काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीको शोक मनाउने निर्णय गरेको छ ।
Advertisement
त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ । बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।





