• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

शिक्षकलाई स्नातक तह उत्तिर्ण हुनुपर्ने व्यवस्था संशोधन गर्न माग: राष्ट्रिय संघर्ष समिति


  •   बुधबार, असोज १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । शिक्षक हुन स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बुँदा विद्यालय शिक्षा विधेयकबाट हटाउन माग गरिएको छ । ४० वर्ष उमेरहद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न माग गरेको हो ।

    Advertisement

    विधेयकमा शिक्षक महासंघ, पेशागत संघ संगठनहरूले उठान गरेका मागहरूमा ४० वर्ष उमेर हद र प्लस टु सहित शैक्षिक योग्यताका लगायतका विषय उठान गरेको भन्दै ती मागहरू संशोधन गर्न भनिएको हो ।

    विधेयकको दफा ५० (ख) मा आधारभूत तहको शिक्षकको हकमा जुनसुकै विषयमा स्नातक तह तथा विषयगत शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको शिक्षकको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने भन्ने छ । संघर्ष समितिले उक्त दफामा आधारभूत तर्फ कक्षा १ देखि ५ सम्मका लागि न्यूनतम प्लस टु पास गरेको हुनुपर्ने गरी संशोधन गर्न माग गरेको छ ।

    त्यस्तै कक्षा १ देखि ८ सम्म विषयगत न्युनमत प्लस टु पास, कक्षा ९ र १० को हममा न्यूनतम स्नातक र कक्षा ९ देखि १२ सम्मको हकमा विषयगत न्यूनमत स्नातकोत्तर तह पास गरेको भनि शैक्षिक योग्यता तोक्नुपर्ने माग गरेको हो । त्यस्तै दफा ५० (घ) मा रहेको शिक्षक हुन २१ वर्ष पुरा भई ३५ वर्ष पुरा नभएको भन्ने छ । संघर्ष समितिले उक्त बुँदा संशोधन गरेर शिक्षक बन्न उमेर हद १८ वर्ष पुरा भई ४० वर्ष पुरा नभएको हुनुपर्ने गरी संशोधन गर्न माग गरेको हो । त्यस्तै एसईई राष्ट्रिय परीक्षा बोर्डबाटै हुने साविककै व्यवस्था गर्न समेत माग गरेको छ ।

    त्यस्तै माध्यमिक विद्यालयको प्रअको हकमा सम्बन्धित स्थानीय तहभित्र मावि तहमा पढाउने शिक्षकमध्येबाट एक जनालाई सीईओको रूपम खुला प्रतिस्पर्धाबाट गराउनुपर्ने माग छ । सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई छोराछोरीलाई अनिवार्य रूपमा आफुले पढाउने विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्न समेत माग गरेको छ ।

    सरकारी कर्मचारीका छोराछोरीले समेत सामुदायिक विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्न माग गरेको छ । कुनै पनि बोर्ड परीक्षामा आफुले अध्यापन गराएको विषयमा ६० प्रतिशत विद्यार्थी लगातार ३ वर्षसम्म अनुत्तिर्ण भएमा त्यस्तो शिक्षकलाई कारबाही गर्ने प्रावधान राख्न समेत समितिले माग गरेको छ । यी मागहरू अनुसार संशोधन नगरिएको खण्डमा कडा संघर्षमा जाने समिति प्रचार विभाग प्रमुख भक्तबहादुर बुढाले चेतावनी दिए ।

    बुधबार, असोज १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer