अन्तरास्ट्रिय । इजरायलमा हमासले गरेको आक्रमणमा परि १० जना नेपाली मारिएको राजदुतावासद्वारा पुष्टि भएको छ । उनीहरूको कब्जामा रहेका अन्य नेपालीको सकुसल रिहाईको लागि दुतावासले पहल गरिरहेको जनाएको छ । यसमा नेपाल सरकारले तत्काल ध्यान दिनुपर्ने आवाज सामाजिक संजालमा ब्यापक उठेको छ ।
मृतकहरुमा:
नारायण प्रसाद न्यौपाने, कैलाली
आशिस चौधरी, कैलाली
गणेश कुमार नेपाली, बझाङग
दिपेश राज बिष्ट, दार्चुला
आनन्द शाह, धनुषा
राजेश कुमार स्वर्णकार, सुनसरी
राजन फुलारा, डोटी
पदम थापा, डोटी
प्रबेश भण्डारी, सल्यान
लोकेन्द्र सिं धामी, दार्चुला
यसैबिच केहि समय अगाडी, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट कृषि कार्य अध्ययन कार्यक्रम मार्फत इजरायल गएका विद्यार्थी हालसम्म सुरक्षित रहेको विश्वविद्यालयले जानकारी दिएको छ ।
कृषि विश्वविद्यालय रजिष्ट्रारको कार्यालय रामपुरले आज एक विज्ञप्ती जारी गर्दै यहाँबाट सन् २०२२ र २०२३ मा गएका सम्पूर्ण विद्यार्थी सकुसल रहेको जानकारी गराएको हो । शनिबारदेखि इजरायलमा आतंकारी हमला भइरहेको छ ।





