• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खाना समयमा खाने कि भोक लागेपछि खाने ? यस्तो छ भोजनको नियम


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • काठमाडौं । हाम्रो मान्यता के छ भने, जब भोक लाग्छ, तब खानुपर्छ । कतिले चाहिं समय तालिका अनुसार खाइरहेका हुन्छन् । भोक लागेपनि, वा नलागे पनि । कुन तरिका सही हो त ? कुरा सामान्य छ, हामी बाँच्नका लागि खान्छौं ।

    Advertisement

    स्वस्थ्य हुनका लागि खाना खान्छौं । अर्थात खानाले हामीलाई स्वस्थ्य जीवन बाच्न सहयोग गर्छ । तर, कस्तो खानाले ? कतिबेला खाँदा ? कसरी खाँदा ?

    सुन्दा सामान्य लाग्छ, तर खाना मात्र भएर पुग्दैन । खाने तरिका पनि जान्नुपर्छ । विधीपूर्वक सेवन गरिएको खानेकुराले शरीरमा यथेष्ठ पोषण दिन्छ ।

    भोक लागेपछि खानुका फाइदा

    १. शरीरको आवश्यकता पुरा हुन्छ

    जब भोक लाग्छ, दिमागले राम्ररी काम गर्न सक्दैन । त्यसैले भोक लागेपछि खानु राम्रो हुन्छ किनकी यसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

    २. शरीरले पौष्टिक तत्वलाई राम्ररी ग्रहण गर्छ

    भोक लाग्दा सन्तुलित भोजन लिइयो भने त्यसमा रहेको भिटामिन, मिनरल्स, फाइबर र फ्याट सजिलै शरीरमा अवशोषित हुन्छन् र उर्जा प्राप्त हुन्छ ।

    भोक लागेपछि मात्र खाँदाका बेफाइदा

    १. सही पोषकतत्व प्राप्त गर्न सकिन्न

    जब भोक लाग्छ, त्यतिबेला यो सोचिदैन कि के खानु सही र के खानु गलत हुन्छ । जे भेट्यो त्यही खाने गरिन्छ । यसले गर्दा कहिलेकाहीँ अस्वस्थकर कुराहरु पनि पेटमा पर्छ । र, सही पौष्टिक तत्व प्राप्त हुँदैन ।

    २. आवश्यकताभन्दा बढि खाइन्छ

    धेरै भोक लागेको बेला दायाँबायाँ नहेरी अघाउन्जेल खाने गरिन्छ । यसरी खाँदा कहिलेकाहीँ आवश्यकताभन्दा बढि खाइन्छ । यो बानीले स्वास्थ्यमा धेरै समस्याहरु निम्त्याउन सक्छ ।

    समयमा खाँदाका फाइदा

    १. सेड्यूलमा चल्न शरीर अभ्यस्त हुन्छ

    नियमित समयमा सही चीज खाँदा आवश्यकताभन्दा बढि खाइदैन, जसले गर्दा पाचन तन्त्रमा धेरै दवाव पर्दैन र स्वस्थ रहन सकिन्छ ।

    २. एसिडिटी र थकान हुँदैन

    नियमित एउटै समयमा खाने गरिएको छैन भने पेटसँग जोडिएका धेरै समस्याहरु उत्पन्न हुन सक्ने सम्भावना बढ्छ । त्यसैले समयमा खाँदा थकान र पेटको समस्या हुँदैन । जसले गर्दा शरीरमा उर्जा प्राप्त हुन्छ ।

    ३. शरीरलाई खाना सोस्न समय प्राप्त हुन्छ

    आफ्नो समयमा खानुहुन्छ भने शरीरुलाई खानामा रहेका पोषकतत्वहरु सही ढंगले अवशोषण गर्ने समय प्राप्त हुन्छ । यसले गर्दा शरीर स्वस्थ रहन्छ ।

    टाइममा खाँदाका बेफाइदा

    १. भोक मर्छ

    कहिलेकाहीँ खाने समयभन्दा अगाडि नै भोक लाग्न सक्छ । यस्तोमा यदि आफ्नो समयमा खान्छु भनेर पर्खियौं भने भोक मरिसक्छ । यसले गर्दा पेटमा विभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

    २. खाना नाश हुन्छ

    कहिलेकाहीँ खाने टाइममा पनि भोक लागेको हुँदैन । यस्तो बेलामा जबरजस्ती खाँदा खाना रुच्दैन । यसले एकातिर खाना नाश हुन्छ भने अर्कोतिर शरीरले आवश्यक पौष्टिक तत्व प्राप्त गर्न सक्दैन ।

    ३. चाँडै थकान हुन्छ

    कहिलेकाहीँ हल्का खाना खाने हो भने जुन चाँडै नै पच्छ र फेरि भोक लाग्छ । तर, खानको लागि नियमित समयको प्रतिक्षा गरिन्छ । यस्तोमा कमजोरी र थकान हुन्छ । जसले गर्दा आफ्नो काममा ध्यान केन्द्रित गर्न सकिदैन ।

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer