काठमाडौम । विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ ।
महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको छ । राहत दरबन्दीमा रहेका ४१ हजार ३ सय ४४ शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व करिब १५ अर्ब १५ करोड रहने छ ।
यि शिर्षकमा खर्च यती
४१ हजार ३ सय ४४ स्थायी दरबन्दिका शिक्षकको तलब
२७ हजार ८ सय ९० बिद्यालय सहयोगी
३० हजार ४ सय ८८ बालबिकास केन्द्र सहयोगी
५ सय शिक्षक आन्दोलनमा घाईते र द्दन्द पिडीत
७ हजार १ सय ७८ बिद्यालय कर्मचारी
३ सय ३८ शिक्षक प्रक्षम बाट बिशिष्टमा बढुवा कति छन् राहत शिक्षक:
राहत शिक्षक जम्मा
२१ हजार २ सय १५ प्रावि शिक्षक,
९ हजार ४ सय ३४ निमावि,
६ हजार ७ सय ५१ जना मावि
३ हजार ९ सय ४४ जना साबिक उमावि





