• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

कुरिलोको जरामा यति धेरै फाइदा, पाँच हजार बर्ष पुरानो औषधि, यस्ता हुन्छन् गुण,


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औषधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औषधीय गुण भएका बोटविरुवा, झारपात भेटिन्छ् । यी मध्येको एक हो बहुवर्षीय लहरायुक्त वनस्पति हो ।

    Advertisement

    यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

    कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौ’न दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले से वन गरेमा वी’र्य बढ्छ । कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ ।

    उनीहरूमा यौ’न दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ । कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।

    कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

    कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि

    विश्वभर कुरिलोका ३०० प्रजाति पाइन्छन । तरकारीको रुपमा कुरिलोको व्यावसायिक खेती बढिरहेको छ । अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।

    कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाईवस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलोको जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ ।

    नेपालमा अहिलेसम्म पाईएका ८ प्रजातिका कुरिलो मध्ये पश्चिम नेपालमा पाइने प्रजातिको खेति बढी गरिन्छ ।

    नेपालमा समुद्र सतहबाट एक सय ५० मिटर देखि दुई हजार एक सय मिटर सम्म कुरिलो पाईन्छ । सर्लाही, मकवानपुर, दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, सल्यान र रुकुममा कुरिलोको खेती नै गरिएको छ ।

    कुरिलोको बिउ कार्तिक अन्तिम देखि माघसम्म पाक्छ । बीउ रातो भएर पाकेपछि टिपीहाल्नुपर्छ । चिल्लो, उज्यालो, चम्किलो कालो बिउको उमारशक्ति बढी हुन्छ । यस्तो बीऊ टिपेको २ बर्षसम्म उम्रन्छ । कुरिलो लगाएको दोस्रो वर्षदेखि बीउ फल्न थाल्छ ।

    माघ देखि बैशाखसम्म ३ भाग जंगलको मलिलो माटो, १ भाग वालुवा र १ भाग पाकेको गोबर मिलाएर २४ घण्टासम्म चिसोपानीमा भिजाएको बिउ नर्सरीमा रोप्नुपर्छ । पराल वा घाँसले छोपेमा चिस्यान रहने र झार कम आउने हुन्छ ।

    तराइमा २ देखि ३ हप्ता पछि र पहाडमा ४ देखि ५ हप्ता पछि बिउ टुसाउन थाल्छ । विरुवा १५ देखि २० सेन्टीमीटरको भएपछि असार साउनमा तयारी जग्गामा सार्नुपर्छ । नर्सरीमा एक बर्ष भएको विरुवा रोप्दा राम्रो हुन्छ ।

    टुसा सहितको जरालाई नर्सरीमा सारेर वा सिधै रोप्न पनि सकिन्छ । तर यसो गर्दा भन्दा बिउबाट रोपेको कुरिलो स्वस्थ र गुणस्तरको हुन्छ ।

    घाम लाग्ने र गोबर मल हालेको ठाउँमा यो राम्रो हुन्छ । एक हेक्टर जग्गामा ५ टन जति मल हाल्नुपर्छ । साउनमा बिरुवा रोप्दा कम पानी भए पनि सर्छ । एक हेक्टरमा २० हजार देखि २७ हजार सम्म विरुवा रोप्न सकिन्छ ।

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer