• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शैक्षिक सुधारका लागि जलजलाद्वारा नमुना कार्य, सबै विद्यालयका शिक्षकहरु एकै ठाउमा भेला


  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
  • पर्वत । जलजला गाउँपालिकाले लिएको प्रथम त्रैमासीक परिक्षाको विस्तृत समिक्षा तथा विश्लेषण गरेको छ । गाउँपालिकाले बुधवार पालिकाभरीका शिक्षकहरुको उपस्थितीमा शिक्षक सरोकारवालाहरु सँग समिक्षा तथा विश्लेषण गरेको हो ।
    विद्यालयका प्रध्यानाध्यापक एवम् शिक्षकहरु उपस्थिती भएको कार्यक्रममा शिक्षकहरुले आ-आफ्नो विद्यालयले शिक्षा सुधारमा गरेका प्रयासवारे जानकारी गराउँदै विद्यमान समस्या चुनौती र भावि योजना बारेमा गहन छलफल गरेका थिए । गाउँपालिकाले लिएको त्रैमासिक परिक्षाको बिषयगत नतिजा सार्वजानिक गदै विद्यालय र शिक्षकहरुको योग्यता र क्षमताको विषयमा पनि बहश संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    जलजला गाउँपालिकाले विगत वर्षदेखिनै शिक्षालाई रुपान्तरण गर्न र शिक्षाको गुणस्तरलाई अव्वल बनाउनको लागि केही रचनात्मक कामहरुको सुरुवात गरेको र त्यही कार्यक्रमको शिलशिलामा पालिकाभरीका शिक्षकहरु सँग अन्तरक्रिया एवम् विश्लेषण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । उनले भने,‘गाउँपालिकाले त्रैमासिक, अर्धबार्षिक र बार्षिक परिक्षा संचालन गदै आएको छ । अन्य पालिकाले बर्षमा एक पटक परिक्षा लिने प्रचलन छ । तर, हामीले तिनवटै परिक्षा पालिकाले लिने र नतिजा प्रकाशन सँगै समिक्षात्मक कार्यक्रम गदै आएका छौँ ।

    यसले शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरीलाई उजागार गरेको छ ।,’ जलजला गाउँपालिकाले पालिका भित्र रहेका शिक्षकहरुलाई ३५ दिने आईसिटि तालिम संचालन गरेको र तालिमको नतिजा पनि सार्वजानिक भएकाले त्यस विषयमा पनि समिक्षा गरिएको अध्यक्ष आचार्यले बताए ।

    विगतमा प्रध्यानाध्यापकहरु सँग मात्र अन्तरक्रिया गदै आएको र हाल पालिका भित्रका सबै शिक्षकको उपस्थितीमा जलजलाको शैक्षिक अवस्थाका विषयमा छलफल भएको भएको छ उनले भने,‘जलजला गाउँपालिकाको शैक्षिक सुधारका लागि एकिकृत शैक्षिक क्यालेण्डर बनाएर भावी दिनमा शैक्षिक गतिविधीलाई अझै बढाएर लैजाने योजना छ ।,’ गाउँपालिकाका गतिविधीले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुमा सकरात्मक परिवर्तन देखिन थालेको उनको भनाई छ ।

    गाउँपालिकाले संचालन गरेको आईटिसी तालिममा पालिका भित्रका १६५ जना शिक्षकको सहभागीता रहेको थियो । समापन प्रश्चात उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ । तालिममा फर्से धाईरिङ माविका शिक्षक विनोद पौडेल पहिलो, अमर प्राविका शिक्षक हरिप्रसाद शर्मा दोस्रो, फर्से धाईरिङ माविका शिक्षक डिल्लीराम पौडेल तेस्रो र फर्से धाईरिङ माविका शिक्षक शारदा शर्मा सुवेदी सान्त्वना भएका छन् ।

    जलजला गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले, गाउँपालिकाका शिक्षा सल्लाहकार बद्रि दाहलले गाउँपालिकाको आगामी शैक्षीक गुणस्तर अभिवृद्धि बारे विस्तृत छलफल गरी शैक्षिक क्षेत्रलाई अझै कसरी बलियो बनाउदै लैजान सकिन्छ भन्ने विषयमा प्रस्तुती दिनुभएको

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer