• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ११, २०८३
☰
शुक्रबार, बैशाख ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गैर आवासीय नेपाली संघ फुट्यो, शर्माको अध्यक्षतामा नयां कार्यसमिति घोषणा


  •   आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । गैर आवासीय नेपाली संघ औपचारिक रूपमा फुटेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेपछि एनआरएनए औपचारिक रूपमा फुटेको हो ।

    Advertisement

    यसअघि अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । जसलाई अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले अस्वीकार गरेका थिए ।

    केसीले अध्यक्षको शपथ र कार्यभार ग्रहण गरेपछि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

    शर्मा अध्यक्ष रहेको एनआरएनए कार्यसमिति उपाध्यक्षमा केशव पौडेल, राज रेग्मी, खगेन्द्र न्यौपाने, सुनिल शाह, नारायण आचार्य, गोविन्द श्रेष्ठ र गंगाधर गौतम रहेका छन् । उपाध्यक्षमा महिलातर्फ रोजिना प्रधान राई तथा युवा उपाध्यक्षमा अबदुल वासिदलाई चयन गरिएको छ ।

    महासचिव बुद्धिसागर सुवेदीलाई बनाइएको छ भने तीन उपमहासचिवमा प्रविन गुरुण, सोम सापकोटा र प्रमोद सिटौला रहेका छन् । सचिवमा लोक दाहाल, कृष्ण गिरी, टंक गैरे, लोक दाहाल, केपी सिटौला, दयानिधी सापकोटा, मनोज गोर्खाली, स्वतन्त्रप्रताप सिंह, राजेन्द्र पुडासैनी र भीम केसीरहेका छन् । महिला सचिवको जिम्मेवारी विमला सापकोटाले पाएकी छन् ।

    शर्मा नेतृत्वको एनआरएनएको कोषाध्यक्षमा ठाकुर ढुंगाना र सहकोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा र तृष्णा शर्मा रहेका छन् ।

    महासिचव सुवेदीले एनआरएनएको ११ औँ महाधिवेशन असहज परिस्थितिमा सम्पन्न भएको जनाएका छन् । उनले अनलाइन भोटिङमा गम्भीर त्रुटि देखिएको र छानबिन गर्ने सहमति गरेर बद्री केसीले शपथ लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    ‘अनलाइन भोटिङ पद्धतिमा देखिएका गम्भीर त्रुटिबारे छानबिन गर्ने सहमति गरेर गुपचुप शपथ लिने प्रवृत्तिले संस्थालाई विभाजनको मुखमा धकेलेको थियो,’ सुवेदीले सामाजिक संजाल फेसबुकमा विभाजनबाट गठित नयाँ कार्यसमितिबारे लेखेका छन्, ‘महाधिवेशनमा सहभागी बहुसंख्यक प्रतिनिधिहरूले विधानका केही प्रावधान संशोधन गर्नुका साथै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुभएको छ ।’ जसरी भए पनि संस्था कब्जा गर्न खोज्ने प्रवृत्तिविरुद्ध एकजुट हुन र संस्थाको मर्यादा जोगाउनका लागि क्रियाशील रहन महासचिव सुवेदीले आग्रह गरेका छन् ।

    यसअघि नै अध्यक्षका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले धाँदलीबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्न नसकिने पनि घोषणा गरेका थिए । अध्यक्षका उम्मेदवार शर्माले आईटी विज्ञ राखेर अनुसन्धान गर्ने सहमति केसीले उलंघन गरेको बताएका थिए ।

    काठमाडौंमा भएको महाधिवेशनमा अध्यक्षका तीन उम्मेदवार थिए । विजयी केसीले १ हजार ३७८ मत पाएका थिए । प्रत्याशीद्वय शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका थिए । विजयी घोषित केसीले शनिबार शपथ र पदभार ग्रहण गरेका थिए ।

    उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट एक मत पनि नआएपछि गणनाका क्रममा विवाद भएको थियो । आफूले हालेको भोट समेत विद्युतीय भोटिङ मेसिनमा नदेखिएको उनले बताएका थिए । एनआरएनको चुनाव विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ मार्तफ भएको थियो ।

    आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      वार्षिक राशिफल: २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer