काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी २०८० को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ।
Advertisement
आमरूपमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो ।
उहाँले पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी गरिएको हो । प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पुराउने लक्ष्य राखेको बताउनुभयो । यस प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, दर्शन, इतिहास, सामाजिक शास्त्र, कला र विज्ञानलगायतका पुस्तकहरू राखिएको छ । यस पुस्तक प्रदर्शनीमा शब्दकोश बाहेकका सम्पूर्ण पुस्तक ४० प्रतिशत छुटमा बिक्री गर्ने व्यवस्था गरिएको छ ।




