लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम द्वारा लायन बर्ष २०२३/२४ को लायन नेतृत्व बिकास कार्यक्रम (LLC) २०२३ पोखरामा सम्पन्न भएको छ । यही असोज ५ गते शुरु भएको सो कार्यक्रम पोखरा महानगरका मेयर तथा पिडिजी धनराज आचार्यले उद्घाटन गर्नु भएको थियो भने कार्यक्रम संचालन डिस्ट्रिक्ट ३२५ एमका सचिव बलराम सुबेदीले गर्नु भएको थियो ।
लायन्स क्लबका डिस्ट्रिक्टहरुले हरेक बर्ष LLC कार्यक्रम आयोजना गर्ने गर्दछन । डिस्ट्रक्ट एम द्वारा आयोजित यस कार्यक्रममा उक्त डिस्ट्रक्टका ५६ जना क्लब अध्यक्षहरुको सहभागिता रहेको थियो । सहभागी मध्ये यस LLC क्याम्पमा पुरुष तर्फ उत्कृष्ट प्रदर्शन गर्दै साझा फुलवारीका अध्यक्ष कमल बहादुर खत्री प्रथम र महिला तर्फ काठमाडौं देउरालीकी संचिता बास्कोटा प्रथम भएका थिए ।
“यस किसिमको कार्यक्रमले, आफु जीवनका हरेक क्षेत्रमा कसरी सफल बन्ने साथै नेतृत्व क्षमताको बिकास कसरी गर्ने भन्ने मुलभुत कुरा सहभागीहरुलाई सिकाईन्छ,” कार्यक्रममा सहभागी आई पि डि जी महेन्द्र पौडेलले बताउनु भयो ।
पोखरामा २ रात ३ दिन चलेको उक्त कार्यक्रमको सभापतित्व डिस्ट्रिक्ट ३२५ एम का गभर्नर भिमलाल पौडेलले गर्नु भएको थियो भने कार्यक्रमकको संयोजन आई पि डि जी महेन्द्र पौडेलले गर्नु भएको थियो । LLC कार्यक्रमका ब्यबस्थापक तथा डिस्ट्रिक्ट ३२५ एम का डिस्ट्रिक्ट गभर्नर भिमलाल पौडेलले कार्यक्रम ब्यबस्थित, भब्य र सहभागीहरुका लागी निक्कै ज्ञानमुलक भएको आफुले बिश्वास लिएको जानकारी गराउनु भएको थियो, भने चिफ एडभाईजर रत्न पराजुलीले अंक एउटा नम्वर मात्रै रहेको र यो जित सम्पुर्ण लायन मित्रहरुको भएको बताउनु भएको थियो । कार्यक्रमका मुख्य संयोजक तथा प्रथम भाईस डिस्ट्रीक्ट गभर्नर लायन चण्डी प्रसाद अर्याल, द्वितिय भाईस डिस्ट्रीक्ट गभर्नर धनिराम बरालका साथै डिस्ट्रिक्ट ३२५ एमका सिनिएर लायन लिडरहरुको सहभागिता रहेको LLC क्याम्पका एक सहभागीले जानकारी दिनु भयो ।






