काठमाडौं । आज ४ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Advertisement
विभागका अनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगका थोरै तथा र बाँकी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भेगका थोरै र बाँकी क्षेत्रको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र मधेशसहित देशका पहाडी भेगका थोरै तथा बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।




