• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
☰
शुक्रबार, जेठ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. मासिक राशिफल: जेठ, २०८३

संविधानको प्रति छापेर सबैको घरमा ६ महिना भित्र उपलब्ध गराउन सर्वोच्चको आदेश


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • काठमाडौँ । सर्वोच्च अदालतले नेपालको संविधानको प्रति छापेर प्रत्येक घरबास वा धुरीमा उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ ।

    Advertisement

    अधिवक्ता विकास भट्टराईको रिटमाथि भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सरकारलाई ५ बुँदे आदेशमार्फत संविधानको कपी जनताको घरमा पुर्‍याउन भनेको हो ।

    न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ बुधवारमा सर्वोच्चको वेबसाइटमा राखिएको छ । फैसला लेखनमा निपुण मानिने न्यायाधीश फुयाँलले लेखेको पूर्णपाठमा माथेमाले सहमति जनाएकी छन् ।

    अदालतले न्यूनतम रूपमा प्रत्येक घरमा सानो आकारमा र न्यूनतम खर्चमा छापिएको संविधानको प्रति राज्यले उपलब्ध गराउन सक्ने अवस्था रहेको भन्दै निःशुल्क संविधानको किताब बाँड्न नसकिने सरकारको जिकिरलाई खारेज गरिदिएको छ ।

    अदालतले संविधानभित्र रहेका अन्तरवस्तुहरु नागरिकलाई विभिन्न माध्यमहरूबाट जानकारी गराउनु राज्यको कर्तव्यभित्रको विषय रहेकोसमेत स्मरण गराएको छ । अदालतले संविधानको किताबको मूल्य निर्धारण भई नियमित रूपमा बिक्री वितरणमा रहेको संविधानको प्रतिको मूल्य भने बदर गर्न नपर्ने भनेको छ ।

    सर्वोच्चको फैसलामा नेपालको पछिल्लो जनगणनाका आधारमा, स्थानीय तहको सहायतामा सरकारले कानून किताब व्यवस्था समितिमार्फत प्रत्येक प्रदेशमा सजिलो र कम खर्चिलो हुने, पकेटमा राख्न मिल्ने सानो आकारमा संविधानको प्रति छपाइ गरी प्रत्येक घरबास वा धुरीमा उपलब्ध गराउनू भनिएको छ ।

    यसका साथै सजिलो डाउनलोड गर्न मिल्नेगरी सञ्चार तथा कानून मन्त्रालयको वेबसाइटमा राखी त्यसको जानकारी सर्वसाधारणलाई गराउनसमेत आदेश दिइएको छ । आदेश प्राप्त भएको ६ महिनामा कार्यान्वयन गरी सर्वोच्चका मुद्दा महाशाखा प्रमुख तथा प्रवक्तालाई प्रतिवेदन पेश गर्नसमेत कानून मन्त्रालयका नाममा आदेश जारी भएको छ ।

    फैसलामा संविधानको प्रतिमा जनताको पहुँचबारे अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनहरूको समेत व्याख्या गरिएको छ ।

    http://aadesh-spr.pdf

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: जेठ, २०८३
    आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख २६ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख २७ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • ४.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ६.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो

    भर्खरै

    • १.
      मासिक राशिफल: जेठ, २०८३

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख २७ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख २६ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख २५ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer