काठमााडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । आममाफीविरुद्ध उनले दायर गरेको रिटको सर्वोच्चमा आज पहिलो पेशी थियो ।
Advertisement
तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । भारतीलाई उपचारका लागि अस्पताल लगिएको सर्वोच्च स्रोतले जनाएको छ ।
न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले माइतीघरमा रिले अनसन थालेकी छन् । उनी आज २ घण्टा अनसन बसेकी थिइन् ।
यि र यस्तै अपराधीक गतिबीधिलाई सरकारले राजनीतिक रंग दिएर आममाफि दिने गरेकोमा सर्बत्र बिरोध हुने गरेको छ । जसले गर्दा राष्ट्रपति रामचन्द्र पौडेल नैतिक संकटमा परेका छन् ।




