• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

स्थानिय सरकार, मलम हैन पिडा दिन्छ शिक्षकलाई


  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
  • काठमाडौं । स्थानिय सरकार, स्थानिय स्तरका आबश्यकता बुझ्न सक्छ र समाधानको सहि उपाय दिन्छ भन्ने आशयका साथ विद्यालयलाई स्थानिय सरकार मातहतमा राखियो संबिधानमा।

    Advertisement

    तर क्यान्सर लागेको रोगी राजनीतिले चलाएको प्रशासनमा स्थानिय स्तरका आबश्यकता बुझेर काम सहज गरिदिने भन्दा पनि झन्झट, दुख र पिडा दिने गरिन्छ सेवा ग्राहीलाई । हो यस्तै उदाहरण बनेका छन्, शिक्षक ब्रहमदेव पासवान ।

    शिक्षक ब्रहमदेव पासवान

    पासवान, जसले आफुले अध्ययन गरेको बिद्यालय बाराको सिमरामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा २०३९ साल देखी करिब ४१ बर्ष प्रावि शिक्षकको रूपमा काम गर्दै आईरहनुभएको छ , अबको २ बर्ष पछि उहाँ उमेरहदका कारण अवकाश हुनुहुनेछ ।
    आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमायो, आफुले ४१ बर्ष बिताएको ठाउ, अबको २ वर्ष बाकि जागिर जिवन, आर्थिक रूपले कमजोर रहेकाले उहा चुपचाप जहा सरूवा गरेको हो त्यही जानुभयो तर त्यहां उहाँलाई हाजिर गर्न दिईएन, उहाले यस बिषयमा उपमहानगरपालिकामा निबेदन पनि दिनुभयो तर कुनै सुनुवाइ भएको छैन, बिगत एक महिनादेखि उहाले हाजिर गर्ने ठाउँ पाउनु भएन, आफ्नो बिद्यालयले रमाना दियो,उहाका ठाउमा अर्कोलाई नियुक्त गरियो, जहा पठाएको त्यहा हाजिर गर्न नदिएपछि दशैको मुखमा तलब आउने नआउने कुनै ठेगान छैन, एक छोरा गुमाईसकेका उहा शारीरिक रूपमा केहि कमजोर हुनुहुन्छ, आज सम्म कुनै दल,एउटा शिक्षक जसले ४१ वर्ष जुन बिद्यालयमा सेवा गर्यो अबको बाकि २ वर्ष त्यहि सेवा गर्न दिदा के शिक्षाको गुणस्तर बिग्रिने हो? तिमीहरूका झोला बोक्नेलाई घरपायक बिद्यालय दिदा यी सिधासोझा शिक्षक जागिर जोगाउनैका लागी दुखकष्ट सहनुपर्ने हो? जसले तिमीहरूलाई कखरा चिनायो, जसले गणितका जोड घटाउ सिकायो आज त्यहि शिक्षक तिम्रा राजनिति जोड घटाउको शिकार हुन पर्ने? गरिब,निमुखाका लागी राजनिति गर्छौ, पद न त कुनै नेता, न कुनै व्यक्ति कसैको झोला नबोकेका एक सिधासोझा शिक्षक जसले पढाएका धेरै बिद्यार्थी आज कोहि उच्च पदमा छन्, कोहि नेता भएका छन्,कोहि जनप्रतिनिधि भएका छन्,कोहि सोहि बिद्यालयमा सहकर्मी भएका छन्, कोहि सोहि बिद्यालयका व्यवस्थापन समितिमा छन् तर उहाको समस्याको समाधान गरिदिने मान्छे उहाले भेट्नुभएको छैन, उहाको समस्या समाधान पनि भएको छैन, आजभोली उहा कहिले उपमहानगर को कार्यालय त कहिले आफ्नो पिडामा बोलिदिने कोहि भेटिएलान् कि भनेर चोकचौतारा धाउदै हुनुहुन्छ, उहाका बारेमा सबै थाहा भएर पनि थाहा नभए झै गरेर बसेका छन् सम्बन्धित निकाय ।

    भर्खर सकिएको शिक्षक आन्दोलनले, देशभरी रहनु भएका गुरुहरुका यि र यस्तै पिडाहरुमा मलम लगाउने आंट गरोस् र शिक्षकका संघ, संस्थाहरु पासवान जस्तै गुरुहरुका असल साथी बन्न सकोस् शुभकामना फेरि पनि यहांहरुलाई ।

    शनिबार, असोज १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer