• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गाउँपालिकाका पूर्व अध्यक्ष धामी च्याङ्ग्रा बेच्दै पोखरामा


  •   सोमबार, असोज २९, २०८० मा प्रकाशित
  • कास्की । दशैं आउन लागेका बेला बझाङका राजेन्द्रबहादुर धामी पोखरा आइपुगेका छन् । बझाङबाट ४/५ दिन हिँडेर बाजुरा पुगेपछि मोटर समातेर पोखरा आइपुगेका हुन् ।

    Advertisement

    पोखरा आउनुको उद्देश्य भेडा च्याङ्ग्राको व्यापार हो । केही वर्षदेखि नै उनी गाउँघरतिरका भेडा च्याङ्ग्रा बटुलेर बेच्न पोखरा आउने गरेका छन् । यसपालि पनि आए । फूलपाती नलाग्दै पोखरामा च्याङ्ग्रा बेचिसकेर उनी फर्कने दाउमा छन् ।

    दशैंमा च्याङ्ग्रा बेचेर आर्जनु गर्नु त धामीका लागि मौसमी व्यापार हो । खासमा उनी त राजनीतिकर्मी हुन् । अघिल्लो कार्यकालमा बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष थिए । ७९ को चुनावमा भने टिकट पाएनन् । पहिला जसलाई उनले हराएका थिए, तिनैचाहिँ अहिले अध्यक्ष भएका छन् । राजनीति गरे पनि आयआर्जनका लागि धामीले हरेक वर्षको दशैंमा च्याङ्ग्रा व्यापार गर्दै आएका छन् ।

    दशैको आगमनसँग बझाङका राजेन्द्रबहादुर धामी आफूले पालेकासँगै गाउँपालिकाभरिका २ सय चानचुन भेडाच्यांग्रा जम्मा गर्छन् । त्यसपछि दशै आउनै लाग्दा उनी ४/५ दिन भेडाच्यांग्रासँगै हिँडेर बाजुरा आउँछन् । त्यसपछि करिब २ सय भेडाच्यांग्रालाई गाडीमा चढाएर उनी पोखरातिर लाग्छन् । गाडी चढेको ३ दिन ३ रातपछि उनीसहितका टोली भेडाच्यांग्रासहित पोखरा आइपुगेका छन् ।

    २०६८ सालदेखि भेडाच्यांग्राको व्यापार सुरु गरेका धामी २०७४ को स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्ष भएपछि व्यापार रोकिएको थियो । बिचमा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि उक्त व्यापार गरेका थिएनन् । तर, २०७९ वैशाखमा कार्यकाल पूरा भएपछि भने धामी भेडाच्यांग्राको व्यापारमा फर्किएका हुन् । केही काम गरेर आफ्नो घर खर्च, व्यक्तिगत खर्च जुटाउन फेरि यो पेशामा फर्किएको धामी बताउँछन् । टाढा बाटोबाट भेडाच्यांग्रा ल्याएर आउँदा बिचमा दुखसमेत हुने गरेको उनको गुनासो छ ।

    ‘म निर्वाचित भइसकेपछि यो बिचमा भाइहरूले व्यापार गरेछन् । जिम्मेवारीबाट हटेपछि त्यत्तिकै बस्नुभन्दा साथीभाइसँग सजिलो पनि हुन्छ । बाटोमा पनि प्रहरीहरूले दुख दिने, तपाईँको भेटेरिनरी कार्ड भएन, यो भएन, त्यो भएन भनेर व्यापारीहरूलाई झन्झट र दुख दिने हुँदा साथीभाइ र आफूलाई पनि केही काम गरेर आफ्नो घर खर्च, व्यक्तिगत खर्च जुटाउन फेरि यो पेशामा लागेको हुँ,’ उनले भने ।

    २ सयदेखि ३ सय भेडाच्यांग्रा आफै पालेका छन् । उनी भन्छन्, ‘मैले नै २ सयदेखि ३ सय भेडाच्यांग्रा पालेको छु, अहिले आफ्नोबाट ५० वटा जति र बाँकी गाउँपालिकाबाटै खोजेर ल्याएको हुँ ।’

    हिमाली भेडाच्यांग्रा भनेर अलिकति मुस्ताङको जस्तो राम्रो मूल्य नदिने गरेको धामीको गुनासो छ ।

    उनी भन्छन्, ‘हिमाली भेडाच्यांग्रा भनेर अलिकति मुस्ताङको जस्तो राम्रो मूल्य नदिने र अर्को कुरा परम्परागत पुख्याउलीअनुसार मुस्ताङको कालो च्यांग्रा चाहिँ राम्रो हुन्छ भन्ने मान्छेको दिमागमा सोच चाहिँ पहिले देखिनै थियो ।’ यार्सा गुम्बा लगायत जडीबुटीको व्यापार गर्ने गरेको उनी सुनाउँछन् ।

    धामीले भेडाच्यांग्रा किन्न आउने ग्राहकलाई रोजेर ४५ हजारमा लग्न भन्छन् । त्यसो नगर्ने ग्राहकलाई भने उनले तौलेर प्रतिकेजीको ८ सय ५० का दरले बेच्ने गरेका छन् ।

    गाउँपालिका अध्यक्षको जिम्मेवारी पूरा गरेर भेडाच्यांग्रा व्यापारमा लागेका धामीले सानो ठूलो जुनसुकै काम गर्न आफू तयार रहेको बताउँछन् । ‘मलाई काम गर्न सानैदेखि ठूलो काम सबै गर्छु । घरतिर पनि परिवारलाई सहयोग गर्ने, खाना बनाउने काम गर्छु,’ उनी भन्छन् ।

    उनी मात्रै होइन, बझाङबाट मात्रै २० वटा गाडीमा भेडाच्यांग्रा लिएर पोखरा आएका छन् । बाजुराबाट पनि भेडाच्यांग्रा लिएर उत्तिकै संख्यामा आएका हुन् । मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले पनि पोखरामा भेडाच्यांग्रा ल्याउने गरेका छन् ।

    उनीहरूको भेडाच्यांग्रा भने हालसम्म पोखरा आइपुगेको छैन । यस पटक भेडाच्यांग्राको मूल्य व्यापारीले ३५ हजारदेखि ५७ हजार रुपैयाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा भेडाच्यांग्राको मूल्य व्यापारीले ३२ हजारदेखि ४८ हजार रुपैयाँसम्ममा बिक्री-वितरण भएको थियो ।

    जुम्लादेखि डोल्पा, रुकुम पश्चिम, ढोरपाटन हुँदै परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्यांग्रा व्यापारी गण्डकी प्रदेश आएका हुन् । मुस्ताङी भेडाच्यांग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता गण्डकीमा डोल्पा र जुम्लाबाट भेडाच्यांग्रा ल्याइएका थिएनन् ।

     

    सोमबार, असोज २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer