काठमाडौं । आज पाँचवटा प्रदेशमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ
Advertisement
विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीमा हल्का वर्षाको सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। र, भारतको उत्तरप्रदेशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि नेपाली आकाशमा देखिएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती, लुम्बिनी र गण्डकीका पहाडी भेगका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति कोशी, मधेश र वागमतीमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, मधेश, गण्डकी र वागमतीमा थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।




