☰
बुधबार, कार्तिक १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एमाले बागमती प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन्छः उपसचिव बर्तौला


  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    नेकपा एमालेकाे बागमती प्रदेश अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व चयन गरिने एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताएका छन् । पार्टीलाई सबल र सुदृढ बनाउन पनि सर्वसम्मतिबाटै नेतृत्व चयन हुने उनको भनाइ छ।

    उनले भने,–‘गत निर्वाचनमा पार्टी बागमती कमजोर अवस्थामा रह्यो । तर, अब पार्टीको कामलाई सबल र सुदृढ बनाउनुपर्ने छ । त्यसका लागि हामीले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।’ बागमती प्रदेश जस्तो ठूलो भूगोलमा पार्टी कमजोर रहेकाले कार्यकर्ताको मनोबल पनि बढाउने गरी नेतृत्व छनोट गरिने उनले बताए ।

    उनले भने,–‘अधिवेशनमा चुनाव गरेर नेतृत्व चयन गर्दा कार्यकर्तामा फुट आउन सक्छ । तर, कार्यकर्ताको मनोबल बढाउने गरी नै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्छ ।’ युवापंक्तिबाट पनि सर्वसम्मति नेतृत्व चयनका लागि पहल भइरहेको छ ।’

    नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन नजिकिएको छ ।  अबको एक सातापछि एमाले बागमती प्रदेशले नयाँ नेतृत्व चयन गर्दै छ । आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनको तयारीले तीव्रता पाएको छ ।

    यतिवेला बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा पालिकाबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको एमाले उपसचिव एवम् प्रचार प्रमुख महेश बर्तौलाले जानकारी दिए । अब ४ वटा पालिकाको मात्रै छनोट बाँकी रहेको एमाले बागमती प्रदेशले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाका  भूगोलबाट प्रतिनिधिहरु चुनिएर आउनेछन् ।

    करिब १ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । अगामी सोमबार काठमाडौँको भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले एमालेका नेता कार्यकर्ताहरु एक आपसमा उम्मेदवारको चर्चा चलाएका छन् ।

    हालसम्म एमाले बागमतीको नेतृत्वका लागि दुइ केन्द्रीय सदस्यसहित तीन जना आकाङ्क्षी देखिएका छन् । मकवानपुरबाट कृष्ण दाहाल, रामेछापबाट कैलाश ढुङ्गेल एमाले बागमतीको नेतृत्वका लागि इच्छुक देखिएका हुन् । यता, एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष केशवराज पाण्डे पनि पुनः अध्यक्ष बन्न कस्सिएका छन्।

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer