• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नवजात शिशु बिक्री प्रकरण : चिकित्सक कर्णसहित ३ जना पुर्पक्षका लागि थुनामा


  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
  • विराटनगर । नवजात शिशु निःसन्तान दम्पतीलाई मोटो रकममा बिक्री गरेको अभियोग लागेका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णसहित तीन जनालाई जिल्ला अदालत मोरङले बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । ६८ वर्षीय कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

    Advertisement

    न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डा. कर्णसहित शिशु खरिद गर्ने मोरङ कटहरी–२ आर्दशटोलका सूर्यनारायण राजवंशी र भोजपुर हतुवागढी–४ का गोविन्द राईलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

    त्यसैगरी उक्त कसुरमा प्रहरी नियन्त्रणमा रहेका कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा राजवंशी २ लाख, सिरहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र कटहरी २ की ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने इजलासले आदेश दिएको सुवेदीले जानकारी दिए । सुधा शिशु बिक्री भएको ग्रिनक्रस अस्पतालकी सफाइ कर्मचारी, निर्मला डा. कर्णकी सहयोगी र दिलमनी शिशु किन्ने सूर्यनारायणकी आमा हुन् ।

    मोरङ प्रहरीले ५५ दिन अगाडि डा.कर्णसहित ७ जनालाई नियन्त्रमा लिएर अनुसन्धान गरी गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा राय पेस गरेको थियो । सरकारी वकिल कार्यालयले गत आइतबार डा. कर्णसहित सबै अभियुक्तविरुद्ध संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।

    डा. कर्ण एक दशकदेखि शिशु बेचबिखनमा संलग्‍न
    डा.कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्शटोलका सूर्यनारायण राजवंशीको निसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएपछि प्रहरीले उनीसहित अपराधमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

    शिशु बेचबिखन प्रकरण : डा. कर्णविरुद्ध संगठित अपराधसहित तीन मुद्दा
    ग्रिनक्रस अस्पतालनजिक रहेको आफनो क्लिनिकमा उपचारका लागि आएकी अविवाहित युवतीलाई ग्रिनक्रस अस्पतालमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र नर्स निर्मला यादवमार्फत डा. कर्णले मोरङको कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको प्रहरीको अनुसन्धानले खुलेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । उनीहरूसँगै पक्राउ परेका ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवासलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको थियो ।

    डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टसमेत थिए । डा. कर्ण पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विषेशज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको थियो । एमबीबीएस एमडीजीपी गरेका डा.कर्णले ग्रिनक्रस अस्पतालनजिक रहेको आफ्नो निजी दीपेश मेडिकल क्लिनिकबाट गर्भवती महिलालाई विभिन्न निजी अस्पताल रिफर गरेर नवजात शिशु बिक्री गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

     

    बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer