• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बीआरआईको ऋणबाट केन्याले बनाएको रेलमार्गको भविष्य अन्यौलमा


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । चीनले अफ्रिकी मुलुक केन्यामा निर्माण गरेको रेलमार्गको सन् २०१७ मा उद्घाटन गरिएको थियो । तर त्यसको दुई वर्षपछि रेलमार्ग विस्तारको काम रोकियो । यससँगै पूर्वी अफ्रिकामा रहेका भूपरिवेष्ठित मुलुकहरुलाई रेलमार्गबाट जोड्ने परियोजना नै धराशायी हुन पुग्यो ।

    Advertisement

    यस परियोजनाबाट केन्याले अपेक्षित फाइदा लिन सकेन, बरु ४ अर्ब ७० करोड डलरको ऋणमा डुब्यो । यसमध्ये अधिकांश ऋण चिनियाँ बैंकबाट लिइएको हो ।

    यस रेलमा यात्रा गर्दा मनोरम दृश्यहरु देख्न सकिन्छ । यस रेलमार्गमा जंगल र वन्यजन्तुको अवलोकन गर्दै यात्रा अघि बढ्छ । तर, रेलभित्रका सुविधालाई लिएर भने यात्रुहरु गुनासो गर्छन् । रेलमा राखिएका सिट आरामदायी नभएको र रेलको यात्रामा थकान महसुस हुने एक जना ३० वर्षीय यात्रुले बीबीसीलाई बताए ।

    तर, रेल चढ्ने यात्रुबाट कमाएको पैसा चिनियाँ ऋण तिर्न भने पर्याप्त छैन । यो रेलमार्गले केन्याको मोम्बासा बन्दरगाहलाई युगाण्डा, रवाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोसम्म जोड्ने लक्ष्य लिइएको छ । यद्यपि यस रेलमार्ग अहिलेसम्म केन्याको राजधानी नैरोबीभन्दा १२० किलोमिटर टाढा रहेको नैभासासम्म मात्रै पुगेको छ ।

    परियोजनाले निरन्तरता पाए यस रेलमार्ग अझ उत्पादनमूलक हुने केन्याका यातायातसचिव किपचुम्बा मुर्कोमेनले बीबीसिलाई बताए । तर, यसको वित्तीय पक्ष भने अझै चुनौतिपूर्ण रहेको उनी स्वीकार गर्छन् । उनले चीनमा आयोजना हुने आगामी बेल्ट एण्ड रोड सम्मेलनमा सरकारले यसबारे कुरा उठाउने जानकारी दिए ।

    चीनले सन् २०१३ मा घोषणा गरेको यस बेल्ट एण्ड रोड बीआरआई परियोजनामा केन्याजस्तै धेरै अफ्रिकी मुलुकहरु सहभागी छन् । तर, पछिल्लो समय चीनले बीआरआईमार्फत् अफ्रिकी मुलुकहरुलाई दिने ऋणको मात्रा घटाउँदै गएपछि धेरै मुलुकहरु समस्यामा परेका छन् भने केही मुलुकहरुले आर्थिक संकटको सामना गर्न बाध्य भएका छन् ।

    अमेरिकी थिंकट्यांक काउन्सिल अन फरेन रिलेसन्सका अनुसार बीआरआईमार्फत् हुने ठेक्कालगायतका सम्झौता अपारदर्शी हुने गरेको छ भने धेरै परियोजनाको ठेक्का चिनियाँ कम्पनीले मात्रै पाउने व्यवस्था रहने गरेको छ ।

    पछिल्लो समय अफ्रिकी मुलुकहरुमा चिनियाँ लगानी ह्वात्तै घटेको पाइएको छ । अर्को अफ्रिकी मुलुक नाइजेरियाको केन्द्रीय बैंकका उपगभर्नर किङ्ग्स्ली मुघालुका अनुसार एक दशकअघि चीनले १० देखि २० अर्ब लगानी गरेकोमा पछिल्ला वर्षहरुमा यो घटेर २ अर्ब डलरमा झरेको छ ।

    लगानी घट्दा केन्याको रेलमार्ग परियोजनामा पनि असर परेको छ । केन्यालीहरु विदेशी ऋण तिर्नका लागि सरकारले उठाउने खर्चका कारण करको दर बढेको भन्दै चिन्तित रहेको बताइन्छ । सरकारी तथ्यांकअनुसार चीन केन्याको तेस्रो सबैभन्दा ठूलो ऋणदाता हो । केन्याको कूल ऋणमध्ये झण्डै २० प्रतिशत चीनले नै प्रदान गरेको हो ।

    केन्याका अर्थशास्त्री केन गिचिङ्गा मुलुकमा ऋणको भार बढेको बताउँछन् । उनका अनुसार केन्याले २ अर्ब डलर युरोबन्ड तिनुपर्ने भाका अर्को वर्ष सकिँदैछ ।

     

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer