• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरुले दिए राजीनामा


  •   शनिबार, असोज २०, २०८० मा प्रकाशित
  • काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् ।

    Advertisement

    बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो ।

    सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस प्रमुख रेग्मीमार्फत इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएका निमित्त क्याम्पस प्रमुख रेग्मीले बताए ।

    ‘हामी सामूहिक रुपमा छलफल गर्दा अहिलेको अवस्थामा हामी काम गर्न सक्दैनौं भन्ने निष्कर्ष निकालेर राजीनामा बुझाएका हौं’, उनले भने ।

    इन्जिनियरिङ अध्ययन संस्थानका डिन र सहायक डिनहरुलाई सत्तारुढ दलका विद्यार्थी प्रतिनिधिले दबाबमा पारेर पुरानै शुल्कमा इन्जिनियरिङको स्नातक तह अध्ययन गराउन प्रवेश परीक्षा सञ्चालनको सूचना जारी गर्न लगाएको प्राध्यापकहरुले बताएका छन् ।

    बुधबार जारी सूचनामा यस्ता क्रियाकलापले इन्जिनियरिङ अध्ययन संस्थानको भविष्यमाथि नै संकट पर्ने ठहर गर्दै अब हुने वार्ताको औचित्य समाप्त भएकाले राजीनामा दिने निर्णउ भएको उल्लेख छ ।

    इन्जिनियरिङ अध्ययन संस्थानले तीन लाख १८ हजार रहेको इन्जिनियरिङको स्नातह तह अध्ययनको शुल्क यो वर्षदेखि बढाएर ७ बढाएर लाख ७५ हजार पु¥याएपछि विवाद सुरु भएको थियो ।

    तर त्रिवि र विद्यार्थी संगठनहरुको वार्तामा बढेको शुल्क फिर्ता गर्ने र शुल्क निर्धारण गर्न समिति गठन गर्ने सहमति भएको थियो ।

    समितिले इन्जिनियरिङ अध्ययनका लागि ५ लाख ५४ हजार नयाँ शुल्क सिफारिस गरेको थियो । तर समितिले सिफारिस गरेको शुल्क कायम गर्न विद्यार्थी संगठनहरु तयार नभएपछि डिन कार्यालयले नयाँ शुल्क निर्णय गर्न सकेन ।

    तर सोमबार राति एकाएक पुरानै शुल्क (तीन लाख १८ हजार) अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने उल्लेख भएको इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीको हस्ताक्षरसहितको विज्ञप्ति जारी भएको थियो ।

    पुलचोक क्याम्पसका विभागीय प्रमुखहरु, उपप्रमुखहरु, स्नातकोत्तर कार्यक्रम संयोजक, सहायक क्याम्पस प्रमुखहरुले सामूहिक राजीनामा दिएका हुन् ।

    अप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ विभाग प्रमुख तथा प्राध्यापक संघका अध्यक्ष प्रा.डा.हेमराज पन्तले सरकारले अनुदान नबढाउने र विद्यार्थी पनि शुल्क बढाउन नमानेपछि कसरी क्याम्पस चलाउने भन्ने प्रश्न उठेको बताए ।

    शनिबार, असोज २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer