• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षकको कारुणिक पत्र “शिक्षा ऐनलाई”


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  • प्रिय शिक्षा ऐन !!!
    नमस्कार अनि मीठो सम्झना ।
    म यहाँ सन्चै छु ; त्यहाँ तिमी पनि सन्चै छौ होला भन्ने विश्वास लिएको छु । निकै लामो समयदेखि तिमी आउँदै छौ भन्ने खबरले हामी सम्पूर्ण परिवार निकै उत्साहित र खुशी थियौं । सबैलाई तिमी आउँदै छौ भन्दै खुशी पनि साट्दै थियौं । तिमीले विभिन्न आरोह-अवरोह पार गर्दै संसद बसपार्कमा टिकट पनि काट्यौ अरे ! तर तिमीले त्यहाँबाट आउँदा जे-जस्ता सामग्रीहरु लिएर आउनुपथ्र्यो, त्यस्ता हामीले अपेक्षा गरेका कुनै पनि सामग्री नलिइकन आउँदै छौ रे ! हामीलाई निकै सस्ता र प्रयोग गर्नै नसकिने म्याद गुज्रिएका कामै नलाग्ने एकदुइवटा सामान बाहेक केही नल्याई आउँदै छौ रे ! तिम्रा साना साना बालबच्चाहरु तिमीले केही महत्वपूर्ण सामग्री लिएर आउँछौ भन्ने आशामा निकै हौसिएका थिए, तिम्रो अगाध मायासहित चाचानाना पाउने आशामा जे काम अर्हायो, त्यही खुरुखुरु पनि गरेका थिए । हिजोमात्रै तिम्रो साथीले ल्याएको खबर अनुसार तिमी त कामलाग्ने कुनै पनि वस्तु नल्याई रित्तै फर्कदै छौ रे ! यो खबर थाहा पाएदेखि यहाँको सिङ्गो परिवारले चिन्ता मात्रै गरेका छैनन्; तिमीप्रतिको विश्वास पनि क्रमशः घटाउँदै गएका छन् । यति लामो समय सहरमा बसेर बाबुले कमाएको पैसा नचाहिंदो काममा अनावश्यक खर्च गरी रित्तै फर्किएको भन्ने खबरले एक आपसमा कानेखुसी गर्दै कठोर आन्दोल गर्ने तयारी समेत गर्दैछन् । घरको काम पनि केही नगर्ने भनेर आक्रोश व्यक्त गरिरहेका छन् । अब त छोराछोरीहरुले हामीले कत्ति सम्झाउँदा पनि पटक्कै नसुन्ने, बरु सम्झाउन खोज्दा उल्टै हामीमाथि नै आक्रामक ढंगले प्रस्तुत हुन खोज्दैछन् ।

    Advertisement

    प्रिय शिक्षा ऐन,
    समय निकै परिवर्तन भएको छ ,अहिलेका सन्तानहरुले देश विदेशका खबरहरु द्रुतगतिमा प्राप्त गर्दछन् । आवश्यकताका क्षेत्रहरु पनि क्रमशः थपिदै गएका छन्, त्यही भएर होला सन्तानहरुले अब तिम्रा हरेक कुरा विगतमा जस्तो गरी, पुराणका कथा सुनेझै सुनेर पत्याउने छैनन् । तिमीले आफ्ना कर्तुत लुकाउन प्रयत्न त पक्कै गर्नेछौ तर ती प्रयत्नहरु सबै विफल बन्नेछन् । तिम्रा करिब दुई दर्जन जति सन्तानहरुको गुनासो र बढ्दै गइरहेको अविश्वास र आक्रोशलाई तिमीले कसैगरे पनि थेग्न सक्ने छैनौ ।
    अन्त्यमा, तिम्रो सुखद आगमनको स्वागतमा रहेका सन्तानहरुको मनोभावनामा ठेस लाग्ने गरी तिमी नआउनु है ! यदि तिमीले पुनर्विचार नगरी रित्तै आयौ भने तिम्रा सन्तानहरुले अपमान भएको ठानी तिमीलाई नै अप्ठ्यारोमा पार्ने निश्चित छ । अझै पनि आशा छ, तिमीले आफ्ना सन्तानको लागि मन जित्ने सामग्री लिएर आउनेछौ ।
    उही तिम्रो शुभचिन्तक ( साभार )

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer