काठमाडौं । केहि समय अगाडी ४ सय ३५ रुपैंयामा प्रिमियम शेयर निस्काशन गरेको घोराही सिमेन्ट बिहिवार ४ सय ३० रुपैंयाको न्युनतम बिन्दुमा कारोवार भएको थियो भने बजार बन्द हुने बेला कम्पनीकाे शेयर मूल्य ४३४।४० कायम थियो । प्रिमियममा शेयर निष्काशन गरेको घोराही सिमेन्टको कारोबार आईपीओ मूल्य भन्दा पनि तल आएको छ । कम्पनीले ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गरेको थियो । बिहीबार ४ सय ३९ रुपैयाँमा घोराही सिमेन्टको कारोबार खुलेको थियो भने दिनभरिमा ४ सय ४३ रुपैयाँ उच्च विन्दु र न्यूनतम ४ सय ३० रुपैयाँको न्यूनतम विन्दुमा कारोबार भएको थियाे । बजार बन्द हुने बेला कम्पनीकाे शेयर मूल्य ४३४।४० पैसा पुग्याे । बिहीबार ११ सय ९१ कारोबारमा ४४ हजार १ सय ४८ कित्ता शेयरको १ करोड ९२ लाख ६५ हजार ६ सय ९१ रुपैयाँ ४० पैसा बराबरको घोरोही सिमेन्टको शेयर कारोबार हाे ।
यो एउटा प्रतिनीधी गटना मात्रै हो, अध्ययन गरेमा यस्ता घटना अरु थुप्रै भेट्न सकिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल व्यापारीहरुको भेलामा मुलुकको अर्थतन्त्र गम्भीर संकटमा गएकोले निर्मम ढंगले सुधारका नीति लागू गर्ने बताउदै गर्दा उद्योग वाणिज्य संघका नेता सरकारी संयन्त्रले मुलुक डुवाएको आरोप लगाउँदै थिए ।
तर, राजनीतिकर्मी र ठूला व्यापारीको मिलेमतोमा सर्वसाधारण जनता कसरी पिल्सिएका छन् र उनीहरुको खल्ती कसरी रित्याइँदै छ भन्नेबारे भने बोलिदिने कोही भएको छैन । अहिले यी दुई शक्तिहरुले जनतालाई लुट्ने अभियानको वैधानिक साधन भने आईपीओ (इनिसियल पब्लिक अफरिङ्ग) भएको छ ।
सरकारको नियन्त्रण, संरक्षणमा रहेको धितोपत्र बोर्डले व्यवसाय डुबिसकेका, डुब्न लागेका र भविष्यको उक्सने सम्भावना ज्यादै न्यून भएका पहुँचवाला व्यापारीहरुको कम्पनीहरुलाई आईपीओ खुल्न अनुमति दिएको, दिने तयारी गरेको र कतिपयसँग लेनदेनको बार्गेनिङसमेत गरेका कारण जनताको खल्तीको फेरि अर्बौं रकम राजनीतिकर्मी, भ्रष्ट कर्मचारी र ठूला व्यापारीको पोल्टामा पुग्ने र जनतको खल्ती भने टाट पल्टिने डरलाग्दो अवस्था आइलागेको छ ।
समयमा नै ख्याल गर्नु पर्ने यो कुरा प्रधानमन्त्री र सरकारले वास्ता गरेको छैन बरु ध्यान अन्ततिर मोडेर जनता सिध्याउने खेललाई जारी राखेको छ ।
नेपालको अर्थतन्त्रमा सहकारीहरु टाट पल्टिँदा सहकारी संचालकहरु रकम बोकेर फरार भए । धनीलाई कुनै फरक परेन तर जनताको सानो सानो बचत रकम सबै रित्तियो । सहकारीलाई रेगुलेट गर्ने कुनै मेकानिज्म सरकारले बनाएन, वेवास्ता गर्याे र मिलेमतोमा ती सबै सहकारी डुबाइए ।
सहकारीमा सर्वसाधारणको थोरै थोरै गरेर जम्मा भएको अर्बौं अर्व रकम थियो। तर, ती सबै रकम डुबाइए, सहकारी भागे । गाउँ गाउँमा जम्मा भएका पैसा डुबे । बजारमा पैसाको अभाव भयो जनताको खल्ती रित्तियो । यही कारण उपभोग्य वस्तुको जति उपभोग हुनुपर्ने थियो त्यति हुन सकेन ।
सहकारीमा राखेको रकमको व्याजबाट भात खाउँला भन्ने सोचेका सर्वसाधारणको साउँ नै उड्यो । त्यसैले बजारमा खरिद बिक्री घटेर अर्थतन्त्र सखाप भएको छ ।
सरकारको नियन्त्रण, संरक्षणमा रहेको धितोपत्र बोर्डले व्यवसाय डुबिसकेका, डुब्न लागेका र भविष्यको उक्सने सम्भावना ज्यादै न्यून भएका पहुँचवाला व्यापारीहरुको कम्पनीहरुलाई आईपीओ खुल्न अनुमति दिएको, दिने तयारी गरेको र कतिपयसँग लेनदेनको बार्गेनिङसमेत गरेका कारण जनताको खल्तीको फेरि अर्बौं रकम राजनीतिकर्मी, भ्रष्ट कर्मचारी र ठूला व्यापारीको पोल्टामा पुग्ने र जनतको खल्ती भने टाट पल्टिने डरलाग्दो अवस्था आइलागेको छ ।
सहकारीमा तर मारिरहेकाहरुको ध्यान अब आईपीओतिर मोडिएको छ । सरकारी रेगुलेसनमा नचलेका ठूला ठूला तर डुबेका, डुब्ने तयारीमा रहेका र भविष्य कमजोर भएका उद्योग व्यापार अब आईपीओ खोल्ने चक्करमा छन् । केही खोलिसकेका छन् ।
होटेल, निजी अस्पताल, सिमेण्ट, मिडिया हाउस, हाइड्रो, स्टिल, फलाम उद्योगजस्ता कम्पनीहरु अब भटाभट आईपीओ खोल्ने तरखरमा छन् । र, उनीहरुलाई सरकारले ग्रीन सिग्नल दिइसकेको छ ।
बैंकमा ऋण धेरै भएका, बजार नभएका र टाट पल्टिन लागेका यी व्यापारीहरुलाई आईपीओमार्फत जनताको पैसा लगानी गराएर उकास्ने र व्यापारीसँग कमिशन खाने कुत्सित चलखेलका कारण अनियन्त्रितरुपमा स्वीकृति दिने काम हुन थालेको छ ।
सहकारीले रित्याउन बाँकी भएको बचेको केही रकम शेयरमा हाल्दा केही फल्ला कि भन्ने आशा बोकेका जनताहरु डुब्न लागेका यी कम्पनीहरुको शेयरमा लगानी गरेपछि झन् रत्तिने छन् , टाट उल्टिने छन् । त्यसबेला जनतलाई रामराम भन्नमात्र सरकार आउनेछ डुबेको रकम उठाइदिने कुनै आधार दिने छैन जसरी सहकारीमा दिएन ।
व्यापारीहरु भने कम्पनीको डाइरेक्टर छोड्ने, आईपीओ गर्ने, शेयर आफ्नो पनि बेच्ने र आफू उक्सिएर कम्पनीबाट निस्कने भएकाले कम्पनीका अपरेटर व्यापारीहरु सधैं चकाचकमै हुने अवस्था आएको हो ।
एकजनालाई १० कित्ताका दरले उठाउँदा पनि अबौं रकम जम्मा हुनाले व्यापारीलाई फरक परेन र लगानीको १० कित्ताका दरले डुब्दा सर्बसाधरणको हविगत के होला? त्यसैले सचेत सर्वसाधारण नै हुने हो ।
डुबेका जगदम्बा फलामहरु, होटलहरु, निजी अस्पतालहरु, मिडियाहरु आईपीओका नाममा शेयर बेच्न आउँदै छन् भ्रष्ट सरकारीतन्त्रसँग मिलेर त्यसैले सावधान हुनुको विकल्प जनतासँग छैन ।




