• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २८, २०८३
☰
आइतबार, असार २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालमा दलाल पूँजीपति वर्गको हावी : अध्यक्ष बिजुक्छे


  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
  • भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पूँजीपति वर्गको हावी भइरहेको बताएका छन् ।

    Advertisement

    भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालीको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पूँजीपति वर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएको बताए ।

    उनले हातहतियार बोक्ने मान्छेजस्तै सवारीसाधन भएका मानिस पनि सचेत हुनुपर्ने बताउँदै सरकारले सवारी चालकलाई लाइसेन्स दिने बेला ध्यान दिनुपर्ने, राजमार्गभन्दा १५-२० मिटर टाढा बस्ती बसाल्नुपर्ने र सवारीसाधन खरिद गर्नुअघि ग्यारेजको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    देशको नीति निर्माण गर्ने थलो संसद् राम्रो नभएसम्म देशको अवस्था राम्रो नहुने बताउँदै उनले सदनमा व्यवसायी पुग्न सके सम्बन्धित व्यवसायको हितमा ऐन कानुन निर्माण गर्न सहज हुने तथा देशलाई माया गर्ने र देशको हितमा काम गर्ने कर्मचारीहरूको बाहुल्यता भए देशको विकास छिटो हुने बताए ।

    पार्किङको लागि भक्तपुर नगरपालिकाले ठाउँठाउँमा ग्यारेज निर्माण गर्नुपर्ने बताउँदै उनले सरकारले एउटै देशको सवारीसाधन खरिद गर्न बन्द गर्नुपर्ने र विदेशी बैङ्कमा पैसा राख्न नहुने धारणा राखे ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ को विनाशकारी भूकम्पमा भक्तपुर नगरको भग्नावशेष व्यवस्थापनमा भक्तपुरका ट्रक व्यवसायीले अतुलनीय सहयोग गरेको स्मरण गर्दै व्यवसायी सङ्घले चालक, सहचालकलाई सवारीसाधन प्राविधिक पक्ष, सवारी चालक अनुमति पत्रको लागि आवश्यक तालिम, सवारीसम्बन्धी ऐन, नियम र ट्राफिक प्रहरीसम्बन्धी ऐन, नियमका बारेमा जानकारी गराए दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने बताए ।

    उनले भक्तपुर नगरपालिकाले तीन स्थानमा पार्किङ निर्माण गरिरहेको र एक स्थानमा निर्माणको तयारी गरिरहेको जानकारी दिए ।

    यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले यातायातको व्यवस्थापनका लागि केही नीतिगत समस्या रहेको औँल्याउँदै यातायात क्षेत्रको दायरा बढेको परिवेशमा पुराना कानुनले सम्बोधन गर्न नसकिने भएकाले समय सापेक्ष परिमार्जन गर्नुपर्ने बताए ।

    उनले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्ने र त्यसका लागि विभागले काम गर्ने बताए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीको समस्या सरकारसमक्ष राख्दा पनि सरकारले गम्भीरतापूर्वक नलिएको गुनासो गरे ।

    प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सवारी चालकको गतिविधि व्यवस्थित गर्न सङ्घ, प्रदेश, स्थानीय तह तथा व्यवसायी र सरोकारवालाबीच समन्वय हुनुपर्ने बताए ।

    कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोराले व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराए ।

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer