• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

काउलीको पात, स्वास्थ्यको लागि धेरै लाभदायक


  •   आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
  • काउली ती तरकारीहरू मध्ये एक हो, जसलाई धेरैले मन पराउँछन् ।

    Advertisement

    काउली हरेक मौसममा पाइने भए पनि जाडोमा यसको सेवन बढी हुने गरेको छ । सामान्यतया मानिसहरू काउलीको सेतो भाग मात्रै खान्छन् र त्यसको पातलाई बेकारको सम्झेर फाल्छन् । तर के तपाईँलाई थाहा छ काउलीको पातमा पनि पौष्टिक तत्त्व प्रशस्त हुन्छ ? यसमा भिटामिन ए, फाइबर, प्रोटिन, क्याल्सियम र फस्फोरस जस्ता पोषक तत्त्व पाइन्छन् ।

    यी सबै पोषक तत्त्वहरू हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक छन् । काउलीको पातलाई सलाद, सूप वा तरकारी बनाएर खान सकिन्छ । काउलीको पातको सेवनले धेरै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ । आउनुहोस्, यसका फाइदाहरूबारे विस्तृतमा जानकारी लिऔँ ।

    आँखाका लागि फाइदाजनक: काउलीको पातको सेवन आँखाका लागि निकै फाइदाजनक हुन्छ । इन्टरनेशनल जर्नल अफ साइन्टिफिक एन्ड इन्जिनियरिङमा गरिएको एक अध्ययन अनुसार काउलीको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । यसको सेवनले सीरम रेटिनोलको स्तर बढाउँछ र रतन्धोको जोखिम कम गर्छ ।

    रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ: काउलीको पात मधुमेहमा फाइदाजनक हुन्छ । यसमा प्रोटिन र फाइबरको मात्रा धेरै हुन्छ । साथै, यसमा कार्बोहाइड्रेट एकदमै कम मात्रामा पाइन्छ । यसको प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यदि तपाईँलाई मधुमेह छ भने, तपाईँ डाक्टरको सल्लाहमा आफ्नो आहारमा काउलीको पात समावेश गर्न सक्नुहुन्छ ।

    रक्तअल्पत्ता हटाउँछ: काउलीको पात आइरनको एक समृद्ध स्रोत हुन् । यसको १०० ग्राम पातबाट ४० मिलिग्राम आइरन पाइन्छ । यसको सेवनले शरीरको रक्तअल्पत्ता हटाउन निकै सहयोग गर्छ । महिला र बालबालिकामा रक्त अल्पताको उपचारको लागि पनि काउलीको पात धेरै प्रभावकारी मानिन्छ ।

    हड्डी बलियो बनाउँछ: काउलीको पातमा क्याल्सियम प्रशस्त हुन्छ । यसको १०० ग्राम पातमा लगभग ६०० मिलिग्राम क्याल्सियम पाइन्छ । काउलीको पातको सेवनले हड्डी बलियो बनाउँछ । यसका साथै यसले अर्थराइटिस र हड्डीसँग सम्बन्धित अन्य रोगहरूलाई रोक्न पनि मद्दत गर्छ ।

    मुटु स्वस्थ राख्छ: काउलीको पातलाई मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । वास्तवमा, यसमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणहरू छन्, जसले हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ । यसबाहेक यसमा उच्च फाइबर र फ्याटको मात्रा कम भएका कारण हृदय रोगीहरूको लागि लाभदायी छ ।

    आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer