☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रास्वपामा मौलाउँदै भ्रष्टाचार


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । जसले भ्रष्टाचार गर्दिन भन्छ सबैभन्दा बढी उही भ्रष्ट देखिएको इतिहास छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भ्रष्टाचारमा शून्य शहनशीलता’ को नारा घन्काए तर अहिलेसम्मको इतिहासकै सबैभन्दा बढी भ्रष्ट सरकार उनकै पालामा भयो ।

    Advertisement

    अहिले भ्रष्टाचारीलाई कारबाही गर्ने रणनीति लिएर राजनीतिमा आएको १४ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भ्रष्टाचारका ठूला ठूला काण्डहरु बाहिर आउन थालेका छन् ।

    सांसद पद खुस्किएपछि राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने टिमको खुलासा गरेका हुन् ।

    आफलाई मन्त्री बनाउनका लागि भन्दैै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ रकम मागेको खुलासा गरेका हुन् । समानपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमत नरहने गरी कारबाही गरको थियो ।

    त्यसपछि उनको सांसद पद पनि खुस्किएको थियो । श्रेष्ठले आफू मन्त्रीबन्न लागको तर त्यसका लागि ‘कोर टिम’ कोलागि दुई करोड चाहिने बताउँदै पैसा प्रसाईंसँग पैसा मागेको अडियो संवादमा खुलेको थियो ।

    सोही ‘कोर टिम’ का सदस्यमध्येको एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ । गत साता उनले एक टेलिभिजनको अन्तर्वार्तामा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएका खुलाएका हुन् ।

    मन्त्री बाँडफाँटका बलादेखि नै थापाले आफूलाई ‘तपाईं मन्त्री बन्दै हुनुहुन्छ’ भनेको र रकम पनि त्यही क्रममा मागिएका उनले खुलाएका हुन् । ‘किन माग्नुभयो, थाहा भएन ।

    मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ । तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो ।

    तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयाग चाहिन्छ भनेर उहाँलेँ माग्नु भयो,’ श्रेष्ठले भने । मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको उनको भनाइ छ ।

    थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् । रवि लामिछानेको ‘कोर टिम’ भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।

    ‘घण्टा घण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो? खै चेक ल्याइदेको? नभए तपाईको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने,’ श्रेष्ठको भनाइ छ । सामाखुसी भित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् ।

    उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको ’डिल’ गरेका थिए। आफूलाई मात्र कारबाही भएकाले अरूका प्रमाण पनि सार्वजजिक गरिदिने उनले चेतावनी दिएका छन् । ‘म सँग प्रमाण छ, केही समयमा निकाल्छु,’ उनले भने ।

    ‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि’, प्रसाईंसँगको अडियोबारे उनले भनेका छन् ।

    प्रसाईसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको खुलाएका छन् । (साभार)

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer