• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार २९, २०८३
☰
सोमबार, असार २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एमाले बागमती प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन्छः उपसचिव बर्तौला


  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
  • काठमाडौं ।

    Advertisement

    नेकपा एमालेकाे बागमती प्रदेश अधिवेशनमा सर्वसम्मतिबाटै नेतृत्व चयन गरिने एमाले बागमती प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले बताएका छन् । पार्टीलाई सबल र सुदृढ बनाउन पनि सर्वसम्मतिबाटै नेतृत्व चयन हुने उनको भनाइ छ।

    उनले भने,–‘गत निर्वाचनमा पार्टी बागमती कमजोर अवस्थामा रह्यो । तर, अब पार्टीको कामलाई सबल र सुदृढ बनाउनुपर्ने छ । त्यसका लागि हामीले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ ।’ बागमती प्रदेश जस्तो ठूलो भूगोलमा पार्टी कमजोर रहेकाले कार्यकर्ताको मनोबल पनि बढाउने गरी नेतृत्व छनोट गरिने उनले बताए ।

    उनले भने,–‘अधिवेशनमा चुनाव गरेर नेतृत्व चयन गर्दा कार्यकर्तामा फुट आउन सक्छ । तर, कार्यकर्ताको मनोबल बढाउने गरी नै सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्छ ।’ युवापंक्तिबाट पनि सर्वसम्मति नेतृत्व चयनका लागि पहल भइरहेको छ ।’

    नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन नजिकिएको छ ।  अबको एक सातापछि एमाले बागमती प्रदेशले नयाँ नेतृत्व चयन गर्दै छ । आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने अधिवेशनको तयारीले तीव्रता पाएको छ ।

    यतिवेला बागमती प्रदेश अन्तर्गतका जिल्ला तथा पालिकाबाट प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको एमाले उपसचिव एवम् प्रचार प्रमुख महेश बर्तौलाले जानकारी दिए । अब ४ वटा पालिकाको मात्रै छनोट बाँकी रहेको एमाले बागमती प्रदेशले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाका  भूगोलबाट प्रतिनिधिहरु चुनिएर आउनेछन् ।

    करिब १ हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी हुने एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए । अगामी सोमबार काठमाडौँको भृकुटीमण्डपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले एमालेका नेता कार्यकर्ताहरु एक आपसमा उम्मेदवारको चर्चा चलाएका छन् ।

    हालसम्म एमाले बागमतीको नेतृत्वका लागि दुइ केन्द्रीय सदस्यसहित तीन जना आकाङ्क्षी देखिएका छन् । मकवानपुरबाट कृष्ण दाहाल, रामेछापबाट कैलाश ढुङ्गेल एमाले बागमतीको नेतृत्वका लागि इच्छुक देखिएका हुन् । यता, एमाले बागमती प्रदेशका वर्तमान अध्यक्ष केशवराज पाण्डे पनि पुनः अध्यक्ष बन्न कस्सिएका छन्।

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer