मासिक राशिफल: असाेज २०८०
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेष राशिलाई असोज महिना निकै उपलब्धिमूलक रहनेछ । सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा-व्यवसाय प्रारम्भ हुने समय छ । स्थापित पेसा-व्यवसायले नयाँ उचाइ प्राप्त गर्नेछ । स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आत्मविश्वास बढ्नेछ । शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन् । प्रतिस्पर्धाबाट भाग्योदय हुनेछ । अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ । अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ । अर्थ उपार्जनका नयाँ स्रोत फेलापार्न सकिनेछ । प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुने समय छ । नियमित आम्दानी बढ्नाले पुरानो कर्जा, सापटी घटाउन सकिनेछ । अध्ययनमा सफलता मिल्ने समय छ ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई असोज महिना आर्थिक दृष्टिले न्यून उपलब्धिमूलक रहनेछ । धेरैजसो पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला । स्वास्थ्य र यात्राको प्रसंगमा अधिक खर्च हुनेछ । द्वेषभाव राख्नेहरूले काममा बाधा उत्पन्न गर्नेछन् । तापनि आफन्तले साथ दिनेछन् । शुभचिन्तकको प्रेरणाले काम गर्न हौसला प्राप्त हुनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन् । कृषि-उत्पादनको राम्रो मूल्य प्राप्त हुनेछ भने पशुपालनबाट पनि लाभ उठाउन सकिनेछ । राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ । पेसा-व्यवसायमा सामान्य फाइदा हुनेछ । घरमा सुख-समृद्धि बढ्नेछ । अध्ययन र लेखनतर्फ प्रगति हुनेछ । ऋण-कर्जा घटाउन नसकिए पनि नियमित आयआर्जनले व्यावहारिक आवश्यकता पूरा हुनेछ ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई असोज महिना केही संघर्षमय रहनेछ । अरूका विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ । महत्त्वाकांक्षाले पछिका लागि आर्थिक जोखिम निम्त्याउन सक्छ । अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन् । घरको असहज परिस्थिति र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ । बाहिरी काम रोकेर पनि घरका लागि समय छुट्याउनुपर्ला । केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ । पेसा-व्यवसायमा नयाँ काम थाल्न समस्या पर्नेछ । व्यापार, कृषि र पशुपालनमा पनि केही समस्या आउन सक्छन् । नोकरीमा अरूको दबाब झेल्नुपर्ने परिस्थिति रहनेछ । अध्ययनमा थोरै समय दिन सकिनेछ । तत्काललाई केही काम रोकिए पनि पहिलेको साख र उपलब्धि जोगाउन सकिनेछ, मेहनत गर्नुहोला ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई असोज महिना निकै उत्साहवद्र्धक रहनेछ । प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन् । बल, पराक्रम बढ्नाले चुनौतीका पहाड चिर्ने आँट जाग्नेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् । शत्रु र रोगबाट छुटकारा पाइनेछ । स्रोत-साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुनेछन् । उद्योग-धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ । नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद-प्रतिष्ठा प्राप्त हुने समय छ । घरमा सुख-समृद्धि बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्ति अभिवृद्धि हुने सम्भावना छ । दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ । महिनाको उत्तरार्धमा साझेदारी तथा सगोलको सम्पत्तिमा विवाद आउने हुँदा सामूहिक माहोल बिग्रन सक्छ । आफ्नो उपलब्धिमा पनि अरूले दाबी गर्ने सम्भावना रहेकाले सावधान रहनुहोला ।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिलाई असोज महिनामा केही चुनौती देखिए पनि आंशिक उपलब्धि प्राप्त हुनेछ । केही विवादास्पद जिम्मेवारी आउनेछन् । आलोचकहरूले समय-समयमा दुःख दिनेछन् । यात्रा र किनमेलमा अधिक खर्च हुनेछ । वाणीको लय कठोर बन्नाले सहयोगीहरू टाढिन सक्छन् । विशेष काममा स्वयं जुट्नुपर्ने परिस्थिति आउन सक्छ । तर परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नोकरीमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापार बढ्नेछ र पेसा-व्यवसायमा आंशिक फाइदा हुनेछ । लेनदेनसम्बन्धी पुरानो हिसाब सुल्झाउन सकिनेछ । सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ । कृषितर्फ नयाँ प्रविधि भित्र्याउने समय छ । गरेका कामबाट बिस्तारै लाभ मिल्नेछ । मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कन्या राशिलाई असोज महिनामा उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ । अप्ठ्यारा काम आँट गर्दा बीचमा समस्या पर्नेछ र समस्याबाट बाहिरिन समय लाग्नेछ । प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुने सम्भावना छ । बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सानो काममा लामो समय बित्नेछ र श्रमको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ । वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला । परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ । प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन् । पेसागत जिम्मेवारी बढ्नेछ । अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ । विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ । मनपर्ने वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन् ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिलाई असोज महिनामा खर्च बढ्नाले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ । कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ने समय छ । उधारो व्यापार गर्नुपर्ला । लगानी तथा सरसापटमा गएको रकम अड्किनाले व्यवहारमा अर्थअभाव देखापर्ने सम्भावना छ । परिस्थितिवश निर्वाहमूलक कार्य गर्न बाध्य भइनेछ । आर्थिक व्यवस्था अनुकूल नभएसम्म नयाँ काम अघि नबढाउनुहोला । आशा देखाउनेहरूले झुक्याउन सक्छन् । अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला । समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन् । प्रतिज्ञा पूरा नगरे पनि आशा देखाउनेहरूसँग नम्र व्यवहार गर्नुहोला । महिनाको उत्तरार्ध लागेपछि स्थितिमा सुधार आउनेछ । केही सहयोगीहरूले साथ दिनेछन् । प्रयत्न गर्दा देश-विदेशको यात्रा गर्ने साइत जुर्ने सम्भावना छ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई असोज महिना उत्साहवद्र्धक रहनेछ । व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन् । कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ । नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ । विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले भने वादविवाद निम्त्याउन सक्छ । भौतिक साधनमा क्षति पुग्न सक्छ । पछिल्ला दिनमा खर्च बढ्नेछ र आयस्रोत कमजोर हुनेछ, आर्जित धन र उपलब्धि जोगाउने प्रयास गर्नुहोला ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धनु राशिलाई असोज महिनामा विशेष अवसर प्राप्त हुनेछन् । सामाजिक प्रभाव बढ्नेछ र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानप्राप्ति हुने बलियो सम्भावना छ । काममा नियमित प्रयास गर्दा सफलता मिल्नेछ । प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ । विशिष्ट व्यक्तिहरू नजिकिनेछन् । लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ । लगानी परे पनि दिगो काम, व्यवसाय आदिको पूर्वाधार तयार हुनेछ । व्यापार तथा उद्योगतर्फ मनग्य लाभ हुनेछ । अध्ययन तथा सीप विकासका लागि देश-विदेश घुम्ने मौका आउन सक्छ । आफ्नो समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मकर राशिलाई असोज महिना केही उतारचढावमय रहन सक्छ । तापनि मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ । नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ । प्रयत्न गर्दा नयाँ कार्य थालनी हुन सक्छ । खर्च लागे पनि आवश्यक स्रोत–साधन जुटाउन सकिनेछ । व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ । पेसा-व्यवसायमा सुधारका लक्षण देखिनेछन् । अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला । महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै सामान्य अर्थलाभ हुनेछ र जीवनशैलीमा पनि क्रमशः सुधार आउनेछ । धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ । लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी हातलागी हुनेछ । केही नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । तत्काल धेरै फाइदा नभए पनि पछिका लागि काम गर्नुहोला ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई परिस्थिति अनुकूल नहुनाले असोज महिना केही संघर्षमय रहनेछ । काम रोकिने र स्वास्थ्यमा पनि समस्या देखापर्ने समय छ । अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ । अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुनेछ । परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ । सफलताको सिढी उक्लन समय लाग्नेछ । सामान्य व्यापार भए पनि फाइदा कममात्र हुनेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस-जाँगरमा कमी आउनेछ । स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला । अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ । काम गर्न नसकिए पनि पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला । लगनशील बन्दा अध्ययनमा भने लक्ष्य प्राप्त गर्न सकिनेछ ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई असोज महिना केही उतारचढावमय रहनेछ । निरन्तर कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन् । आवश्यकता विचार नगरी किनमेल गर्दा अधिक रकम खर्च हुनेछ । वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ । र घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ । यात्रा र भेटघाटमा अलमलिनाले पनि महिना केही खर्चिलो रहनेछ । अवसर आए पनि समय दिन नसक्दा पेसा-व्यवसाय कमजोर बन्नेछ । व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला । सेयर तथा लगानीको मूल्यांकन कमजोर हुनाले लाभांश घट्न सक्छ । चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ । जोखिमपूर्ण काममा अघि नसर्नुहोला । दिगो योजनामा अघि बढ्न नसकिए पनि पहिलेका उपलब्धि जोगाउन सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा काम बन्नेछ ।





