• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • २. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रास्वपामा मौलाउँदै भ्रष्टाचार


  •   सोमबार, असोज ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । जसले भ्रष्टाचार गर्दिन भन्छ सबैभन्दा बढी उही भ्रष्ट देखिएको इतिहास छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भ्रष्टाचारमा शून्य शहनशीलता’ को नारा घन्काए तर अहिलेसम्मको इतिहासकै सबैभन्दा बढी भ्रष्ट सरकार उनकै पालामा भयो ।

    Advertisement

    अहिले भ्रष्टाचारीलाई कारबाही गर्ने रणनीति लिएर राजनीतिमा आएको १४ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा भ्रष्टाचारका ठूला ठूला काण्डहरु बाहिर आउन थालेका छन् ।

    सांसद पद खुस्किएपछि राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको टिमबाट पैसा उठाउने टिमको खुलासा गरेका हुन् ।

    आफलाई मन्त्री बनाउनका लागि भन्दैै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रुपैयाँ रकम मागेको खुलासा गरेका हुन् । समानपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । सोही अडियोका कारण उनलाई पार्टीले साधारण सदस्यसमत नरहने गरी कारबाही गरको थियो ।

    त्यसपछि उनको सांसद पद पनि खुस्किएको थियो । श्रेष्ठले आफू मन्त्रीबन्न लागको तर त्यसका लागि ‘कोर टिम’ कोलागि दुई करोड चाहिने बताउँदै पैसा प्रसाईंसँग पैसा मागेको अडियो संवादमा खुलेको थियो ।

    सोही ‘कोर टिम’ का सदस्यमध्येको एक मोहनजंग थापाले नै आफूसँग तीन करोड रुपैयाँ मागेको श्रेष्ठको दाबी छ । गत साता उनले एक टेलिभिजनको अन्तर्वार्तामा श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएका खुलाएका हुन् ।

    मन्त्री बाँडफाँटका बलादेखि नै थापाले आफूलाई ‘तपाईं मन्त्री बन्दै हुनुहुन्छ’ भनेको र रकम पनि त्यही क्रममा मागिएका उनले खुलाएका हुन् । ‘किन माग्नुभयो, थाहा भएन ।

    मलाई चाहिँ तपाईं दौरा सुरुवाल लगाएर तयार हुनुहोस्, म्याडमलाई बोलाउनुहोस्, आफन्तहरूलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ हुनेवाला छ । तपाईं रेडी हुनुहोस्, ढुक्क हुनुहोस्, तपाईं मन्त्री बनिसक्नुभयो ।

    तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ, पार्टीलाई सहयाग चाहिन्छ भनेर उहाँलेँ माग्नु भयो,’ श्रेष्ठले भने । मोहनजंग थापासँग कुरा भइसकेपछि उनले खटाएको मान्छेसँग साढे दुई करोडमा डिल भएको उनको भनाइ छ ।

    थापाले पैसा मागिसकेपछि नै आफू पैसा जुटाउनतिर लागेको उनले स्वीकार गरेका छन् । रवि लामिछानेको ‘कोर टिम’ भनेर सार्वजनिक गरिएको अडियोमध्येमा एकजना मोहनजंग थापा नै रहेको उनले बताए ।

    ‘घण्टा घण्टामा फोन आउँथ्यो, पैसा रेडी पार्नुभयो? खै चेक ल्याइदेको? नभए तपाईको मन्त्री हुँदैन अर्को मान्छेलाई दिने हो भने,’ श्रेष्ठको भनाइ छ । सामाखुसी भित्रको कफी सपमा थापासँग भेट भएको उनले खुलाएका छन् ।

    उनका अनुसार त्यही भेटमा मोहनले भेटाएका मान्छेसँग नै श्रेष्ठले रकमको ’डिल’ गरेका थिए। आफूलाई मात्र कारबाही भएकाले अरूका प्रमाण पनि सार्वजजिक गरिदिने उनले चेतावनी दिएका छन् । ‘म सँग प्रमाण छ, केही समयमा निकाल्छु,’ उनले भने ।

    ‘अझै पनि त्यो अडियोको वास्तविकता के हो भन्ने कसैलाई थाहा छैन । म पोखराको मान्छे, मुग्लिन गएर बसेँ, अनि एकछिनपछि पोखरा गएँ भनेर भन्दाखेरि कसैले त्यो अडियोलाई काटेर म मुग्लिङ गएर बसेँ मात्र राखेर अनि म पोखरा गएँ भन्ने काट्यो भने म त मुग्लिङ बसेको हुन्छ नि’, प्रसाईंसँगको अडियोबारे उनले भनेका छन् ।

    प्रसाईसँग एकपटक कुराकानी भएको र त्यसक्रममा आफूले मेडिकल क्षेत्रको मान्छे भएकाले सहयोगका लागि आग्रह गरेको खुलाएका छन् । (साभार)

    सोमबार, असोज ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer