• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

जिम्मेवार शिक्षकको अभिभावकलाई पत्र,”तपाईंहरुले शुभकामना दिनु पर्दैन र?”


  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा दिवस लगायत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका हुने कुनै पनि कार्यक्रमहरुकमा सहभागिता नजनाउन शिक्षकहरुलाई निर्देशन दिएको छ । सरकारले संसदमा पेश गरेको शिक्षा विधेयकमा शिक्षकहरुलाई धोका दिएको भन्दै विरोध स्वरुप कुनै पनि कार्यक्रमहरुमा नजान निर्देशन दिएको हो ।
    यसैलाई लिएर बिबिध टिकाटिप्पणी भईरहेका बेला एक जिम्मेवार शिक्षकको सम्पुर्ण अभिभावकलाई पत्र:
    “आदरणीय अभिभावक ज्युहरु, बिद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलन गर्न काठमाडौ जाने कुरा सुनेपछि तपाइहरुको मनमा केहि खुलदुल्दुलि हुदै छ। आन्दोलन गरेर तलब खाने? हाम्रा छोराछोरीको पढाई बिगार्ने? यस्को क्षेति कस्ले बेहोर्ने? जस्ता प्रस्नहरु उठ्नु स्वभाबिक हो ।यहि कुरालाइ म प्रष्ट पारी दिन्छु। पहिलो कुरो त हजुरहरुले हाल सम्सदमा पेश भएको शिक्षा बिधेयक पढ्नु भएको छ कि छैन? मलाई लाग्छ छैन। पढि हाले पनि कतिको बुझ्नु भाको छ थाहा छैन। हजुरहरुले आफ्नो सन्तानको शिक्षाको चासो लिनु सकारात्मक कुरा हो। यस्को लागि धन्यवाद । आन्दोलन गर्नुपर्ने कारण यस्ता छन ।
    १. अहिले माध्यमिक तहमा अध्यापन गराउने गणित, बिज्ञान र अङ्ग्रेजी बिषयको शिक्षक पाउन छोडियो। यो बिधेयक पास भयो भने आधारभुत तह १-५ पढाउने शिक्षक पनि पाइदैन किनकि उक्त शिक्षकको न्युनतम योग्यता स्नातक तोकेको छ। चार बर्ष स्नातक पढेर रिजल्ट आउँदा अनि लाइसेन्स निकाल्दा लगभग छ बर्ष बित्छ।अनि आयोग खुलेर रिजल्ट आउदा एक बर्ष लाग्छ । त्यो पनि निश्चितै हुदैन। तपाईंको घरको कुनै सदस्यले १२ पास गरेर लाइसेन्स प्राप्त गरे पनि आयोग भिड्न पाउदैन। यस्तो अनिश्चित पेसामा को लाग्छ र शिक्षक पाइन्छ ? अनि त्यो बेला सामुदायिक बिद्यालय अस्तब्यस्त हुन्छन्। शिक्षकको हाहाकार मचिन्छ। त्यो बेला धनि मानि र हुने खानेका सन्तान निजि स्कुलमा जान्छन ।गरीब दुखिका छोराछोरीले राम्रोसँग अध्ययन गर्ने अवस्था हुदैन। त्यसैले यो आन्दोलन तपाइहरु जस्ता अभिभावकको लागि जरुरि छ।
    २. हामीले राज्यको कुल बजेटको २०% रकम शिक्षामा बिनियोजन गरियोस् भनि पटकपटक माग राखेका छौ। त्यो चाहि हाम्रो तलबको लागि मात्रै होइन बरु बिद्यालको भौतिक ,शैक्षिक गुणस्तर वृद्धि गर्न।बिद्यालयमा खेलमैदान ,बगैंचा ,पुस्तकालय ,बिज्ञान प्रयोगशाला ,कम्प्युटर ,smart board ,खेलकुदका सामन, बाद्यबादनका सामान, बच्चा बिरामी हुदा उपचार गर्ने ठाउ को ब्यबस्थापन गर्न बजेट माग गर्ने ब्यबस्था गरि राम्रो बिद्यालय बनाउने ऐनकानुन बनाउन हामी आन्दोलनमा जाने हो।के तपाईंहरुलाइ यस्तो कुरा मन पर्दैन र?
    ३.यो बिधेयकमा शिक्षकलाइ बर्खास्त गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ।यस्को मतलब एक विद्वान शिक्षकलाइ एउटा सामान्य साक्षर जनप्रतिनिधिले सामान्य कुरालाइ आधार बनाएर बर्खास्त गर्नु भनेको बिद्यालयमा चोर बाटोबाट राजनीति छिराउनु हो। के हजुरहरुलाइ यस्तो कुरा मन पर्छ त? कदापि पर्दैन।यहि कुरा रोकेर सदाको निम्ति बिद्यालयलाइ शान्ति क्षेत्र बनाउन हामी आन्दोलनमा जादै छौ। हजुरहरुले शुभयात्रा भन्नु पर्दैन र?
    ४. सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकलाइ लाइसेन्स चाहिने निजि स्कुलमा नचाहिने किन? निजि स्कुलमा अध्यापन गराउने शिक्षकहरु तपाईं हाम्रो आफन्त नातेदार पनि त हुनु हुन्छ ।निजि स्कुलले पुरा तलब दिदैन। यस्तो बिभेदकारि निति ल्याउन पाइन्छ त?
    ५.यो सरकारको के बिश्वास ? तपाईंको हाम्रो नानिबाबुहरुले पाउदै आएको कक्षा ६ को दिवा खाजाको रकम कटौती गरेको थाहा छ नि? दिवा खाजाले शैक्षिक गुणस्तर वृद्धि गर्न ठुलो सहयोग गरेको थियो। सामुदायिक बिद्यालयको गुणस्तर वृद्धि हुनेभएको देखेर निजि स्कुलमा बच्चा लान घुमाउरो निति लिन लाइ दिवा खाजाको रकम कटाएको होइन र?यस्तो जाल झेल रोक्न लाग्दा तपाईंहरुले शुभकामना दिनु पर्दैन र?
    ६. बाल बिकास/ शिशु कक्षालाइ बिद्यालयको संरचनामा ल्याएर त्यो पदमा काम गर्ने गुरुआमाको तलब र सेवा सुबिधाको लागि प्रष्ट निति निर्माण गर्न हामीले आवाज उठाउनु गलत हो र?
    ७.बिद्यालयको शौचालय सफा गर्ने, फोहोर सफा गर्ने, समयमा स्कुल खोल्ने बन्द गर्ने सहयोगी कर्मचारीको न जागिर स्थायी छ, न पुरा तलब छ। काम सानो र ठुलो कहिले पनि हुदैन। यस्तो कर्मचारीको वृत्ति बिकासको लागि हामीले आवाज नउठाए कस्ले उठाउने त?
    ८. बिद्यालयको लेखापाल/ कर्मचारीको हातमा सारा स्कुल जिम्मा हुन्छ । वहाहरुको काम अनुसारको दाम र जागिरको स्थाइत्व हुनु पर्दैन र? भोलि स्कुल बिग्रेको नोक्सान त तपाईं हाम्रो होइन र?
    ९. बिसौ बर्ष अघि देखि काम गर्दै आएको राहत शिक्षक अहिलेसम्म योग्य हुनु भो अब यो बिधेयक पास भयो भने २० हजार शिक्षक अयोग्य ठहरिनु हुन्छ। एक पटक त्यस्ता गुरु र गुरुआमाको लागि तपाईहरु जस्ता भगवानरुपि अभिभावकले सहानुभूति देखाउदा के नोक्सान होला त?
    १०. अन्त्यमा यो शिक्षा बिधेयकमा यस्ता संसोधन गर्ने कुरा धेरै छ्न। आज यति राखियो। आन्दोलन सजिलो हुदैन । हाम्रो रहर नभएर यो बाध्यता बनेको छ। आन्दोलनमा मर्न पनि सकिन्छ , घाइते हुन सकिन्छ ,बिरामी हुन सकिन्छ, दुर्घटना हुन सक्छ,खर्च हुन्छ त्यस कारण यदि सक्नुहुन्छ भने एक सचेत,सबल दुरदर्शि अभिभावकको नाताले हजुरहरुले नै हाम्रा मागहरु पुरा गर्न आन्दोलन गरि दिनुहोस।हामी तपाइहरुका नानि बाबुहरुलाइ आफ्नै छोराछोरी जस्तो गरि काखमा राखेर खेलाइ खेलाइ खेलाइ पढाई दिने छौ। के गर्नु त हजुर हामी पनि क्यानडा ,अमेरिका, फिनल्यान्ड आदि देशको शिक्षक भएको भए यस्तो त पक्कै पनि गर्दैन थियौ । शिक्षा बिधेयकमा संसोधन गर्ने कुरा थाहा नभए पनि हामी कुन देशको शिक्षक हो भन्ने त थाहा छदै छ । अन्त्यमा, चिन्ता नगर्नुहोस् ।यदि हाम्रा माग पुरा भए बच्चाहरुको पठनपाठन हामी फर्केर आए पछि शनिबार ,सार्बजनिक बिदाको दिन नभनि पुरा गर्ने छौ किनकि यो चाहि हाम्रो कर्तव्य हो जसलाई हामी कहिल्यै भुल्दैनौ।” (साभार सामाजिक संजाल)

    Advertisement

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन
    लुम्बिनीमा शुरु भयो व्यवस्थित पर्यटक सूचना केन्द्र

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer