• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

शिक्षकको आन्दोलनमा प्रहरीको ब्यापक दमन, शिक्षिकाको खुट्टा नै भांचियो, अन्य ७ जना शिक्षक घाइते


  •   बुधबार, असोज १०, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) र राहत शिक्षकको संयुक्त आन्दोलनमा बुधबार नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    Advertisement

    शिक्षक आन्दोलनका क्रममा पर्साका ठोरी गाउँपालिका शिक्षिका संजिता खत्रीको खुट्टा प्रहरीको बुटले कुचिएर भाँचिएको र अन्य ७ जना शिक्षक घाइते भएको खबर छ ।

    “राहत, पेन्सन बन्चित लगायत शिक्षकहरूको यत्रो आन्दोलन भइरहँदा संवादको पहलै नगरी राहतको विरोध महासंघसँग हो भन्दै सरकारले उल्टो दमन गर्ने रवैया देखाउन थालेको छ । शिक्षक-शिक्षकका फरक-फरक समूहबिच पनि द्वन्द्व बढ्ला भन्ने पीर भो । विद्यार्थीहरू पनि सहज सिकाइबाट बन्चित भए । शिक्षकका लागि नयाँ जनशक्ति त तिमीहरूको विधेयकले आकर्षित गर्न सकेन नै भएकालाई गर्न दे सरकार !”,भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।

    विभिन्न माग राख्दै ६ दिनदेखि माइतीघर मण्डला-नयाँ बानेश्वर सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई प्रहरीले हस्ताक्षेप गरेको हो । शिक्षकले बल गरेर निषेधित क्षेत्र तोडेर संघीय संसद् भवनतर्फ जान खोजेपछि प्रहरीले रोकेको हो । प्रहरीले रोकेपछि शिक्षकले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजी गरे ।

    संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन माग गर्दै ईसीडी र राहत शिक्षक आन्दोलित भएका हुन् ।

    ईसीडी शिक्षकले बालविकास केन्द्रलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह (१–५) शिक्षक सरह तलब हुनुपर्ने र आन्तरिक प्रतिस्पर्धामा फेल हुने शिक्षकलाई अनुदान दिएर बिदा गर्नुपर्ने माग राखेका छन् ।

    राहत शिक्षक केन्द्रीय समितिले भने राहत शिक्षकको ४० हजार दरबन्दीमा हाल राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन दिनुपर्ने माग राखेका छन् ।

    शिक्षा विधेयकमा ‘राहत शिक्षक अनुदान कोटा दरबन्दीमा कायम भएपछि हुने विज्ञापनमा राहत तथा विशेष शिक्षामा कार्यरतलाई उमेर हद नलाग्ने, दरबन्दी कायम भएको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा ५० प्रतिशत कार्यरत मध्येबाट पदपूर्ति हुने व्यवस्था छ ।

    सरकार र शिक्षक महासंघबीच भएको सहमतिले आफूहरूको माग सम्बोधन नभएको राहत र ईसीडी शिक्षकको भनाइ छ ।

    बुधबार, असोज १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer