• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

स्थानीय तह: जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग खारेज गर


  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । गाउँपालिका महासंघ र नगरपालिका संघले विद्यालय शिक्षा विधेयकबाट जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग पुनःस्थापना गर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन् । उनीहरूले विधेयकमा संशोधन गर्नुपर्ने बुँदाहरू सांसदलाई बुझाएका हुन् ।

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल, राजनीतिक दलका शीर्ष नेतृत्वलाई समेत संशोधनका बुँदा बुझाउने नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए । ‘नाम फेरेर शिक्षा विकास तथा समन्वय इकाई राखिएको छ, फेरि शिक्षा कार्यालय राख्ने कुरा स्थानीय तहलाई स्वीकार छैन,’ उनले भने ।

    शिक्षा विभागको काम शिक्षा मन्त्रालयकै महाशाखाबाट गर्न सकिने र शिक्षा कार्यालयको काम स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने भएकाले थप संरचना नचाहिने संघ, महासंघको ठहर छ । ‘विद्यालय शिक्षासम्बन्धी विधेयक’ भन्ने वाक्यलाई संशोधन गरी ‘विद्यालय शिक्षाको मापदण्डसम्बन्धी विधेयक’ कायम गर्नुपर्ने पनि माग राखिएको छ । केन्द्रले विद्यालय शिक्षाको हकमा राष्ट्रिय मापदण्ड मात्र लागू गर्न सक्ने पालिकाको जनप्रतिनिधिको भनाइ छ । सामुदायिक, निजी वा गुठी विद्यालय स्थापना, सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहबाटै हुनुपर्ने र विद्यालयको लेखा परीक्षण स्थानीय कानुन बमोजिम हुने गरी विधेयक संशोधन गर्न भनिएको छ । साथै, नगरपालिका, गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिको नयाँ व्यवस्था प्रस्ताव गरेका छन् । विधेयकमा जिल्ला शिक्षा अधिकारी, प्रशासकिय प्रमुख र शिक्षाविद् रहेको छनोट समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गर्ने भनिएको छ ।

    शिक्षा मन्त्रीको अध्यक्षता रहने राष्ट्रिय पाठ्यक्रम परिषद्मा प्रदेश शिक्षा मन्त्रालयका सचिव र स्थानीय तहका जनप्रतिनिधिको प्रतिनिधित्व गराउने व्यवस्था थप गर्नुपर्ने माग राखिएको छ । पाठ्यक्रम विकास केन्द्र रहने व्यवस्था विधेयकबाट हटाएर परिषद्लाई नै उक्त काम दिनुपर्ने सुझाव दिइएको छ । विधेयकमा एसईई परीक्षा खारेज हुनुपर्ने व्यवस्था गरिएको छ । तर नगरपालिका, गाउँपालिकाले कक्षा १० को परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन गर्नुपर्ने मत राखेका छन् । स्थानीय तहले प्रारम्भिक बाल विकासका शिक्षकको पनि दरबन्दी कायम गरिनुपर्ने माग राखेको छ । जनप्रतिनिधिले कक्षा ८ को परीक्षामा ५० प्रतिशतभन्दा कम विद्यार्थी ननग्रेडिङमा परे विषय शिक्षकलाई एक लाख जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने र अध्यापन गराउन लाइसेन्स अनिवार्यको व्यवस्था गर्न विधेयक संशोधन गर्नुपर्ने सुझाव दिइएको छ ।

    स्थानिय सरकार, स्थानिय स्तरका आबश्यकता बुझ्न सक्छ र समाधानको सहि उपाय दिन्छ भन्ने आशयका साथ विद्यालयलाई स्थानिय सरकार मातहतमा राखियो संबिधानमा। तर ब्यबहार ठिक उल्टो भईरहेको छ । भर्खरै सम्पन्न शिक्षक आन्दोलनले शिक्षालाई स्थानिय सरकारको मातहतमा हुनुहुदैन भन्ने माग राखेको छ ।

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer