• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, साउन २७, २०८३
☰
बुधबार, साउन २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

देवदहमा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने


  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • लुम्बिनी । बुद्दभुमी लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र निर्माण गरिने भएको छ । लुम्बिनीमा पर्ने रुपन्देही जिल्लाको देवदह नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका-८ विशाल नगर (टटेरा )मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० बिघा सरकारी जमिन (वन क्षेत्र) मध्ये पाँच बिघा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्रलगायतका संरचना निर्माण गरिने छ ।

    Advertisement

    धम्मग्राम केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित बुधबार ध्यान केन्द्र निर्माणस्थलमा आयोजित कार्यक्रममा सुखशान्ति विहार शङ्करनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, साधक गोपाल पोखरेल, डा. खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडेलगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलान्यास गरेका हुन् ।

    केन्द्रका पुराना साधक साधिका (१० दिने शिविरमा बसेका)हरुको स्वतःस्फूर्त दान सहयोगबाट ध्यान केन्द्रको निर्माण गरिने छ । गुरुयोजना अनुसार पहिलो चरणमा धम्म हल(ध्यान केन्द्र), आचार्य निवास, महिला र पुरुष (साधक साधिका)का लागि आवासीय सुविधा सहितका दुई वटा भवन, भान्सा र स्नान घर निर्माण गरिने छ ।

    शिलान्याश अघि निर्माणस्थलमा साधक साधिका लागि करिब दुई घण्टाको ध्यान शिविर सञ्चालन गरिएको थियो । ध्यान केन्द्रको निर्माण पश्चात् देश विदेशका साधक साधिकाले ध्यान, साधना, योग तथा अध्ययन अनुसन्धान गर्नुका साथै धम्म हलमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने छ ।

    विपश्यना ध्यान शिविर सञ्चालनका लागि पनि कसैसँग शुल्क लिइनेछैन । शिविरको सञ्चालन साधकको स्वेच्छिक दानबाट हुनेछ । धर्मसेवा दिने आचार्य तथा धर्मसेवक सेविकाले समेत पारिश्रमिक लिँदैनन् ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलक आचार्यले लोपहुँदै गएका संस्कृति र सम्पदाको संरक्षण गर्दै यस क्षेत्रलाई ध्यान, साधना तथा अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गरी देवदहको अलग्गै पहिचान स्थापित गर्ने गरी काम भइरहेको बताए ।

    साधक गोपाल पोखरेलले यो क्षेत्रलाई धम्मग्राम र अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गरिने बताए । आजभन्दा लगभग दुई हजार छ सय वर्ष अगाडि गौतम बुद्धले अनुसन्धान गरी आम रूपमा स्थापित गराए विपश्यना ध्यानप्रति मानिसको आकर्षण बढेको भन्दै साधक पोखरेलले ध्यान केन्द्रको निर्माणपछि नयाँ साधक बढ्ने विश्वास व्यक्त गरे ।

    विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना भएको साधक डा खडानन्द पौडेलको भनाइ छ । “विपश्यना दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो”, डा. पौडेलले भने, ‘यसको अभ्यासबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसले चित्तलाई निर्मल बनाउनुका साथै चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ ।’

    यो साधना विधि दुःखबाट मुक्त हुने सक्षम उपाय भएकाले हिन्दु, जैन, मुस्लिम वा जुनसुकै जातजाति अर्थात् राष्ट्रियता भएकाले पनि अपनाउन सक्ने साधक मेघराज ज्ञवालीले बताए ।

     

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer