• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जनता सास्तीमा, सांसद मस्तीमा, चाडपर्व भत्ता बुझेर दसैं मान्न हिँडे गण्डकीका सांसद र तिनका स्वकीय सचिव


  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • पाेखरा । चाडबाड भत्ता बुझेर गण्डकी प्रदेश सभाका सदस्य तथा तिनका स्वकीय सचिव दसैं मनाउन घर हिँडेका छन् । गण्डकी प्रदेश सभाका ५१ जना सांसद र उनका सचिवले वार्षिक रुपमा दिइने चाडवाड खर्च बुझेर दसैं मनाउन घरतिर लागेका हुन् ।

    Advertisement

    गण्डकी प्रदेश सभाले प्रत्येक वर्ष ६ महिना कार्यावधि पूरा भएका सबै सांसद र तिनका स्वकीय सचिवलाई एक महिनाको पारिश्रमिक बराबर सुविधा दिने गरेको छ । त्यही अनुसार ५१ जना सांसद र सोही नै संख्यामा स्वकीय सचिवले चाडवाड खर्च बुझेका हुन् । प्रदेश सभा सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीका अनुसार कार्यकारी पदमा रहेका र पदाधिकारीबाहेक सबैको पारिश्रमिक समान छ ।

    प्रदेश सभा सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीका अनुसार कार्यकारी पदमा रहेका र पदाधिकारीबाहेक सबैको पारिश्रमिक समान छ । अहिले प्रदेश सभा सदस्यको ५४ हजार २ सय पारिश्रमिक ऐनले तोकेको छ भने तिनका स्वकीय सचिवले नायब सुब्बासरहको पारिश्रमिक पाउने गरेका छन् ।

    सभामुख र उपसभामुखसहित सांसदहरुले २९ लाख ७ हजार र उनीहरुका स्वकीय सचिवलाई १७ लाख ३२ हजार रुपैयाँ बैंकमा दाखिला गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । सभामुखले ६३ हजार ४ सय ८० रुपैयाँ र उपसभामुख तथा विपक्षी दलका नेताले ६० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् । दलको नेताको तलब ५९ हजार ५ रुपैयाँ ऐनले तोकेको छ ।

    सत्ता पक्षका दलका नेता, विपक्षी तथा दलका प्रमुख सचेतक, समितिका सभापतिको समान सुविधा छ । उनीहरुले ५८ हजार ८ सय ४० रुपैयाँ बुझ्छन् । दलको सचेतकको भने ५६ हजार ५ सय २० रुपैयाँ सुविधा तोकिएको छ ।

    मासिक सुविधाबाहेक पनि बैठक भत्ता, इन्टरनेट, पत्रपत्रिका, आवासलगायत सुविधा पनि पाउँछन् । यी सुविधाबाहेक पनि एक महिनाको पारिश्रमिक बराबर चाडवाड भत्ता दिइने सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

    प्रदेश सभाका सदस्य, पदाधिकारीसँगै मुख्यमन्त्री र मन्त्रीहरुले पनि चाडवाड खर्च बुझेका छन् । ७२ हजार ७ सय ३० रुपैयाँ मुख्यमन्त्रीको र ६२ हजार ३ सय २० रुपैयाँ मन्त्रीहरुको मासिक सुविधा तोकिएको छ । उनीहरुको स्वकीय सचिवहरुलले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सुविधा बुझेका छन् ।

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer