• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेलम्चीमा एडीबी पूर्णरुपमा असफल भयो, ऋण सबै अनुदानमा बदल्नुपर्छः डा. काफ्ले


  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
  • काठमाडौं । एकजना वरिष्ठ इन्जिनियर डा. मुकेश काफ्लेले मेलम्ची खानेपानी परियोजनामा एशियाली विकास बैंक (एडीबी) पूर्णरुपमा असफल भएको भन्दै उसले आफ्नो सबै ऋण अनुदानमा बदल्नुपर्ने नयाँ तर्क अघि सारेका छन् ।

    Advertisement

    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसमेत भइसकेका काफ्लेले मेलम्चीको मुहानको बाँध निर्माणको डिजाइन गलत हुँदा अहिले काठमाडौंका लाखौं मानिस पानी खानबाट बन्चित भएको बताए ।

    मुहानभन्दा माथि ढुंगा बालुवासहितको गेग्रानको ठूलो डिपोजिट हुँदाहुँदै जुन ढंगले बाँध निर्माण गरियो, त्यो गलत थियो भन्ने कुरा पुष्टि भएको बताउँदै उनले यही गलत डिजाइनका कारण आयोजना अनन्त कालसम्मका लागि अनिश्चित जस्तो बन्न पुगेको बताए ।

    काफ्लेले भने, ‘मेलम्चीको मुहानको ८–१० किलोमिटर माथि गेग्रानको त्यत्रो डिपोजिट रैछ । त्यो निकै पूरानो थुप्रो हो । आयोजनाको अध्ययन गर्दा त्यो डिपोजिट जुनसुकै बेला स्खलित हुनसक्छ, बग्नसक्छ भन्ने कस्तो अनुमान गर्न नसकेको ? जुन दुई बर्षअघिको बाढीमा भयो । एडीबी जस्तो संस्थाले अर्बौं रुपियाँ खर्च गरेर विदेशी कन्सल्ट्यान्ट नियुक्ति गरेर के अध्ययन गर्यो त ? अध्ययनमा गम्भीर प्रश्न उठ्छ नि ।’

    मेलम्चीको असफलता नेपाल जस्ता गरिव मुलुकलाई हेप्ने दातृ संस्थाको प्रवृत्तिको एउटा उदाहरण पनि भएको उनले बताए । डा. काफ्लेले यस परियोजनामा एडीबीले आफूले लिएको ऋण पुर्नभुक्तानी माग्ने नैतिकता गुमाएको बताउँदै यो ऋणलाई अनुदानमा बदल्न ऊ तयार हुनुपर्ने बताए ।

    मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरेर र १५ अर्ब भनिएको लागत ३५ अर्बभन्दा बढी पुर्याएर सम्पन्न गरेको भनिए पनि काठमाडौं उपत्यकावासीले पानी नियमितरुपमा खान पाउने अवस्था अझै बनेको छैन् । आगामी दिनमा पनि त्यस्तो नियमितताको सुनिश्चितता हुने देखिन्न ।

    हरेक बर्ष अर्बौं खर्चिएर गेग्रान हटाएर मेलम्ची आयोजना सञ्चालनको प्रयास गर्नु र हरेक बर्खामा फेरि आएर गेग्रानको थुप्रो मुहानमा आएर थुप्रिनु, सोही बहानामा हरेक बर्ष पानी आपूर्ति बन्द गर्नु, लागत बढेको नाममा उपभोक्तासँग थप रकम अशुल्दै जानु कति न्योचित र उचित हुन्छ ? भन्दै काफ्लेले प्रश्न गरे ।

    दुई बर्षअघिको बाढीका कारण मेलम्ची खानेपानीको मुहानमा भएको क्षति निकै ठूलो प्राकृतिक विपत्ति वा कुनै भूकम्पको कारण नभई जलाधार क्षेत्रमा बर्षाका कारण गेग्रानको थुप्रो स्खलित भएर बग्दा ठूलो जस्तो देखिएको उनले बताए । काफ्लेले यो गेग्रानको थुप्रो कुनै पनि दिन बग्छ भन्ने कुरा यस्ता ठूला आयोजनाको इन्जिनियरिङ डिजाइन गर्दा ख्याल गर्नुपर्ने कुरा हो भन्दै त्यस्तो जोखिम औंल्याउने र त्यसको समाधानको उपाय पनि दिएर आयोजना निर्माणका लागि परामर्श दिन एडीबीको कन्सल्ट्यान्ट असफल भएको बताए ।

    यसै बर्ष गत साउन अन्तिम साता आएको बाढीले पनि मेलम्चीको मुहान फेरि पुरिदिएको छ । हरेक बर्ष बाढीसँगै आउने गेग्राने सुरुङमा क्षति पुर्याउने नाममा आयोजनाले मुहान बन्द गरेर खानेपानीको वितरण रोक्दै आएको छ । मेलम्चीको पानी काठमाडौंवासीको घर घरमै पुर्याउने भन्दै नेताहरुले दशकौंदेखि बाँड्दै आएको सपनामा अहिले धक्का लागेको छ ।

    एडीबीको गलत अध्ययन र हेपाहा प्रवृत्तिले गर्दा अर्बौंको लगानी र लाखौं मानिसको सपनामा ठेस पुगे पनि एडीबी रिसाउने डरले सरकारको उच्च तहमा बस्ने व्यक्तिहरुले यस विषयमा बोल्ने आँट अहिलेसम्म गर्न सकेका छैनन् । मेलम्चीको डिजाइन असफल हुँदा मेलम्ची आयोजनाको भविश्व अन्योलमा पर्दा याङ्ग्री र लार्केबाट समेत पानी ल्याएर काठमाडौंका दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने सरकारको योजना पनि अन्योलमा परेको छ ।

    शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer