• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १०, २०८३
☰
बिहिबार, बैशाख १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

भूगोलविद् डा. हर्क गुरुङको सम्झना जन्मथलोमा


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • लमजुङ । भूगोलविद् डा. हर्क गुरुङलाई उहाँको जन्मथलो मस्र्याङ्दी गाउँपालिका ७ ताङ्लीचोकमा सम्झना गरिएको छ । गुरुङको १७ औं स्मृति दिवसको अवसरमा शनिबार स्थानीयले डा. गुरुङको समाधिस्थलमा माल्यार्पण गरेर सम्झिएका हुन् ।
    गाउँ नजिकै रहेको समाधिस्थलमा स्थानीयले दियो, धुप बत्ति बालेर डा. हर्कको नाममा पूजापाठ गरेका छन् । डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष एवं डा. हर्कका भतिज तिलबहादुर गुरुङका अनुसार भूगोलविद डा. हर्क गुरूङको १७ औं बार्षिकी तथा स्मृति दिवसमा औपचारिक कार्यक्रम गरेर श्रद्धाञ्जली अर्पण गरिएको हो ।
    नेता, जनप्रतिनिधि, प्रतिष्ठानका पदाधिकारी, ताङ्लीचोक गाउँबासी, मनास्लु तमु आमा समूहका पदाधिकारी, विद्यार्थीहरुले डा. गुरुङलाई सम्झिएका उहाँले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य जमीन्द्रमान घलेले डा. हर्क गुरुङलाई राज्यले उचित सम्मान दिन नसकेको बताउनुभयो । राज्यलाई योगदान दिने व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्ने भन्दै उहाँले डा. हर्क गुरुङलाई राष्ट्रिय विभूति बनाइनुपर्नेमा जोड दिएपनि सरकारले वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो ।
    मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले डा. हर्क गुरुङ मस्र्याङ्दीको मात्रै नभएर, लमजुङको मात्रै नभएर देशकै नामलाई संसारमा चिनाउने व्यक्ति भएको बताउनुभयो । देशलाई पु¥याएको योगदानको चर्चा गर्दै उहाँलाई संघीय सरकारले व्यावहारिक सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
    मनास्लु तमू आमा समूह ताङ्लीचोकका अध्यक्ष बालमाया गुरुङले डा. गुरुङलाई श्रद्धाञ्जली अर्पण गर्दै गाउँसमाजको नाम राख्ने गुरुङलाई अझै पनि सम्मानको खाँचो रहेको बताउनुभयो । स्थानीयले सम्झेपनि देशले गुरुङलाई विर्सदै गएको उहाँले बताउनुभयो । डा. हर्क गुरुङ स्मृति प्रतिष्ठानका अनुसार डा. हर्क गुरुङको समाधिस्थल वरपर ३० रोपनी जग्गाको व्यवस्थापन गरेर आवश्यक भौतिक संरचना निर्माण थालिएको छ ।
    वि.सं. १९९५ साल पुस २१ गते (सन् १९३९ जनवरी ५) का दिन बाबु पारसै गुरुङ र आमा मैस्योको कोखवाट ठूलकान्छा छोराको रुपमा जन्मेका डा. हर्क बहुमूखि प्रतिभाका धनी हुनुहुन्थ्यो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा डा. हर्क चढेको हेलिकप्टर २०६३ असोज ७ गते (२००६, सेप्टेम्बर २३) को दिन ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा उहाँ लगायत विभिन्न प्रतिष्ठित व्यक्तिको निधन भएको थियो ।

    Advertisement

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: वैशाख २०८३

    • ५.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      वार्षिक राशिफल: २०८३

    • ८.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer