानी आउनासाथ दुई तीन दिनभित्रमा सो मस्यौदा संसद् सचिवालयमा दर्ता गर्ने तयारी भएको छ ।

    Advertisement

    स्रोतका अनुसार कानुन शाखा र प्रशासन महाशाखाले मन्त्रिपरिषद्बाट गोप्य रूपमा मन्त्रालयमा पुगेको सो मस्यौदाको सूक्ष्म अध्ययन गरिरहेको छ । अघिल्लो मस्यौदा सार्वजनिक हुनासाथ शिक्षक महासंघ, प्याब्सन, नेसनल प्याब्सनलगायतका निकायले आन्दोलन गरेपछि मस्यौदाको केही बुँदा संशोधन गरिएको छ । संशोधन भएको मस्यौदा संसद् सचिवालयमा नपुग्दै सरोकारवाला निकायले फेरि आन्दोलन गर्नसक्ने भयले मन्त्रालयले संशोधित मस्यौदा सार्वजनिक गरेको छैन ।

    संशोधन गर्नुअघि शिक्षामन्त्री राई, सचिव सुरेश अधिकारीसँग परामर्श भएको थियो । मन्त्रिपरिषद्ले स्वीकृत गरेको सो विधेयकमा के के बुँदा परिवर्तन भएका छन् र के के बुँदा थपिएको छ भन्ने विषयमा मन्त्रालयका कुनै पनि उच्च अधिकारीलाई जानकारी छैन ।

    शिक्षक महासंघ, निजी विद्यालयलगायत विभिन्न सरोकारवाला निकायको दबाबपछि रोकिएको मस्यौदा ३८ दिनपछि गत बिहीबार दोस्रोपटक मन्त्रिपरिषद्को बैठकले उक्त मस्यौदा सदनमा पेस गर्न स्वीकृत गरेको हो । यसअघि गएको साउन १६ गतेको मन्त्रिपरिषद्को बैठकले मस्यौदालाई सदन पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सचिवालयले ऐनको मस्यौदाको कपी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने प्रावधान छ । मन्त्रालयले दफावार अध्ययन गरी कानुन मन्त्रालयमा पठाउने र त्यसपछि कानुनको पत्रसँगै शिक्षा मन्त्रालयले सभामुखको सचिवालयमा दर्ता गर्ने कानुनी व्यवस्था छ ।

    मस्यौदामा जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा कार्यालय उल्लेख भएको छ । मन्त्रिपरिषद्को समितिले कक्षा १० को परीक्षा प्रदेशले लिन नपाइने गरी संशोधन गरेको छ । मस्यौदामा शिक्षा तथा मानवस्रोत विकास केन्द्रको नाम शिक्षा विभाग कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रदेश संरचना खारेज गरी बोर्डको प्रदेश कार्यालयलाई प्रदेश सरकारको मातहतमा राखिएको छ ।

    त्यसै गरी मस्यौदामा राष्ट्रिय पाठ्यक्रम पाठ्यसामग्री र शैक्षिक गुणस्तर सुधार गर्न मन्त्रालयको सचिवको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम परिषद् गठन गर्ने उल्लेख छ ।

    शिक्षा ऐन यसअघि पटकपटक गरी नौपटक संशोधन भइसकेको भए तापनि ५२ वर्षदेखि एउटै ऐनबाट मुलुकको शिक्षा प्रणाली सञ्चालन भएको थियो । विसं २०७२ मा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा शिक्षा ऐनको नयाँ मस्यौदा तयार भएको हो ।

    मस्यौदामा केन्द्र, प्रदेश र संघको अधिकार बाँडफाँट गरिएको छ । शिक्षकको सेवा, सर्त र सुविधा निजामती कर्मचारीसरह कायम गरिएको छ । पछिल्लो मस्यौदा ल्याउन कुनै निकायसँग सल्लाह र सुझाव लिइएको छैन ।

    राज्यले शिक्षा जस्तो संबेदनशिल क्षेत्रलाई गरेको बेवास्ताका कारण मुलुकको शिक्षा प्रणाली तहस-नहस छ । सरोकारवालाहरुले समयमानै सम्बन्धित क्षेत्रका बिग्यहरुसंग छलफल र परामर्श गर्न ढिला गर्न नहुने आन्दोलनरत शिक्षक ,शिक्षिकाहरुको माग रहेको छ ।

    मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer