• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

छोरीलाई शिक्षक बनाउन प्रअद्वारा प्रतिस्पर्धीको दरखास्त अस्वीकार


  •   बुधबार, भदौ २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । नुवाकोट सूर्यगढी गाउँपालिका-१ स्थित मंगलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले आफ्नै छोरीलाई राहत शिक्षकमा नियुक्ति गर्न अन्य प्रतिस्पर्धीको दरखास्त लिन अस्वीकार गरेको पाइएको छ ।

    Advertisement

    शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटको स्वीकृतिमा दुई जना राहत अनुदान दरबन्दीमा शिक्षक नियुक्ति गर्न भदौ १२ गते विद्यालयले विज्ञापन गरेको थियो । गोप्य रूपमा गरिएको विज्ञापनको सूचना बाहिरिएपछि दरखास्त दिन पुगेका अन्य प्रतिस्पर्धीको निवेदन दर्ता गर्न रोकिएको विद्यालय स्रोतले जनाएको छ ।
    राहत दरबन्दी शिक्षा मन्त्रालयले तलबसुविधा अनुदान दिने कोटा हो । उक्त पदमा निवेदन दिन जाँदा प्रअ न्यौपानेले दर्ता गर्न अस्वीकार गरेको विदुर नगरपालिका–४ की नानुमैया नेपालले बताइन् । उनी शिक्षक सेवा आयोगको खुल्ला प्रतिस्पर्धामा गत चैतमा वैकल्पिकमा परेर करार सूचीमा सूचीकृत भएकी थिइन् । यस्ता उम्मेदवारलाई स्वतः राहत दरबन्दीमा नियुक्ति दिनुपर्ने व्यवस्था छ । उक्त कुरा विज्ञापनमा पनि उल्लेख छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगका करार सूचीमा परेकालाई प्राथमिकता दिएर शिक्षक नियुक्ति गर्न देशभर सर्कुलरसमेत गरेको छ । नेपाललाई नियुक्ति गर्दा छोरी अञ्जु न्यौपाने प्रतिस्पर्धाबाट स्वतः बाहिरिने भएपछि दरखास्त नै दर्ता नगरिएको विद्यालयका एक शिक्षकले बताए ।

    नेपाल आइतबार दरखास्तसहित विद्यालय पुगेकी थिइन् । ‘प्रअले अहिले दरखास्त दिन मिल्दैन, दर्ता पनि हुँदैन भन्नुभयो, दर्ता गर्नैपर्ने भए २६ गते आउनु भन्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि हामीले गाउँपालिका कार्यालय र शिक्षा इकाइमा उजुरी दिएका छौं ।’ सोमबार उजुरी दिइएको हो । मंगलबार आवेदन दिने अन्तिम दिन थियो । दुई पदका लागि अन्तिम दिनसम्म तीन जनाको मात्रै दरखास्त परेको प्रअ न्यौपानेले बताए । ‘सकभर विद्यालयमा कार्यरत र स्थानीयलाई नियुक्ति दिने हाम्रो कुरा भएको थियो,’ उनले भने, ‘त्यही भएर अरू दरखास्त दर्ता नगरिएको हो ।’ उनले विद्यालयको आन्तरिक कारण बाहिरको दरखास्त लिन नसकिएको स्वीकार गरे । ‘१५/१६ वर्षदेखि करारमा काम गर्दै आएका शिक्षक छन्, उहाँहरूको व्यवस्थापन गर्नुपर्नेछ,’ उनले भने । विद्यालयका एक शिक्षकका अनुसार प्रअकी छोरी एक महिनाअघि मात्र करारमा नियुक्त भएकी थिइन् । उनलाई राहत दरबन्दीमा राख्न चलखेल गरिएको हो । उनका अनुसार गाउँपालिका प्रमुख सन्तबहादुर घले (तामाङ) ले अर्को एक जनालाई नियुक्त दिन मिलेमतो गरिएको हो ।

    प्रअ न्यौपानेले भने कागजात अपुरो भएका कारण अञ्जुको दरखास्त नपरेको जनाए । करारमा कार्यरत शिक्षक सरस्वती श्रेष्ठ, स्थानीय अप्सरा अधिकारी र कुमारी तामाङको मात्र आवेदन दर्ता भएको उनको भनाइ छ । ‘पहिले करारका सरस्वती र अञ्जुले आवेदन दिने कुरा थियो, पछि अञ्जुको प्रक्रिया पुगेन,’ उनले भने । प्रस्तावित शिक्षा विधेयकमा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने र स्थायी हुन निश्चित प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ । सोही कारण छोरीलाई जसरी पनि नियुक्ति दिन जिल्लाभित्रै र बाहिरबाट आएका थुप्रै निवेदन अस्वीकार भएको एक शिक्षकले बताए । गाउँपालिका अध्यक्षसँगकै मिलेमतोमा यसअघि पनि आफन्तलाई करारमा नियुक्ति हुँदै आएको ती शिक्षकको भनाइ छ ।

    गाउँपालिकाका अध्यक्ष घलेले प्राविको दरखास्त आह्वान गरे पनि माविसम्म पढाउन सक्ने शिक्षक चाहिएकाले निवेदन दर्ता नभएको हुन सक्ने प्रतिक्रिया दिए । ‘प्राविको शिक्षक भए पनि माविमा अंग्रेजी, गणित पढाउनुपर्छ, विषय नमिलेर दर्ता नभएको हुन सक्छ, सबै दरखास्त दर्ता नभएको होइन, करार सूचीको मात्र दर्ता नभएको होला,’ उनले टेलिफोनमा कान्तिपुरसँग भने, ‘माविमा शिक्षक छैन, प्राविकै शिक्षकले माविसम्म पढाउन सक्ने गरी शिक्षक राख्न खोजिएको हुनुपर्छ, हाम्रो बाध्यता पनि तपाईंहरूले बुझिदिनुपर्छ ।’ दरखास्त दर्ता नभएको विषयमा गाउँपालिकामा कुनै पनि उजुरी नआएको समेत उनले दाबी गरे ।

    विद्यालयकै शिक्षकले भने गाउँपालिका र विद्यालयको मिलेमतोमा अन्य थुप्रै दरखास्त नलिएको जनाएका छन् । आफन्तलाई जागिर खुवाउन बहाना बनाइएको हुन सक्ने एक शिक्षकको भनाइ छ । विद्यालय र पालिकाको मिलेमतोमा करारमा शिक्षक र कर्मचारी नियुक्ति हुने गरेको स्थानीय अभिभावक बताउँछन् । इकाइ प्रमुख तुलबहादुर महतले उजुरी परेपछि गाउँपालिका अध्यक्षसँग कुराकानी भएको जनाए । ‘गाउँपालिका अध्यक्षले पालिकाले समस्या मिलाउँछ भन्नुभएको छ । समन्वय भइरहेको छ । त्यसरी कसैको पनि दरखास्त इन्कार गर्न मिल्दैन,’ उनले भने, ‘म पनि शुक्रबार सूर्यगढी जाँदै छु, छलफल गरेरै कुराकानी मिल्छ ।’

    बुधबार, भदौ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer