काठमाडौं । शनिबार अनवरत तत्पर फौज (एटिएफ) लगायत राजावादी समूहले राजसंस्था पुनः स्थापनाको निमित्त मोटरसाइकल र्याली गरेका हुन् ।
Advertisement
उनीहरुले अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्न सक्ने बताए । उनीहरुले राजसंस्था अहिलेको अपरिहार्य भएको भन्दै देशमा राजसंस्था पुनः स्थापना हुनुपर्ने माग गरे ।
अहिले राष्ट्रिय हित, शान्ति, समुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमशः कमजोर बन्दै गएकाले राजसंस्था पुनः स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ ।





