• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, असार ०२, २०८३
☰
मङ्गलबार, असार ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

आधारभूत संस्कृत भाषा कक्षामा आकर्षण बढ्दो


  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
  • स्याङ्जा । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् ।

    Advertisement

    एक महिना अघिदेखि सुरु गरिएको भाषा कक्षामा वालिङ तथा आसपासका पालिकाका एकसय जना भर्ना भई अध्ययन गरिरहेका कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।

    “संस्कृत भाषा कक्षामा अहिले युवा बढी आकर्षित देखिएका छन्, विद्यार्थीको सक्रिय सहभागिता रहेको छ” उहाँले भन्नुभयो, “भाषा कक्षाबारे धेरैले चासो लिएका छन् , आगामी चरणका कक्षामा समावेश गर्ने तयारी छ ।”

    भाषा कक्षा सञ्चालन भएको एक महिना भइसकेकाले नयाँ प्रशिक्षार्थीलाई बीचमा सहभागी गराउँदा प्रभावकारी नहुने भएकाले अर्को चरणमा सुरुआतबाटै सहभागी गराउने संयोजक अर्यालले बताउनुभयो । वालिङ–८ का सिलाइकटाइ व्यवसायी लीलाबहादुर रनपाल संस्कृत भाषा सिक्न पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

    सिलाइकटाइ व्यवसायका अलावा उहाँले आफ्नो समुदायमा हुने शुभकार्य तथा पितृ कार्य गराउँदै आउनुभएको छ । किताब पढेको र आफूभन्दा अग्रजले गरेको देखेकै आधारमा कार्य गराउँदै आउनुभएका रनपालले संस्कृत भाषा कक्षामा सहभागी भएसँगै अहिले धेरै सहज भएको महसुस गर्नुभएको छ ।

    “हिजो धार्मिक तथा पितृ कार्य गराउँदा अप्ठ्यारा भएका विषयलाई आधारभूत संस्कृत भाषा कक्षामा सहभागी भई ज्ञान प्राप्त भएसँगै सहज भएको महसुस गरेको छु” उहाँले भन्नुभयो, “यस्तो कक्षा पहिल्यै जो कोहीले भए पनि सञ्चालन गर्नुपथ्र्यो, ढिलै भए पनि सञ्चालन भएको छ यो हाम्रा लागि खुसीको कुरा हो ।”

    जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड गर्ने तरिका, नैतिक शिक्षा, आध्यात्मिक शिक्षा, हाम्रा जीवन पद्दतिका विषयमा गुरुकुलीय पद्दतिबाट ज्ञान लिइरहेको उहाँले बताउनुभयो ।
    संस्कृत भाषा कक्षा लिएसँगै संस्कृत भाषा उच्चारण तथा शुद्धिकरणमा पनि सहयोग पुगेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय वैद्धिक सनातन धर्मप्रति विभिन्न प्रकारबाट प्रहार भइरहँदा संस्कृत भाषालाई लोप हुन नदिइ संरक्षण गर्नका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुली बताउनुहुन्छ

    संस्कृत भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्दै संस्कृत साहित्यको संरक्षण, सम्वद्र्धन र जगेर्ना गर्ने उद्देश्यसहित भाषा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।“वालिङ सञ्चालन भएको संस्कृत भाषा कक्षामा विशेष गरी युवाको सक्रिय सहभागिता रहेको छ” उहाँले भन्नुभयो,“केही पहिलेदेखि कर्मकाण्ड गराउँदै आउनुभएका व्यक्ति पनि थप ज्ञान लिनका लागि सहभागी हुनुभएको छ ।”

    कक्षामा वैद्धिक धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षा, कर्मकाण्ड, ज्योतिष विद्या, पाठ पारायण तथा सामान्य ब्याकरणकाबारेमा अध्यापन गराइन्छ । तीन महिनाको अवधि रहने गरी सोही अनुसारको पाठ्यसामग्री तयार पारिएको छ । “कक्षामा संस्कृत भाषाप्रति युवा पुस्ताको रुचि राम्रो छ, माध्यमिक तहमा अध्ययनरत विद्यार्थी बाबुहरु पनि सहभागी छन्” उहाँले भन्नुभयो, “भाषा कक्षालाई एउटा अभियानस्वरुप नियमितरुपमा अगाडि बढाउँछौंँ ।” भाषा कक्षामा चार जना प्रशिक्षक हुनुहुन्छ । वालिङ–८ केदारनाथ मन्दिरमा साँझमा दैनिक एकघण्टा संस्कृत भाषा कक्षा सञ्चालन हुँदैआएको छ ।

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer