नुवाकोट । बेलकोटगढी नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीकाे तलब थप गरेको छ ।
शिक्षा शाखाका स्रोत व्यक्ति बद्री शर्माका अनुसार संघीय सरकारले उपलब्ध गराउँदै आएको १० हजार रुपैयाँमा ७ हजार थप गरी नगरका ६६ जना बालविकास शिक्षकलाई मासिक १७ हजार तलब दिइएको छ ।
उनले विद्यालय कर्मचारीलाई पनि संघीय सरकारले उपलब्ध गराउने ८ हजार तलबमा नगरपालिकाले थप गरेर उपलब्ध गराउने गरेको जानकारी दिए ।
त्यसैगरी नगरपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि पुरस्कृत गर्दै आएको छ ।
Advertisement




