• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ०४, २०८३
☰
बिहिबार, असार ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. मासिक राशिफल: असार २०८३

  • ५. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इजरायलबाट एक नेपाली युवकको चित्कार- ‘म मरें भने आमाको उपचार गरिदिनू’


  •   सोमबार, असोज २२, २०८० मा प्रकाशित
  • इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परी घाइते भएका एक नेपालीको कारुणिक भिडियो बाहिर आएको छ ।

    Advertisement

    घाइते अवस्थामा देखिएका ती नेपालीले आफ्नो मृत्यु भएमा आमाको औषधोपचार गरिदिन भनेर आग्रह गरेका छन् ।

    नौ सेकेन्ड लामो भिडियोमा उनले अँध्यारो कोठाबाट सन्देश प्रवाह गरेको देखिन्छ । भिडियोमा उनले भनेका छन्, ‘म इजरायलमा मरें भने मेरो घरमा आमाको औषधि गर्दिनू है दाइ तपाईंले ।’
    ‘उनी सुदूरपश्चिमबाट यहाँ आएका विद्यार्थी हुन्,’ लोकान्तरलाई भिडियो समेत उपलब्ध गराउँदै तेलअभिवमा रहेका रमेश जोशीले भने, ‘उनले यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट मलाई पठाएका हुन् ।’

    प्रवासी नेपाली मञ्च इजरायलका सचिव समेत रहेका उनले बिहानैदेखि इजरायल अशान्त रहेको बताए ।

    पुरानो राजधानी तेलअभिवमा मिसाइल डोम प्रहार भएको छ, तर डोम भूइँमा झरेको छैन । इजरायलको एन्टी डोम प्रतिरक्षा प्रणालीले ती डोमलाई रोकिरहेको छ ।

    ‘मिसाइल आक्रमण भएलगतै यहाँ साइरन बज्छ, हामी दौडिँदै बंकरमा छिर्छौं, त्यसरी आक्रमण हुँदा पूरै धर्ती हल्लिन्छ,’ उनले भने ।

    यता हमासले हवाई आक्रमणसंगै स्थल आक्रमणलाई पनि उत्तिकै प्राथमिकता दिएको छ, जसका कारण इजरायल र प्यालेस्टाइनको विवादित क्षेत्र गाजापट्टीमा धेरैले ज्यान गुमाएका छन् । ठूलो संख्यामा नागरिक अंगभंग भएको इजरायली समाचार संस्थाहरूले बताएका छन् ।

    स्थलमार्गबाट आएका आक्रमणकारीको आक्रमणमा ९ नेपाली विद्यार्थी घाइते भएको र २ को अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सुदूरपश्चिमको कैलाली घर भएका जोशीले अगाडि भने, ‘मैले धेरै दाजुभाइलाई सम्पर्कको कोशिश गरें, कतिजना त अहिले सम्पर्कमै आएका छैनन्, कतिले आफ्नो कठिनाइको भिडियो सन्देश पठाएका छन् ।’

    गाजापट्टीको नेगेभ क्षेत्रको नितिवोदमा गाई, कुखुरा, तरकारी उत्पादन हुने अलमिन किबुज फार्ममा काम गर्ने १७ नेपाली अहिले सम्पर्कमा नआएको जोशीको भनाइ छ ।

    नेपाली दूतावासमा पनि जानकारी गराएको र दूतावासका पदाधिकारीहरू पनि निस्किने अवस्थामा नरहेको जानकारी पाएको जोशीले बताए ।

    उनका अनुसार सो क्षेत्रमा सुदूरपश्चिम विश्व विद्यालयका ४९ जना विद्यार्थी सेदोत नेगेभ एग्रिकल्चर सेन्टरमार्फत पढाइ र काम गर्दै आएका छन् ।

    सोमबार, असोज २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल असार २ गते (१६

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: असार २०८३

    • ४.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer