• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संयुक्त राष्ट्रसंघपछिको ठूलो विश्व सङ्गठन बीआरआई बन्दैछ : पूर्वमन्त्री पोखरेल


  •   मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
  • काठमाडौं।

    Advertisement

    नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्व पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले चिनियाँ पहलको महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) संयुक्त राष्ट्र संघपछि सबैभन्दा ठूलो विश्व सङ्गठन बन्ने बाटोमा रहेको बताएका छन् ।

    आजदेखि चीनमा हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल को अपरेसन–बीआरएफ’ सम्मेलनकाका लागि शुभकामना व्यक्त गर्दै उनले बीआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध रहेको र विस्तारै संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बीआरआई बन्नेतर्फ लम्किरहेको बताएका हुन् ।

    बीआरआईले सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको उल्लेख गर्दै पोखरेलले भनेका छन्, ‘खाजदेखि चीनको राजधानी बेइजिङमा तेस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना हुँदैछ । सन् २०१९ को मार्चसम्ममा बीआरआईमा १२६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन् ।’

    बीआरआई मानव केन्द्रित विकास, ग्लोबल सम्वृद्धिको आकंक्षा, गरिब र बिपन्नरहित विश्व निर्माणका लागि सडक सञ्जाल विस्तार, पूर्वीय सभ्यता र हिमालयन सभ्यता तथा अर्थतन्त्रको विकास र सञ्जाल निर्माण र व्यापार साझेदार अभियान भएको बताउँदै उनले देशहरू बीचको सहयोग एवम् जनता–जनताबीचको भाइचारा सम्बन्ध र पर्यावरणलगायत दीगो विकासको योगदान पुर्‍याउने चिनियाँ पहलको महत्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना भएको उल्लेख गरेका छन् ।

    अहिले पनि अमेरिकाले विश्वमा हतियार र आतंकबाट आफ्नो प्रभाव फिँजाएको चर्चा गर्दै पूर्वमन्त्री पोखरेलले ऐतिहासिक रेशमी मार्ग पुन: ब्युँझाउँदै आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बीआरआई’ भएको बताएका छन् । यो कुनै भूराजनीतिक अथवा सैनिक गठबन्धन नभएको पनि उनले स्पष्ट गरेका छन् ।

    ‘खुला, सहभागितामूलक र साझा विकास कार्यक्रम बीआरआई हो । विकासका लागि सबै राष्ट्र यसमा सहभागी हुन्छन् । बीआरआईले अँगालेका केही मूलभूत सिद्धान्तमध्ये विकास निर्माण र साझेदार पहिलो हो,’ उनले भने, ‘विकास निर्माणभित्र शान्तिपूर्ण साझेदारी, खुलापन, सहनशीलता, आपसी सिकाइ तथा हित र साझा जित छन् । आपसी छलफल र सम्बन्धबाट स्थिर व्यापार र आर्थिक गतिविधिमा रहेर जनस्तरको सम्बन्धलाई दीगो र प्रगाढ बनाउने चिनियाँ पहलले गति प्राप्त गरेको छ ।’

    तर, यो अभियानको विरुद्ध साम्रज्यवादी अमेरिका र यसका सहयोगी राष्ट्र उभिएको उनले बताएका छन् । उनीहरूले कथित सैनिक मोर्चा र सडक सञ्जाल निर्माण गर्ने घोषणा विभिन्न मञ्चमा गरिरहेको अवस्थामा त्यसका बाबजुद बीआरआई आज समाजबाद पक्षधर अविकसित र विकासोन्मुख राष्ट्र र कतिपय विकसित राष्ट्र तथा जनतीहरू समेत यसमा आबद्ध भएको उनको भनाइ छ ।

    उनले नेपालको भरपर्दो विश्वासिलो घनिष्ट छिमेकी मुलक चिनद्वारा अगाडि सारिएको बीआरआई परियोजनामा हस्ताक्षर गरे पनि सरकारले कार्यान्वयन गर्न नमान्नु दु:खद् कुरा भएको बताएका छन् । वर्तमान सरकारले भूराजनीतिको कथित दबाबको नाममा केबल ओठेभक्ति मात्र देखाइरहेको भन्दै उनले अब नेपाल सरकार किन्तु परन्तुको नामबाट पछि नहट्नु नै नेपालको सार्वभौमको रक्षा र विकासका लागि कोसेढुङ्गा हुने विचार व्यक्त गरेका छन् ।

    ‘पृथ्वीको कुनै एक कुनाको सम्वृद्धि पृथ्वीको अर्को कुनासम्म पुग्नुपर्दछ । पृथ्वीका सबै मानव जातीले यो सम्वृद्धिलाई प्रयोग गर्न पाउने हकको सुनिश्चिता नै बीआरआईको प्रमुख लक्ष्य र महामहिम राष्ट्रपति सीको विकास र सम्बृद्धिको विश्व दृष्टिकोण हो,’ उनले भने ।

    आज र भोलि बुधबार बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे छलफल हुने छ । सो कार्यक्रममा नेपालबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोली सहभागी छ ।

    सम्मेलनमा सहभागिताका लागि चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् पार्टी कमिटीका सचिव वाङ सियाङसी र इकोलोजी तथा पर्यावरणमन्त्री हुआंग रुन्किउले उपप्रधानमन्त्री श्रेष्ठलाई नेपालको परराष्ट्र मन्त्रालयमार्फत छुट्टाछुट्टै निमन्त्रणा पठाएका थिए । वाङ चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा स्टेट काउन्सिलर समेत हुन् ।

    चीनले यसअघि २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ सम्मेलन आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गर्ने गरिएको छ ।

    मङ्गलबार, असोज ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer