• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख ०३, २०८३
☰
बिहिबार, बैशाख ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द भए


  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ ।

    Advertisement

    विद्यार्थी संख्या न्यून हुँदै गएको, विद्यालयको भौतिक पूर्वाधार जीर्ण भएको र भवन निर्माणका लागि मापदण्डसमेत नपुगेकाले गत भदौदेखि नवआदर्श माध्यमिक विद्यालय बन्द गरिएको महानगर शिक्षा विभागले जनाएको छ । महानगर शिक्षा विभागले उक्त विद्यालय बन्द गरी त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा सारेको छ ।

    २०१५ सालमा स्थापना भएको नवआदर्श माविमा कक्षा १२ सम्म पढाइ हुन्थ्यो । स्थानीय बालबालिका पढाउने उद्देश्यले स्थापना भएको उक्त स्कुल शैक्षिक सत्रको बीचमा बन्द हुँदा शिक्षक तथा विद्यार्थी दुखी बनेका छन् । स्कुलका शिक्षक र विद्यार्थीलाई अन्य स्कुलमा व्यवस्थापन गरिसकेको महानगर शिक्षा विभागका अधिकृत मोती भट्टराईले बताए ।

    स्कुलका प्रधानाध्यापक रहेका प्रमोदकृष्ण श्रेष्ठले आफू सोही स्कुलमा पढेको र २०५२ सालदेखि शिक्षकको रूपमा प्रवेश गरेको बताउँदै एक्कासि विद्यालय बन्द गरिँदा मन दुःखी बनेको बताए । ‘राम्रै चलेको स्कुल बन्द हुँदा विद्यार्थी तितरबितर भए,’ उनले भने, ‘स्कुलको शैक्षिक गुणस्तर वृद्धि गर्न हामी लागिपरेका थियौं । तर महानगरपालिकाले विभिन्न बहानामा बन्द गरिदियो ।’

    सोही स्कुलमा चार दशकदेखि पढाउँदै आएकी शान्ति शाक्य पनि नाम चलेको स्कुलको अस्तित्व मेटिँदा दुःख लागेको बताउँछिन् । ‘२०३९ सालमा म स्वयंसेवक शिक्षकका रूपमा प्रवेश गरेकी थिएँ । त्यो बेला विद्यार्थी कक्षाकोठामा नअटाउँदा उभिएर पढाउनुपर्ने अवस्था थियो,’ शाक्यले विगत सम्झँदै भनिन्, ‘कक्षा १० सम्म पढाइ हुने स्कुलमा हामीले कक्षा ११ र १२ पनि पढाउन थालेका थियौं । तर पनि महानगरले बन्द गरिदियो ।’ महानगर शिक्षा विभागका अधिकृत भट्टराईका अनुसार पाँच वर्षयता महानगरभित्रका तारिणी आधारभूत, कान्तिश्वरी मावि, श्री कन्या मावि, केशचन्द्र आधारभूत र संकटा आधारभूत विद्यालय बन्द भइसकेका छन् ।

    चालु आर्थिक वर्षमा नवआदर्श मावि र निर्मला विद्यापीठ बन्द भएका छन् । ‘भूकम्पपछि भौतिक पूर्वाधार जीर्ण हुँदा र भवन निर्माण मापदण्ड नपुगेका कारण सातवटा विद्यालय बन्द भए,’ भट्टराईले भने, ‘विद्यार्थी न्यून भएका विद्यालय बन्द भए । गाभ्दा पनि एउटा विद्यालय त बन्द गर्नैपर्छ ।’ उनका अनुसार पछिल्ला वर्षमा काठमाडौंबाट धेरै फुटपाथे व्यापारी आआफ्नै जिल्ला फर्केका छन् । उनीहरूले बच्चा पनि उतै लगेका छन् । यसकारण पनि काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थी कम भएका हुन् ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका नौ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् । केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार यस अवधिमा केही विद्यालय मर्ज भएका छन् । मर्ज गर्दा पनि एउटा विद्यालयको अस्तित्व मेटिने नै हो । स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका विद्यालयको गुणस्तर कायम गर्न नक्सांकन गरी प्रतिस्पर्धामा जान नसकेकालाई बन्द गर्न सक्ने अधिकार नियमले दिएको छ । उनका अनुसार सबैभन्दा धेरै अछाममा १२ वटा विद्यालय बन्द भएका छन् ।

    निर्देशक पौडेलले देशभरिका कुल ३६ हजार ३२ वटा विद्यालय सञ्चालनमा रहेको जानकारी दिए । त्यसमध्ये एक हजार तीन सय १६ धार्मिक प्रकृतिका र सात हजार तीन सय ७३ निजी विद्यालय छन् । उनका अनुसार सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि गर्न स्थानीयले पहल गरिरहेका छन् । सरकारले चालु शैक्षिक वर्षदेखि भौतिक सर्वेक्षण र नक्सांकन कार्यक्रम तय गरेको छ । ‘बालबाालिकाको सिकाइ स्तर वृद्धि गर्न विद्यालयको भौतिक सर्वेक्षण र नक्सांकन कार्यक्रम तय भएको छ,’ निर्देशक पौडेल भन्छन्, ‘केन्द्रले कार्यक्रमका लागि चालु आर्थिक वर्षमा पाँच करोड बजेट व्यवस्था गरेको छ । अब सार्वजनिक शिक्षा सुधार गर्ने अभियानमा सरकार लागेको छ ।’

     

    बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      वार्षिक राशिफल: २०८३

    • ३.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ५.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८२ साल चैत १६ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer