• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुर्घटना र घाइतेको उपचार, जिम्मेवार यसरी बन्ने कि


  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
  • एक चिकित्सक हतारहतार अस्पतालमा प्रवेश गरे । उनलाई कुनै दुर्घटनाका कारण आकस्मिक रूपमा बोलाइएको थियो । दुर्घटनाका घाइतेका आफन्तजन उनको प्रतीक्षामा थिए । चिकित्सकलाई देख्नासाथ घाइते युवकका पिताले भने– तपाईंहरू ड्युटी किन पूरा गर्नुहुन्न ? यहाँ आउन किन यति धेरै समय लगाउनुभयो ? मेरो छोरालाई केही भयो भने त्यसको जिम्मेवार तपाईं हुनुहुन्छ, बुझ्नुभयो ?

    Advertisement

    चिकित्सकले विनम्रतापूर्वक भने– म माफी चाहन्छु । म अस्पतालमा थिइनँ । जब अस्पतालबाट कल आयो, तब सम्भव भएसम्म छिटो आइरहेको छु । कृपया ! तपाईंहरू शान्त रहनुहोस् । घाइते युवकका पिताले जंगिँदै भने– शान्त रहनुस् रे ? के मेरो छोराको स्थानमा तपाईंको आफ्नो छोरो भएको भए तपाईं शान्त बस्न सक्नुहुन्थ्यो ? यदि कसैको लापरबाहीका कारण तपाईंको आफ्नो छोराको मृत्यु भएको भए तपाईं के गर्नुहुन्थ्यो ?

    ‘भगवान्ले चाहनुभयो भने सबै ठिक हुन्छ । तपाईंहरू प्रार्थना गर्दै गर्नुहोस् ।’ यति भनेर चिकित्सक अप्रेसन कक्षभित्र प्रवेश गरे । युवकका पिता अझै भुतभुताउँदै थिए– सल्लाह दिन सजिलो छ । तर, जसले यस्तो घटना झेल्नुपर्छ, उसैलाई थाहा हुन्छ, यसको पीडा । करिब डेढ घन्टापछि चिकित्सक अप्रेसन कक्षबाट बाहिर निस्किए र हल्का मुस्कुराउँदै भने– भगवान्लाई धन्यवाद छ । तपाईंका छोरा अब खतरामुक्त हुनुहुन्छ । युवकका आफन्तजन खुसी भए । उनीहरू चिकित्सकलाई थप प्रश्न सोध्न थाले । ऊ कहिलेसम्म पूरै ठिक हुन्छ ? उसलाई डिस्चार्ज कहिले गर्नुहुन्छ ?

    तर, बाँकी प्रश्न नर्सलाई सोध्नू भन्दै चिकित्सक जसरी हतारहतार आएका थिए, त्यसैगरी हतारहतार बाहिरिए । ‘यी चिकित्सक किन यति घमन्डी छन् ? यिनलाई यस्तो के चटारो परेको छ र हाम्रो प्रश्नको जवाफसम्म नदिई निस्किए ?’ युवकका पिताले नर्ससित सोधे । नर्सले आँखाभरि आँसु पारेर भनिन्– आज बिहान मात्र डाक्टरसाहेबका एक मात्र छोराको दुर्घटनामा परेर मृत्यु भयो । हामीले कल गर्दा उहाँ छोराको अन्तिम संस्कार गर्दै हुनुहुन्थ्यो । तर, कल पाउनासाथ उहाँ अन्तिम संस्कार रोकेर यहाँ आउनुभयो । त्यसैले, अहिले छोराको अन्तिम संस्कारका लागि जानुभएको हो । नर्सको जवाफ सुनेपछि घाइते युवकका पिता र आफन्तका आँखा आँसुले डम्म भरिए र उनीहरूलाई आफूले निकै ठूलो गल्ती गरेको महसुस भयो ।(साभार)

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer