काठमाडौं । सानो भर्याङ स्थित कामना ईन्टरनेशनल स्कुलले विद्यार्थी, शिक्षक शिक्षिकाहरु संग आज एक कार्यक्रम गरी दशै मनाएको छ। भोली देखि दशै बिदा शुरु हुने भएकोले दशैको पुर्वसन्ध्यामा बिद्यार्थी भाईबहिनीहरुसंग टिका जमरा सहित बिजया दशमीको शुभकामना आदान प्रदान गरेको हो ।
सानो भर्याङगमा अवस्थित यस क्षेत्रकै चर्चित कामना कलेजले समय र चाडपर्व अनुसार बिद्यार्थीहरुका लागी बिभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ। कार्यक्रममा कामना फाउन्डेसनका अध्यक्ष पदम प्रसाद भट्टराईको पनि उपस्थिती रहेको थियो भने कार्यक्रममा क्याम्पस प्रमुख महेश श्रेस्ठ र शैक्षिक निर्देशक लक्ष्मण पाण्डेको पनि उपस्थिती रहेको थियो ।
यस्तै गत असोज १५ गते प्रमुख अतिथी व्याकुल माईलाको उपस्थितीमा कलेजले राष्ट्रिय नाचघरमा कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ का बिद्यार्थीहरुका लागी बिदाई कार्यक्रम आयोजना गरेको थियो भने उक्त कार्यक्रम संचालन स्कुलका प्रिन्सिपल नवराज पाण्डेले गर्नु भएको थियो।





