पाल्पा । पाल्पाको रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले आफ्ना गुरु थमनबहादुर साठीघरेलाई चार पाङ्ग्रे स्कुटर उपहार प्रदान गरेका छन् । ०७० सालमा जिप दुर्घटनामा परेपछि उनको शरीरको आधा भागले काम गर्न छोडेको थियो । रैनादेवि माविका पुर्व बिद्यार्थी, भुवनपोखरी रुपन्देही सम्पर्क समाज र बिद्यालयका बिद्यार्थीहरुले उक्त स्कुटरका लागी रकम संकलन गरेका थिए ।
गुरुको सम्मानका लागी रकम संकलन गरेर शिक्षक साठीघरेलाई स्कुटर प्रदान गरिएको पुर्व विद्यार्थी गिरिराज पाण्डेयले बताउनु भयो । शिक्षक साठीघरेलाई दैनिक बिद्यालय आउन-जान समस्या परेकोले सबैके सल्लाह र सहयोगमा स्कुटर प्रदान गरिएको बिद्यार्थीहरुले बताएका छन ।
यसअघि काठको कृतिम खुट्टाबाट दैनिक बिद्यालय आउने-जाने गरेका शिक्षक साठीघरेले खुशी हुदै सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद दिदै भन्नुभयो, “अपाङ्ग मैत्री साधनले मेरो दैनिकीमा समेत निक्कै सहयोग गर्दछ, यहाहरु सबैलाई हृदय देखि धन्यवाद दिन चाहन्छु”।
राज्यले शिक्षकलाई सम्मान र माया गर्न नसकिरहेको समयमा समाजबाट नै यो खालको उदाहरणिय पहल हुनु निक्कै सह्राहनिय कदम भएको एक सहभागी विद्यार्थीले बताए ।




